बुटवलले ल्यायो नीति तथा कार्यक्रम शिक्षा र  स्वास्थय प्राथमिकतामा

बुटवल, असार ७ गते । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार बुटवल उपमहानगरपालिकाको १३ औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम पेश गरेका हुन् । नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै ३ सय २ वटा बुंदाको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
बुटवलमा लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउन गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्दै बुटवललाई विश्रामस्थलको रुपमा विकास गर्नका लागि रात्रीकालीन बजार सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर भन्ने नारा अगाडी सारेको बुटवलले बुटवलको मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने, उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मूख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने, आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी सेवाप्रवाहलाई जनउत्तरदायी बनाउने प्रमुख पाण्डेयले बताए ।
शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि नगरप्रमुख शैक्षिक विकास कार्यक्रम सञ्चालन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पतालमा पारामेडिकल, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआइ)मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरु र अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन शुरु गर्ने नीति बुटवलले ल्याएको छ ।

नगर प्रमुख पाण्डेयले बुटवलको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि स्वास्थ्य उपचार र जनशक्ति उत्पादनमा जोड दिएको बताउँदै सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा नगरप्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने बताए ।


यस्तै, बुटवल १३ र १७ मा १५।१५ सैयाका अस्पताल सञ्चालन गर्ने र वडा नम्बर १३ को अस्पतालमा अस्पतालमा चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्ने उहाँले बताउनुभयो । बुटवलबासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको शुल्क हटाउने, जेष्ठ नागरिकको घरमै पुगेर उपचार गर्न बाआमासँग नगरप्रमुख कार्यक्रम ल्याएको प्रमुख पाण्डेयले बताए ।

बुटवलमा इरिक्सा र टेम्पुधनी तथा चालक रहेका एकल महिला, लैंगिक तथा यौनिक अल्पसंख्यकलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिने नीति बुटवलले ल्याएको छ ।

लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजा घर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधासम्पन्न बसपार्कको रूपमा विकास गर्ने कार्यक्रमलाई बुटवलले प्राथमिकतामा राखेको छ ।
उज्यालो बुटवल कार्यक्रमअन्तरगत मुख्य मुख्य चोकहरुमा हाइमास्ट लाईट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाईटको जडान गर्ने भनिएको छ ।
बुटवलको मुख्य सडकक्षेत्रमा पैदलयात्री लेन, साइकल लेन, पार्किङ लेन निर्धारणगरिने नगर प्रमुखले बताउनुभयो । बुटवलभित्र मुख्य कार्यालय स्थापना गरी सूचना प्रविधि क्षेत्रमा काम गर्न चाहने स्टार्टअप कम्पनीहरुलाई सहुलियत प्रदान गर्ने,सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्रवाह हुने मिथ्या सूचना न्यूनीकरण गर्न सचेतना कार्यक्रमहरु सञ्चालनगर्ने कार्यक्रम बुटवलले अगाडि सारेको छ ।

विद्यालयस्तरमा खेलाडी उत्पादन गर्न मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने र विभिन्न खेल प्रतियोगिताहरु सञ्चालन गर्दै खेलमैदानहरुको स्तरोन्नति गर्न प्राथमिकता दिइने उल्लेख गरिएको छ ।
‘मेरो टोल म सफा गर्छु’ भन्ने नाराका साथ ग्रीन एण्ड क्लिन सिटी बनाउन टोलविकास संस्थालाई परिचालन गरी नगरलाई सफा र सुन्दर बनाउने नीति तथा कार्यक्रममा समेटिएको छ ।
एक सामुदायिक वन–एक पोखरी, एक पार्क निर्माण, नगरलाई हरित शहरका रुपमा स्थापित गर्न एक घर तीन रुख, कृषिमा उत्पादकको मागः नगरको साथ, कृषि विकास, “के पाइन्छ होइन, के चाहिन्छ” भन्ने आकर्षक कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।
विद्यार्थीहरुलक्षित कमाउँदै पढ्दै गर्ने कार्यक्रम, युवाहरूका लागि रोजगारी सिर्जना गर्न मेयर युवा इलम कार्यक्रम, वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको सीप पहिचान गरी स्वरोजगारमूलक बनाउने नीति तथा कार्यक्रममा समेटिएको छ ।
बुटवलमा पहिरोको मुख्य जोखिम रहेका ज्योतिनगर, मिलनपथ, पाखापानी, लक्ष्मीनगर र बाढीको जोखिममा रहेका तिनाउ दानव नदी किनारमा तटबन्ध गर्ने कार्यक्रम समेटिएका छन् ।
नगरक्षेत्र भित्रका सडकहरुमा स–साना खाल्टाखुल्टी पुर्ने तीब्र सेवाका लागि नगरप्रमुख पूर्वाधार एम्बुलेन्स, तिनाउ सभ्यतालाई प्रवद्र्धन गर्न तिनाउ नदीमा आरती केन्द्र स्थापना गर्ने, जितगढी किल्लाको संरक्षण गर्दै जितगढी युद्ध संग्रहालय निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने कार्यक्रमहरुले स्थान पाएका छन् ।
यस्तै, छाडा पशु चौपायाहरुको व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरी २००० बिगाह क्षेत्रमा गाई राष्ट्रिय निकुञ्ज निर्माण गर्न लुम्बिनी प्रदेश सरकारसँग समन्वय गर्ने र कुकुरको बन्ध्याकरण तथा घरपालुवा कुकुरहरुको अभिलेखीकरण गरी नियमन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ

‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’
बुटवल उपमहानगरपालिका
नगर सभाको १३औं अधिवेशनमा
नगरप्रमुख श्री खेलराज पाण्डेयद्वारा
प्रस्तुत
नीति तथा कार्यक्रम

२०८० असार ७ गते बिहीबार
बुटवल, रुपन्देही

नगरसभाका उपाध्यक्षज्यू,
नगरसभाकासचिवज्यू,
नगरसभा सदस्यज्यूहरु,
बैठकलाई व्यवस्थित बनाउन खटिएका राष्ट्रसेवक कर्मचारीहरु,
र, पत्रकार एवम् सञ्चारकर्मी मित्रहरु ।

स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित भई नगर प्रमुखको हैसियतले बुटवल उपमहानगरपालिकाको १३औं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई खुशी लागेको छ ।
२०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट हामीलाई मतदान मार्फत निर्वाचित गर्नुहुने आदरणीय बुटवलबासी आमा, बुवा, दाजुभाई, दिदीबहिनीलगायत सबैमा हार्दिक आभार प्रकट गर्दछु ।
यस अवसरमा म नागरिक सर्वोच्चता र लोकतन्त्रको स्थापना तथा मुलुकको समृद्धि र परिवर्तनका लागि विभिन्न कालखण्डमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
साथै, राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको आन्दोलनमा अगुवाइ गर्नुहुने श्रद्धेय नेताहरुको योगदानको उच्च सम्मान सहित स्मरण गर्न चाहन्छु ।
हामीले निर्वाचित भएर कार्यभार सम्हालेको एक वर्ष अवधि पूरा गरी दोश्रो वर्षमा प्रवेश गर्दैछौं । हामीले यसक्रममा लिएका नीतिगत तथा सुधारात्मक उपायको परिणामस्वरुप सकारात्मक नतिजा देखिन थालेको छ । कार्यभार सम्हालेको एक वर्षमा प्राप्त उपलब्धिहरुले हामीलाई उत्साहित बनाएको छ । बुटवलको समग्र विकासमा योगदान पुग्ने गरी हामीले तय गरेका नीतिले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको यहाँहरुलाई विदितै छ । ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’ भन्ने मूल नीति र स्पष्ट मार्गचित्रका आधारमा बुटवल अगाडि बढिरहेको छ ।
बुटवलको विकास, सुधार र समृद्धिका लागि नेपालको संविधान तथा संघीय, प्रदेश र स्थानीय कानुनद्वारा प्रदत्त हक अधिकारको प्रचलन गर्न तथा कानुनतः निर्देशित काम, कर्तव्य र दायित्व निर्वाह गर्न हामी प्रतिबद्ध छौं । स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरण विकास गरी बुटवललाई बस्नयोग्य सहर बनाउने हाम्रो ध्येय रहेको छ ।
आन्तरिक सुशासन र सवल प्रशासनको विकासबाट हामीले अख्तियार गरेको नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुने भएकाले यो नीति तथा कार्यक्रम त्यसतर्फ नै निर्देशित रहेको छ । जनतासँग प्रत्यक्ष सम्बन्ध र सम्पर्क रहने वडा कार्यालयहरुको क्षमता विकास, श्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अवलम्बन गर्न प्रस्ताव गरिएको छ ।
शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, सार्वजनिक यातायात, खानेपानी तथा सरसफाई, विपद व्यवस्थापन, न्याय निरुपण, मानव अधिकार प्रवद्र्धन जस्ता विषयगत क्षेत्रहरुका लागि विशेष नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु ।
आगामी आर्थिक वर्षको लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न आम बुटवल नगरबासी तथा सबै पेशा, व्यवसायमा आबद्ध महानुभावहरुको सहयोग, समन्वय र सहकार्य रहने कुरामा विश्वस्त रहेको छु ।

उपस्थित नगर सभा सदस्यज्यूहरु,
करीब एक करोड दश लाख वर्ष पूरानो आदिम मानव रामापिथेकसको अवशेष फेला परेको स्थल, नेपाल अंग्रेज युद्धमा विजय हासिल गरेको जितगढी किल्ला, पाल्पाली सेनवंशीय राज्यको ग्रीष्मकालीन दरबार रहेको बुटवल–प्राचीन, ऐतिहासिक, पर्यटकीय, व्यापारिक र व्यावसायिक केन्द्रको रुपमा रहेको छ । विगतमा पहाडबाट घिउ ल्याएर नुन, तेल र कपडा लिएर जाने त्यसबेलाको सानो बटौली बजार अहिले देशकै समृद्ध शहरमध्येको एक शहर बनेको छ ।
कोभिड–१९ को महामारी, आर्थिक मन्दी र प्रदेशको राजधानी सारेपछि राजनीतिक निर्णयको अन्यायमा परेको बुटवल यी र यस्ता अनेकन चुनौतीहरुको सामना गर्दै अगाडि बढिरहेको छ । परिवर्तनका हरेक आन्दोलनमा अगुवाई गरेको बुटवल यहाँका जनता, राजनीतिक दल र तिनका नेतृत्व, पूर्व जनप्रतिनिधिहरु, समाजसेवी, उद्योगी व्यवसायी, सामाजिक व्यक्तित्वहरुको सहभागिता र सहकार्यले देशकै अग्रणी शहर बन्दैछ ।
स्थानीय निर्वाचनमा बुटवलबासीले दिनुभएको अमूल्य मत, माया, सद्भाव र प्रेमलाई आफ्नो मन मस्तिष्कमा राखेर सहमति, सहकार्य, एकता र मेलमिलापको नीति लिदै बुटवलबासी र बुटवलको हितलाई सर्वोपरि मानी अन्तरआत्मादेखि नै निरन्तर समर्पित भई खटिइरहने प्रतिबद्धता जनाउँदछु ।
उपस्थित उपाध्यक्ष र सभाका सदस्यज्यूहरु,
हामी निर्वाचित भई २०७९ जेठ ९ गते पदबहाली गरेपश्चात् आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्दै आर्थिक वर्षको अन्त्यमा आइपुगेका छौं । यो आर्थिक वर्षमा हामीले लिएका नीतिका कारण नगरका हरेक क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको छ । यो एक वर्षको अवधिमा बुटवलको विकासमा महत्वपूर्ण मानिने कार्यहरुको थालनी भएको छ । साथै, संघ र प्रदेश सरकारसँगको सहकार्य र समन्वयले नगरको उन्नयनमा सकारात्मक उपलब्धि हासिल भएको छ ।
म यस अवसरमा बुटवल उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा हासिल गरेका कार्यप्रगति तथा समीक्षा यहाँहरूसमक्ष संक्षिप्तमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रमको समीक्षा
ड्ड बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १५÷१५ बेडका अक्सिजन सहितका दुई अस्पताल चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरी आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने तयारी गरिएको छ ।
ड्ड सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई ३०० बेडमा स्तरोन्नति गर्दैै पारा मेडिकलतर्फ पीसीएल नर्सिङ, फार्मेसी र एचए विषय अध्ययनका लागि आगामी भदौदेखि भर्ना आरम्भ गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ ।
ड्ड लामो समयदेखि अलमलमा रहेको मोतीपूर औद्योगिक क्षेत्रको जग्गा यकिन गर्न ड्रोन प्रविधिबाट नापजाँच गरी औद्योगिक क्षेत्र स्थापनाको प्रक्रिया अगाडि बढेको छ ।
ड्ड बुटवल शहरलाई कुरुप बनाउने गरी टेलिफोन, केवल लगायतका अव्यवस्थित रुपमा रहेका तारहरु हटाउने कार्य निरन्तर भइरहेको छ ।
ड्ड सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काइएका छन् भने व्यक्तिका नाममा दर्ता भएका सार्वजनिक जग्गा नगरकै मातहतमा फिर्ता ल्याइएकोछ ।
ड्ड सडक क्षेत्रमा अव्यवस्थित रुपमा रहेका ठेला व्यवसायलाई व्यवस्थित गर्न कार्यविधि बनाई कार्यारम्भ भएको छ ।
ड्ड इजाजत प्राप्त नगरेका ई–रिक्सा र टेम्पो सञ्चालनमा रोक लगाउँदै इजाजत प्राप्त भएका ई–रिक्सा र टेम्पोलाई नियमन तथा व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरहेको छ ।
ड्ड सडकपेटीमा लगाउदै आएका हरेक खालका व्यवसायलाई व्यवस्थित गर्दै हाटबजारभित्र व्यवस्थापन गर्ने कार्य अगाडि बढाइएको छ ।
ड्ड बुटवलका स्थायी बासिन्दाको लागि आमा र नवजात शिशुलाई पोषण खर्चवापत दुई हजार रुपैयाँ वितरण गर्ने कार्यक्रम कार्यान्वयन गरिएको छ ।
ड्ड यस्तै, उज्यालो बुटवल अभियान अन्तरगत उच्च क्षमताका (हाइमास्ट) लाईट जडान गर्ने, बुटवल–१५ मा आधुनिक कृषि बजार केन्द्र स्थापना गर्ने, बुटवल–१२ मा राष्ट्रिय सूचना केन्द्र, बुटवल–७ मा हरियाली बसपार्क निर्माण गर्ने, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भ गर्ने, बुटवल–१५ मा कृषिविज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापना गर्ने र अव्यवस्थित बसोबासी क्षेत्रमा जग्गा नापजाँच र लालपूर्जा वितरणजस्ता कार्य प्राथमिकताका साथ अगाडि बढाइएको व्यहोरा म यहाँहरुसमक्ष प्रस्तुत गर्न चाहन्छु ।

उपस्थित उपाध्यक्ष र सभाका सदस्यज्यूहरु,
अब म आगामी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

दीर्घकालीन सोंच तथा रणनीतिहरु
बुटवल उपमहानगरपालिकाको दीर्घकालीन सोंच ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर’ रहेको छ । यस सोंचलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरु अबलम्बन गरिनेछन् ।
१. बुटवलको मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने ।
२. उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्ने ।
३. शिक्षा र स्वास्थ्य क्षेत्रलाई मूख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने ।
४. आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी शहरलाई जीवन्त बनाउने ।
५. सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने ।

आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएका विषयगत नीतिहरु
स्थानीय सेवा, जनशक्ति विकास, व्यवस्थापन तथा सुशासन प्रवद्र्धन
१. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम आवश्यक थप ऐन कानूनहरु सरोकारवाला र विज्ञ समेतको राय परामर्शमा तर्जुमागर्ने र आवश्यकता अनुसार परिमार्जन गरिनेछ ।
२. कार्यालयको संगठनलाई अनुशासित, मर्यादित तथा जवाफदेही, मितव्ययी, कार्यकुशल र चुस्त दुरुस्त राख्न कर्मचारीको क्षमता र क्रियाशीलताका आधारमा व्यवस्थित गर्दै गुण र दोषअनुसार पुरस्कृत र दण्डित गर्ने व्यवस्था गरिनेछ । सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने र अनावश्यक झन्झट सिर्जना गर्ने कर्मचारीलाई जवाफदेही बनाउदै आवश्यकताअनुसार जिम्मेवारी हेरफेरको नीति अबलम्बन गरिनेछ ।
३. कर्मचारीहरुलाई थप जिम्मेवार र जवाफदेही बनाउन आफुले सम्पादन गरेको काम कारबाहीहरुको स्वमूल्यांकन समेत हुनेगरी मासिक कार्य प्रगति रिपोर्ट कार्यालय प्रमुख समक्ष र कार्यालय प्रमुखमार्फत नगरप्रमुखसमक्ष पेश गर्ने व्यवस्था मिलाईनेछ ।
४. राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न नगरसँगको भगिनी सम्बन्ध कायम गर्दै ज्ञान, सीप, पूँजी र प्रविधिलाई सामाजिक, आर्थिक, मानव संशाधन तथा भौतिक विकासमा उपयोग गर्न प्रोत्साहित गर्नेतर्फ जोड दिईनेछ ।
५. वडा कार्यालयबाट हुने सेवा प्रवाहलाई अझै व्यवस्थित गर्न स्रोत, साधन र पर्याप्त जनशक्तिको व्यवस्था गरी पारदर्शी एवं सेवाग्राहीमैत्री बनाईनेछ ।
६. उपमहानगरपालिकाबाट प्रदान हुने सेवा प्रवाहलाई सरल, सहज र गुनासो रहित बनाउन नयाँ कार्ययोजनाका साथ कार्यसम्पादन प्रणाली व्यवस्थित गर्दै डिजिटल प्रणालीबाट सञ्चालन गरिनेछ ।
७. वडा कार्यालयहरुबाट प्रवाह हुने सेवालाई व्यवस्थित बनाउनका लागि समसामयिक विषयमा छलफल गर्ने गरी प्रत्येक महिना १÷१ वडा कार्यालयहरुको अनुगमनको व्यवस्थापन मिलाईनेछ ।
८. बुटवल उपमहानगर क्षेत्रभित्र शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न नगरप्रहरी तथा वारुणयन्त्रतर्फको जनशक्तिलाई चुस्त दुरुस्त र स्रोत साधन सहित प्रविधियुक्त बनाइनेछ ।
९. नगरकार्यपालिकाको कार्यालय र अन्तरगतका कार्यालयहरुबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन सार्वजनिक सुनुवाई, सेवाग्राही सन्तुष्टि सर्वेक्षण, सुझाव संकलनजस्ता जनतासँगका छलफल र अन्तरक्रियालाई थप व्यवस्थित र नियमित बनाइनेछ ।
१०. नगरभित्र संघ र प्रदेश सरकार वा संघसंस्थाले गर्ने योजना तथा कार्यक्रमको अनुगमन, नियमन र समन्वय गर्ने कार्यलाई थप प्रभावकारी बनाइनेछ ।
११. भ्रष्टाचार शुन्य सहनशिलताको नीति अवलम्बन गरी सुशासन कायम राखिनेछ ।
१२. सुरक्षा व्यवस्था कायम गर्न आवश्यकतानुसार थप प्रहरी चौकी स्थापना गर्न पहल गरिनेछ ।
१३. राजनीतिक दल, पूर्व प्रमुख तथा प्रमुखका उपबिजेताहरुसँग नियमित भेट तथा अनुभव आदानप्रदान गर्ने र विकासका साझा सवालमा समन्वय र सहकार्य गरिनेछ ।
१४. बुटवल उपमहानगरपालिकाका हरेक कार्यक्रम मितव्ययी ढंगले सञ्चालन गर्न सभाहल, पाहुनाघर र चमेनागृहलाई थप व्यवस्थित गरिनेछ ।
१५. वडास्तरका योजना तथा कार्यक्रमको कार्यसम्पादन गर्ने, अनुगमन गर्ने, मूल्यांकन गर्ने जस्ता कार्य वडाबाटै गर्ने र नगरस्तरीय योजना तथा कार्यक्रमको स्वामित्व वडामा रहने व्यवस्था मिलाइनेछ ।
१६. उपमहानगरपालिकाबाट प्रवाह भएका सेवा र गतिविधिका बारेमा नगरवासी र नगर प्रमुखबीच आधुनिक प्रविधिको उपयोग गरी सूचना आदान प्रदान तथा प्रश्नोत्तर गर्ने नीति लिइनेछ ।
१७. नगरस्तरीय बजेट नगरप्रमुखको सिफारिशबाट मात्रै आवश्यकता र प्राथमिकताका आधारमा संसोधन गर्ने नीति अबलम्बन गरिनेछ ।
१८. बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुको सुविधालाई समयसापेक्ष बनाउँदै प्रोत्साहित र उत्प्रेरित गरिनेछ ।
१९. बुटवल उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी र कार्यालय सहयोगी जस्ता विभिन्न पदका करारका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराई आवश्यक सुविधा उपलब्ध गराउने नीति अबलम्बन गरिनेछ ।

कानून, न्याय तथा मानव अधिकार प्रवद्र्धन
२०. बुटवल उपमहानगरपालिकामा रहेको न्यायिक समितिको प्रयास र आपसी समझदारीमा मेलमिलापको माध्यमबाट विवाद निरुपण गराई विवादित पक्षहरुबीच सामाजिक सद्भाव र सहिष्णुता कायम राखिने छ ।
२१. न्यायमा सर्वसाधारणको पहँुच वृद्धि गर्न र विवादरहित, हिसांरहित न्यायोचित समाज निर्माण गर्न वडास्तरमा मेलमिलाप केन्द्र स्थापना गरिनेछ ।
२२. योग्यता र सक्रियताका आधारमा आवश्यकताअनुसार मेलमिलापकर्ताहरुको पुनरावलोकन गरी नगरप्रमुख र उपप्रमुखको परामर्शमा नयाँ मेलमिलापकर्ताहरु थप गरिनेछ ।
सूचना तथा सञ्चार प्रविधि
२३. उपमहानगरपालिका सम्बद्ध सूचना तथा तथ्यांकलाई एकीकृत र व्यवस्थित गर्न डाटा बैंकको स्थापना गरिनेछ ।
२४. सार्वजनिक सेवाप्रवाहलाई सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरी थप प्रभावकारी र व्यवस्थित बनाइनेछ ।
२५. संविधानप्रदत्त मौलिक हकको कार्यान्वयन गर्न तथा प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्न स्थानीय स्तरमा सञ्चारक्षेत्रको उन्नयनमा जोड दिइनेछ ।
२६. जनतालाई सुसूचित गर्न नगरका गतिविधि समेटेर प्रकाशन हुने मुखपत्रलाई नियमित र डिजिटल बनाउने नीति लिइनेछ ।
२७. सञ्चार माध्यमको दर्ता तथा सूचीकृत गर्दै आवश्यक नियमन तथा व्यवस्थापन गर्नका लागि सञ्चार नीति तथा ऐन तर्जुमा गरिनेछ ।
२८. संघ र प्रदेशमा दर्ता भई नगरभित्र सञ्चालनमा रहेका रेडियो, छापा, पत्रपत्रिका, टेलिभिजन, अनलाईन सञ्चार माध्यम, विज्ञापन एजेन्सी जस्ता सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित संस्थाहरुलाई नगरमा सूचीकृत गरी प्रोत्साहन गर्ने नीति लिइनेछ ।
२९. नगरको विविध क्षेत्रको प्रवद्र्धनका लागि पुस्तक, वृत्तचित्र, गीतसंगीत र चलचित्र निर्मातालाई सामग्री उत्पादनमा प्रोत्साहित गरिने छ ।
३०. नगरका विभिन्न स्थानमा आवश्यकताअनुसार फ्री वाईफाई र आइपीटीभी जडान गरिनेछ ।
३१. सूचना प्रविधिको प्रयोगबाट जनतामा सूचनाको पहुँच बढाउन वेबसाइट, मोबाइल एप, डिजिटल डिस्प्ले र च्याटबट निर्माण तथा उपयोगलाई अझ बढी प्रभावकारी बनाइनेछ ।
३२. जातीय पहिचानका भाषा, साहित्य, धर्म, कला, संस्कृति, ऐतिहासिकता लगायतको पहिचानलाई प्रवद्र्धन गर्ने खालका सामग्री उत्पादन तथा वितरणमा सुविधा तथा सहुलियत उपलब्ध गराइनेछ ।
३३. नगरको सौन्दर्यलाई कायम राख्दै विभिन्न स्थानमा होर्डिङ बोर्ड, विद्युतीय डिस्प्ले, विज्ञापन टावर, भित्ते लेखन र उच्च बेलुन जस्ता बाह्य विज्ञापन प्रदर्शन गर्न, राख्न वा जडान गर्न अनुमति दिदै विज्ञापन नीति निर्माण गरी कार्यान्वयन गरिनेछ ।
३४. नगरभित्र कार्यालय स्थापना गरी सञ्चालन हुने केवल टेलिभिजन, इन्टरनेट सेवाजस्ता सबै प्रकारका सञ्चार सेवा प्रदायक संस्थाहरुलाई दर्ता, सूचीकृत र नियमन गर्ने नीति लिई सार्वजनिक स्थल कुरुप देखिने गरी राखिएका अनावश्यक तारहरु वडास्तरबाटै नियमन गरी हटाइनेछ ।
३५. नगरभित्र मुख्य कार्यालय स्थापना गरी सूचना प्रविधि क्षेत्रमा काम गर्न चाहने स्टार्टअप कम्पनीहरुलाई सहुलियत प्रदान गरी प्रोत्साहन गरिनेछ ।
३६. सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्रवाह हुने मिथ्या सूचना न्यूनीकरण गर्न सचेतना कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
३७. सबै वडाहरुमा नेपाल टेलिकम तथा सेवाप्रदायक संस्थाहरुसँगको सहकार्यमा सूचना तथा सञ्चारको पहुँच विस्तार गरिनेछ । फाइबर केबल नपुगेका वडाहरुमा फाइबर केबल पु¥याउनका लागि सेवा प्रदायकसंस्थासँग पहल गरिनेछ ।
३८. जनप्रतिनिधि, कर्मचारी तथा आवश्यकताअनुसारका क्षेत्र पहिचान गरी आधुनिक प्रविधिको उपयोगिताबारे क्षमता विकास गरिनेछ ।

राजश्व श्रोत परिचालन तथा वित्त व्यवस्थापन
३९. “समयमै कर शुल्क भुक्तान गरी नगरको विकास निर्माणमा सहभागी बनौ, समयमै कर तिर्नु नागरिकको दायित्व मात्र होईन, सम्मान पाउने अवसर पनि हो” भन्ने भावना जगाउन करदाता सम्मानजस्ता प्रवद्र्धनात्मक र प्रचारात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
४०. नगरक्षेत्रभित्र सञ्चालन भएका सबै प्रकारका व्यवसायहरुको दर्ता एवं नवीकरणलाई अनिवार्य गर्न अभियान सञ्चालन गरी करको दायरामा ल्याइनेछ ।
४१. विभिन्न कारणले नगरवासीको दैनिक जीवनमा परेको आर्थिक असरलाई मध्यनजर गरी तोकिएको समयावधि भित्र कर दाखिला गर्ने करदाताहरूलाई करमा छुट प्रदान गरिनेछ ।
४२. अव्यवस्थित रूपमा छरिएका ठेला गाडीलाई रात्रीकालीन बजारमा घुम्ती रेष्टुरेण्टका रुपमा सञ्चालन गर्ने नीति लिई सबै प्रकारका गाडीहरु, साइकल, डोका, पोका, झोलाजस्ता साना खुद्रा व्यवसायीहरूलाई करको दायरामा ल्याइनेछ ।
४३. भूमिकर, सम्पत्ति कर, पेशा व्यवसाय कर र घरजग्गा बहाल कर लगायतका विभिन्न कर, शुल्क, दस्तुर सफ्टवेयरको माध्यमबाट वडाबाटै असुली भईरहेकोमा सो कार्यलाई थप व्यवस्थित गर्दै करदातामैत्री, प्रविधिमैत्री र प्रभावकारी बनाइने छ ।
४४. विज्ञापन तथा मनोरञ्जन करजस्ता नयाँ करका क्षेत्रहरूको पहिचान गर्दै करको दायरामा ल्याइनेछ ।
४५. राजश्वसँग सम्बन्धित कर्मचारीहरूको क्षमता विकास गरी राजश्व प्रशासनलाई सरल, सहज र प्रविधियुक्त बनाईनेछ ।
४६. आय ठेक्का मार्फत् सटर बहालमा लिएका व्यवसायीहरूको ठेक्का सम्झौता भएबमोजिम ६ महिनासम्मको बक्यौता राखी भुक्तानी नगर्ने व्यवसायीहरूको सम्झौता रद्द गर्ने र सटर बन्द गर्ने प्रक्रिया अवलम्बन गरी असुल उपर गर्न बाँकी बहाल असुलीका लागि कानुनी प्रक्रिया अपनाईनेछ ।
४७. ईरिक्सा र टेम्पुको नवीकरण र रूट ईजाजत दिने प्रक्रियालाई थप व्यवस्थित र नियमन गर्दै वार्षिक रुट इजाजत दस्तुरलाई परिमार्जन गरिनेछ । आवश्यकताअनुसार थप रूट निर्धारण गरी उपयुक्त भाडादर कायम गरिनेछ ।
४८. एकल महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्ति इरिक्सा र टेम्पुको सवारी धनी भई स्वयम् चालक भएकाहरुलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र स्वरोजगार महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिइनेछ ।
४९. आफै वा सगोल (एकाघर सदस्य) ले नगरपालिकालाई बुझाउनुपर्ने कर, शुल्क, दस्तुर समयमा भुक्तान नगरी बक्यौता राख्ने करदातालाई प्रदान गरिने कुनैपनि सिफारिश, सेवा, सुविधा रोक्का गर्न सकिने व्यवस्था मिलाइनेछ । साथै, सिफारिस दिनु पूर्व कर, शुल्क, दस्तुर बुझाउन प्रेरित गर्दै आफ्नो घर÷जग्गामा उद्योग व्यवसाय सञ्चालन गर्न बहालमा दिएमा उक्त व्यवसायको दर्ता एवं नवीकरण अनिवार्य गर्न लगाई घर÷जग्गाधनीलाई सिफारिस प्रदान गरिनेछ ।
५०. योजनाहरूको सम्झौता गर्नु अगावै उपभोक्ता समितिका पदाधिकारीहरू र योजनाबाट लाभान्वित उपभोक्ताहरूलाई आफूले बुझाउनु पर्ने बक्यौता भूमिकर, सम्पत्तिकर, व्यवसाय कर र बहालकर चुक्ता गर्न अनिवार्य गरिनेछ ।
५१. नगरको स्वामित्व, संरक्षण वा भोगाधिकारमा रहेकोे भवन, जग्गा जमिन, हाटबजार तथा अन्य भौतिक सम्पत्तिको अभिलेख अध्यावधिक गरी राजश्व आम्दानी गर्ने माध्यमको रूपमा परिचालन गरिनेछ ।
५२. नदीजन्य पदार्थ, ढुंगा, माटो, खनिज, वनजन्य लगायतका प्राकृतिक श्रोतहरुको विधिसम्मत अधिकतम उपयोग गरी आयश्रोत वृद्धि गरिनेछ । अवैध चोरी निकासी गर्ने र दोहन गर्ने कार्यलाई कडाई गरिनेछ । नगरको सीमासम्बन्धी अलमल भएका स्थानहरुमा आवश्यकताअनुसार समन्वय गरी समाधान गरिनेछ ।

५३. नगरको विकास निर्माण तथा सेवा सुविधा प्रवाह गर्न आवश्यक पर्ने वित्तीय श्रोतको कमीलाई पूर्ति गर्न संघीय सरकार, प्रदेश सरकार, विकास साझेदार तथा संघ–संस्था र निजी क्षेत्र एवं नागरिक समाज लगायत सबै सम्भाव्य आन्तरिक एवं बाह्य क्षेत्रसँग समन्वय र सहकार्य गरी श्रोतको अधिकतम परिचालन गरिनेछ ।
५४. विद्युतीय भुक्तानी प्रणाली तथा विद्युतीय भुक्तानी हस्तान्तरणलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै करदातालाई विद्युतीय माध्यमबाट कर तिर्ने बानीको विकास गर्दै लगिनेछ ।
५५. नगर क्षेत्रभित्र सञ्चालन भएका हाटबजारहरूको पूर्वाधार विकास र सुदृढीकरण गरिनेछ ।
५६. उपमहानगरपालिका क्षेत्रभित्र रहेको अव्यवस्थित बसोबास क्षेत्रमा आधारभूत सेवाप्रवाहलाई थप व्यवस्थित गर्न विगतदेखि नै त्यस्ता अव्यवस्थित बसोवास क्षेत्रमा बहाल बिटौरी र उक्त क्षेत्रमा निर्मित संरचनामा गरिने पेशा व्यवसायमा व्यवसाय कर र संरचना बहालमा बहाल कर असुली गर्ने नीति अबलम्बन गर्दै करको दायरामा ल्याइनेछ ।
५७. आन्तरिक खर्च नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाइ भुक्तानी सन्तुलन कायम राखिनेछ ।
५८. राजश्व परिचालन गर्दा सार्वजनिक निजी साझेदारी अवधारणालाई प्राथमिकता दिईनेछ ।
५९. राजश्वका सबै सम्भाव्य श्रोतहरूको पहिचान गर्न सम्भाव्यता अध्ययन गरी अधिकतम परिचालन गरिनेछ । एजुकेशन कन्सल्टेन्सी, वैदेशिक रोजगार व्यवसाय, संघ र प्रदेशमा दर्ता भएका सहकारीहरुजस्ता विभिन्न क्षेत्रका व्यवसायलाई सूचीकृत हुन अनिवार्य गर्दै नियमन गरिने छ ।
६०. लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजा घर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधासम्पन्न बसपार्कको रूपमा विकसित गरिनेछ ।
६१. मुख्य बजार क्षेत्रका व्यवसायीहरूलाई स्थायित्व एवं दिगो बनाई राख्न व्यवसायिक संघसंस्थाहरूको सहकार्य र समन्वयमा आवश्यक प्रवद्र्धनात्मक कार्यक्रम लागू गरिने छ ।
६२. बुटवलको मुख्य सडकक्षेत्रलाई व्यवस्थित र बहुउपयोगी बनाउन पैदलयात्री लेन, साइकल लेन, पार्किङ लेन निर्धारण गरी आवश्यकता अनुसार स–साना पार्क र पार्किङ क्षेत्रहरु निर्माण गरिनेछ ।
६३. सडकक्षेत्रमा सवारी साधन पार्किङ गर्ने परिपाटीलाई निरूत्साहित गर्दै निजी र सार्वजनिक जग्गाको खोजी गरी स–शुल्क पार्किङ स्थल बनाउन पहल गरिनेछ । वडा नंं १ देखि ११ सम्मका खाली जग्गाहरुलाई सम्बन्धित जग्गाधनी, संघसंस्थासँग समन्वय गरी पार्किङ क्षेत्रको रुपमा प्रयोग गरिनेछ ।
६४. व्यावसायिक संघ संस्थाहरू मातहतमा रहेका सदस्य उद्योगी व्यवसायीहरूलाई अनिवार्य रूपमा नगरमा व्यवसाय दर्ता गर्ने गराउने दायित्व निर्वाह गर्न प्रेरित गरिनेछ ।
६५. मुख्य बजार क्षेत्रमा चर्को घर बहाल रकमका कारण व्यवसायी विस्थापित हुनबाट रोक्न घरबहाल निर्धारणका लागि घरधनी, व्यवसायिक संघ संस्थाहरू, घरवहाल सरोकार संघ लगायतका सरोकारवालाहरूसँग छलफल गरी बहाल रकम समयअनुकुल बनाउन आवश्यक पहल गरिनेछ ।
६६. नगरक्षेत्रभित्रका बैंक, वित्तीय संस्था, लघुवित्त संस्था, सहकारी र बीमा कम्पनीहरूलाई नगरभित्रै सामाजिक उत्तरदायित्वमा आधारित परिणाममुखी लगानी, आर्थिक अनुशासन तथा रोजगारी प्रर्वद्धनमा योगदान गर्न र वित्तीय साक्षरता अभियान सञ्चालन गर्न प्रोत्साहित गरिने छ । सामाजिक उत्तरदायित्वमा आधारित कार्य गर्दा नगरसँग समन्वय गरी एकद्वार प्रणालीबाट कार्यक्रम गर्न अनिवार्य गरिनेछ ।
६७. बुटवल उपमहानगरपालिका वडा नं. १० रामनगर स्थित बुटवल औद्योगिक क्षेत्रभित्र रहेका उद्योग व्यवसायहरूलाई नगरमा अनिवार्य रुपमा दर्ता गरी करको दायरामा ल्याइनेछ र बुटवल औद्योगिक क्षेत्रको एकीकृत सम्पत्ति कर र बहाल कर असुली गरिनेछ ।
६८. नगरको गौरवको रूपमा रहेको अटो भिलेज, ट्रान्सपोर्ट सिटी, कृषि उपज थोक बजार केन्द्रमा व्यापार व्यवसाय गर्ने व्यवसायीहरूको उद्यमशीलता र हक हित प्रवद्र्धन गर्न तथा त्यस क्षेत्रको आधारभूत पूर्वाधार निर्माणका लागि व्यवसायिक संघ संगठनहरूको समन्वयमा सार्वजनिक निजी साझेदारीमा आधारित सहकार्य गरिनेछ ।
६९. कवाड (पूनः प्रयोग योग्य वस्तु) को व्यवस्थित गर्न छुट्टै कवाड व्यवस्थित क्षेत्र निर्धारण गरी सबै कवाड व्यवसायहरुलाई करको दायरामा ल्याइनेछ ।
७०. विभिन्न मितिहरुमा विभिन्न संघसंस्थाहरुसँग गरिएका सम्झौताहरुलाई समय सापेक्षित रुपमा पुनरावलोकन तथा खारेज गर्ने नीति लिइनेछ ।
७१. नगरक्षेत्र भित्र सञ्चालनमा रहेका ई–रिक्सा, टेम्पो, बस र अन्य सार्वजनिक सवारी साधनहरुको सेवाको गुणस्तर र भाडा दरको अनुगमन गरी व्यवस्थित गरिनेछ ।
७२. पूर्वाधार सम्पत्ति व्यवस्थापन कार्यलाई व्यवस्थित गर्न इन्टर्नसिपमा आउने विद्यार्थीहरुलाई परिचालन गरिनेछ ।
७३. नगरक्षेत्रभित्र सार्वजनिक स्थानमा निर्माण भएका सामाजिक संस्थाहरु र सामाजिक संस्थाहरुले बहालमा लगाएका संरचनाहरुको बहालकर नगरबाट असुल गरी व्यवस्थित गर्ने नीति लिइनेछ ।
७४. बुटवल उपमहानगरपालिकाबाट रुट इजाजत अनुमति प्राप्त ई रिक्सा÷टेम्पुहरुमा बुटवलको पूरातात्विक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय पहिचान झल्कने प्रचार सामग्री र एउटै रंगका बनाउन अनिवार्य गरिनेछ ।
७५. आधुनिक प्रविधिको उपयोग गरी बुटवल उपमहानगरपालिकाबाट रुट इजाजत अनुमति प्राप्त गरेका ई रिक्सा÷टेम्पुहरुको तथ्याङ्क अभिलेखीकरण गरिनेछ ।

शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद
७६. “बुटवल उपमहानगर, गुणस्तरीय शिक्षामा समान अवसर” भन्ने परिकल्पनालाई सार्थक बनाउन नगरप्रमुख शैक्षिक विकास कार्यक्रम सञ्चालन गरी विद्यालयहरुको शैक्षिक स्तरलाई वृद्धि गरिनेछ ।
७७. बालविकास केन्द्रहरूलाई बालविकास सम्बन्धी न्यूनतम मापदण्ड निर्धारण गरी बाल मनोविज्ञान अनुरूप सुरक्षित र सुविधा सम्पन्न बनाइने छ ।
७८. आधारभूत तथा माध्यमिक विद्यालयहरूलाई न्यूनतम मापदण्ड अनुरूप भौतिक तथा शैक्षिक पूर्वाधार सम्पन्न बनाइने छ ।
७९. सबै विद्यालय परिसरलाई बालमैत्री, छात्रामैत्री र अपाङ्गमैत्री बनाइने छ ।
८०. आधारभूत शिक्षालाई विद्यार्थी प्रतिभा पहिचान र माध्यमिक शिक्षालाई विद्यार्थी प्रतिभा विकासको नीति लिइनेछ ।
८१. फरक क्षमताका बालबालिकाहरूका लागि विशेष शिक्षाको व्यवस्था गर्न विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने छ ।
८२. माध्यमिक विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षाको पहुँचमा विस्तार गरी स्वरोजगार सिर्जना गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिइनेछ ।
८३. प्राविधिक तथा व्यवसायिक शिक्षालाई प्राथमिकता दिदै सिद्धार्थ बाल तथा महिला अस्पतालमा पारामेडिकल, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआइ)मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरु, अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन आरम्भ गर्न जोड दिइनेछ ।
८४. अनाथ एवं विपन्न परिवारका बालबालिकाहरूलाई अन्य बालबालिका सरह शिक्षाको पहुँचमा ल्याउन विशेष व्यवस्था मिलाइने छ ।
८५. सबै सामुदायिक विद्यालयहरूलाई पूर्ण प्रविधियुक्त बनाउन आवश्यक पूर्वाधारको व्यवस्था गरी शिक्षामा सूचना तथा सञ्चार प्रविधि र कम्प्युटर शिक्षाको प्रयोगलाई विशेष जोड दिइने छ ।
८६. न्यूनतम मापदण्डका आधारमा संस्थागत विद्यालयहरुको वर्गीकरण गरी न्यूनतम मापदण्ड बमोजिम सञ्चालन गर्न व्यवस्था मिलाइने छ ।
८७. नगरको शैक्षिक पाठ्यक्रमलाई भौगोलिक पहिचानसहित नैतिक र व्यवहारिक ज्ञान तथा विभेदपूर्ण व्यवहार न्यूनीकरण गर्न आवश्यकताअनुसार परिमार्जन गरी कक्षा निर्धारण गरिनेछ ।
८८. सामुदायिक विद्यालयमा अध्ययनरत भौगालिक रूपमा पछाडि परेका तथा विपन्न परिवारका बालबालिकाहरूलाई विद्यालयसम्म पहुँच विस्तार गर्न निःशुल्क पोशाकको व्यवस्था गरिनेछ ।
८९. विद्यालयहरुमा देखिएको विद्यार्थी भर्ना सम्बन्धी समस्यालाई पारदर्शी एवं व्यवस्थित गर्न मापदण्ड बनाइनेछ ।
९०. संस्थागत एवं सामुदायिक विद्यालयहरुका शिक्षक कर्मचारीहरुको क्षमता विकास गरी शैक्षिक स्तर सुधार गर्न जोड दिइनेछ ।
९१. विद्यालयहरुमा कायम रहेको दरबन्दी र आवश्यक दरबन्दीबारे अध्ययन गरी दरबन्दी मिलान तथा समायोजन गरिनेछ ।
९२. नगरको शिक्षा क्षेत्रको उन्नयनमा समान भूमिका हुने गरी सामुदायिक र संस्थागत विद्यालयहरुलाई प्रोत्साहन गरिनेछ ।
९३. विद्यालयहरुले प्रदान गर्ने छात्रवृत्ति र सहुलियतलाई प्रभावकारी बनाउन आवश्यक संयन्त्र निर्माण गरी एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था गरिनेछ ।
९४. स्थानीय पाठ्यक्रमलाई आवश्यकताअनुसार परिमार्जन गर्दै बुटवलको पहिचान, जातीय पहिचान, भाषा, संस्कृति र सांस्कृतिक कार्यक्रम र नैतिक शिक्षा सम्बन्धि ज्ञान हुने विषयलाई जोड दिइनेछ ।
९५. सामुदायिक विद्यालयहरुमा आवश्यकता अनुसार बालशिक्षाको दरबन्दी सिर्जना तथा व्यवस्थापन गरिने छ । थप जनशक्ति नियुक्त गर्दा समावेशी सिद्धान्तलाई अबलम्बन गरिनेछ ।
९६. विद्यालय खाजा कार्यक्रम र सेनेटरी प्याडको सम्बन्धमा विद्यालयहरुसँग समन्वय र सहकार्य गरी आवश्यकताअनुसार कार्यान्वयन गरिनेछ ।
९७. ‘स्वच्छ नगर, स्वस्थ नगरबासी’को नीति लिई नगरमातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाइनेछ । बुटवलबासीको नियमित स्वास्थ्य जाँच गर्ने कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
९८.“नगरप्रमुखः स्वस्थ शिशुदेखि जेष्ठ नागरिकसम्म”को नीति लिदै नवजात शिशुर आमाको पोषण, स्वास्थ्य परीक्षण शिविरहरुलाई घरदैलोसम्म पु¥याइनेछ ।
९९. सर्ने तथा नसर्ने रोगहरुको परीक्षण तथा उपचारमा सहुलियत प्रदान गर्ने नीति लिइनेछ ।
१००. महामारीजन्य रोगको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मी लगायत कर्मचारीहरुको मनोबल उच्च पार्न विशेष प्रोत्साहनको कार्यक्रम ल्याइने छ ।
१०१. नियमित खोप, महामारीजन्य रोगविरुद्धका खोपलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै खोप लगाउन छुट भएका नगरबासीलाई खोपको पहुँचमा ल्याइनेछ ।

१०२. नगरबासीको स्वास्थ्य अवस्थालाई सुदृढ गर्नको लागि सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समूह, टोल विकास संस्था, सामाजिक स्वास्थ्य संस्था, युवा क्लब, बाल क्लब जस्ता संस्थाहरुलाई स्वास्थ्य सम्बन्धी कार्यमा परिचालन गरिनेछ र उत्कृष्ट कार्य गर्ने संस्थालाई सम्मान गर्ने नीति लिइनेछ ।
१०३. नगरवासीलाई जटिल रोगहरु (मुटुरोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमिया) को उपचारमा दिइने राहत अनुदानलाई थप व्यवस्थित गरी प्रभावकारी बनाइनेछ ।
१०४. सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा नगरप्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने नीति लिदै अस्पतालको सुविधालाई थप प्रभावकारी र व्यवस्थित बनाइनेछ ।
१०५. सुत्केरी अवस्था र नवजात शिशुमा देखिने स्वास्थ्य समस्याको समयमै पहिचान गरी उपचार गर्न सुत्केरी जाँच कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लगिनेछ ।
१०६.सुरक्षित मातृत्व कार्यक्रमलाई थप प्रभावकारी रुपले सञ्चालन गरी नतिजामुखी बनाउदै नवजात शिशु, आमा र बालबालिकाको पोषणस्थितिलाई विशेष जोड दिइनेछ । नगरभित्रका सरकारी कार्यालय परिसरमा सहजताको निमित्त सेवाग्राही आमाहरुलाई स्तनपान कक्ष निर्माणको लागि पहल गरिनेछ ।
१०७. कुपोषित बालबालिकाहरुको खोजी गरी उपचार तथा पोषणस्थितिमा सुधार ल्याउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ । साथै, १८ वर्ष मुनिका एच.आई.भी. संक्रमित बालबालिकाहरुलाई पोषणस्थिति सुधार गर्न मासिक रु. ३,०००। (तीन हजार) रकम उपलब्ध गराइने छ ।
१०८. बालबालिकाको खोप कार्यक्रमलाई प्रभावकारी रुपले सञ्चालन गर्न प्रत्येक वर्ष पूर्णखोप सुनिश्चितता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१०९. स्वस्थ जीवनशैलीका लागि योग भन्ने नीति अवलम्बन गरी सन्तुलित आहार, शारीरिक व्यायाम, स्वस्थकर खानपान, योग, ध्यान र प्राणायम जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिनेछ । साथै स्तनपान गराउने आमाहरुका लागि उपप्रमुख दुग्धवर्धक जडिबुटी वितरण कार्यक्रम सञ्चालन गरिनेछ ।
११०.सरकारी, निजी, सामुदायिक अस्पताल तथा मेडिकलबाट प्रदान गर्दै आएको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन नियमन तथा अनुगमनको संस्थागत व्यवस्था मिलाईनेछ । साथै, प्राप्त सेवालाई डीएच आइ एस २ मा सम्मिलित गरिनेछ ।
१११. स्वास्थ्य संस्थाजन्य जोखिमयुक्त फोहोर व्यवस्थापन तथा निर्मलीकरणका लागि नगरभित्र सञ्चालित स्वास्थ्य संस्था, अस्पताल, मेडिकल, ल्याब आदिबाट निस्कने फोहोरको उचित व्यवस्थापन गरिनेछ ।
११२. महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै नियमित सुविधालाई निरन्तरता दिदै उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकालाई पुरस्कृत गरिनेछ । सेवा अवधि पूरा गरी अवकाश हुने महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानजनक बिदाईको व्यवस्था गरिनेछ ।
११३. एच आई भी÷एड्स, क्षयरोग, कुष्ठरोग, औलो, कालाजार, हात्तीपाईले, डेगु, स्क्रब टाइफसजस्ता सर्ने नसर्ने लगायतका रोगहरुको रोकथाम, नियन्त्रण तथा निवारणका लागि आवश्यक स्वास्थ्य कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
११४. गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्यमा विशेष जोड दिदै आवश्यक कार्यक्रम सञ्चालन गरिने छ ।
११५. सर्पदंश उपचार रेफेरल मेकानिज्म तथा प्राथमिक उपचार सम्बन्धी कार्यको लागि स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि तालिमको व्यवस्था गरिनेछ ।
११६. प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न रुरल यु एस जी सेवा सबै वडा तहसम्म पु¥याइनेछ ।
११७. किशोरीहरुमा हुने रक्तअल्पता कम गर्नको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
११८. स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति गठन गरी समितिका पदाधिकारी र स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गरिनेछ ।
११९. बुटवल–१४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै त्यहाँ रहेको बर्थिङ सेन्टरलाई चौबीसै घण्टा सञ्चालन गरिनेछ । वडा नं. १३ मा सञ्चालन हुने १५ शैयाको अस्पतालमा चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गरिनेछ ।
१२०. प्रदेश सरकारसँगको समन्वय एवं सहकार्यमा “एक विद्यालय एक स्वास्थ्यकर्मी” कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ ।
१२१. नगरबासीले पिउने पानी स्वच्छ र स्वस्थ बनाउन गुणस्तर परीक्षण गरी आवश्यक सुधार गरिनेछ ।
१२२. विभिन्न महामारीजन्य रोगहरुको निदान, रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी र उत्कृष्ट सेवा सम्पादन गर्ने स्वास्थ्य संस्थालाई प्रोत्साहन गरिनेछ ।
१२३. औषधिको अनुचित प्रयोगलाई निरुत्साहित र नियन्त्रण गरिनेछ ।
१२४. पालिकास्तरीय द्रुत उद्धार टोली (आर. आर. टी.) र वडा स्तरीय आर. आर. टी. टीम निर्माण गरी आवश्यक तालिमको व्यवस्था गर्नुको साथै विपद् व्यवस्थापन कार्यलाई सहज बनाउन आवश्यक व्यवस्था गरिनेछ ।
१२५. लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पतालमा र निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग आवश्यक समन्वय सहकार्य गरी स्वास्थ्य परीक्षण कार्यक्रम तथा शिविरहरु सञ्चालन गरिनेछ ।
१२६. नगरप्रमुख–उपप्रमुख घरदैलो स्वास्थ्य कार्यक्रमलाई व्यवस्थित बनाउनका लागिँबmष्थि ज्भबतिज ँयमिभच म्ष्नष्तबष्शिबतष्यलकार्यक्रम प्रभावकारी कार्यान्वयन गरिनेछ ।
१२७. एन्टिबायोटिक औषधिका कारण हुने मानिसमा हुने असर (ए. एम. आर.) लाई न्यूनीकरण गर्न सचेतना कार्यक्रमहरु ल्याइने छ ।
१२८. बुटवलबासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको शुल्क हटाउन रक्तसञ्चार केन्द्रलाई अनुदान उपलब्ध गराइने छ ।
१२९. महिलाहरुको पाठेघर, स्तन क्यान्सर परीक्षण गर्न आवश्यकताअनुसार शिविर सञ्चालन गर्ने र उपचारमा सहुलियत प्रदान गरिनेछ ।
१३०. जेष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर ‘बा आमासँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन गरी घरदैलोमा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिनेछ ।
१३१. खेलकुदका लागि पूर्वाधारहरु विकास गर्नुका साथै खेलाडीहरुलाई उत्साहित र क्रियाशील बनाउने खालका विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिनेछ ।
१३२. खेलाडी उत्पादनमा जोड दिदै नगरका विद्यालयहरुका बीचमा विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता कार्यक्रम सञ्चालन गरिनेछ ।
१३३. बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता कार्यक्रमलाई नियमित र व्यवस्थित गरिनेछ ।
१३४. विद्यालय तहमा विभिन्न खेल विधामा खेलाडीहरुको उत्पादन गर्न तथा खेलकुद शिक्षक÷प्रशिक्षकहरुको क्षमता विकास गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
१३५. नगरभित्रका विभिन्न खेल मैदानहरुको आवश्यकताअनुसार स्तरोन्नति गरिनेछ ।
१३६. वडा नं.१३ को जबईमा राष्ट्रियस्तरको फुटबल खेलमैदान र बुटवल १६को डहरगाउँमा क्रिकेट रंगशाला निर्माण गर्न प्रदेश र संघ सरकारसँग पहल गरिनेछ ।
१३७. किशोर अवस्थाका युवा विद्यार्थी वर्गलाई लक्षित गरी लागू पदार्थ दुव्र्यसनीमुक्त गर्न सुधारात्मक र सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
१३८. युवा क्लब गठन, नमूना युवा संसद स्थापना र अभ्यास कार्यक्रमद्वारा युवाहरुको क्षमता विकास तथा उद्यमशीलताको विकास गरिनेछ ।
१३९. बुटवल नगरस्तरीय जी.पी कोईराला महिला भलिबल, मनमोहन स्मृति कप, मदन भण्डारी स्मृति कप, शैलजा साहना महिला भलिबल प्रतियोगिता, शहीद स्मृति कप प्रतियोगिता र कर्णेल उजिरसिंह ब्याडमिन्टनलगायतका विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिनेछ ।
१४०. अन्तरराष्ट्रिय, राष्ट्रिय र प्रदेशस्तरका खेलकुद कार्यक्रममा उत्कृष्ट स्थान हासिल गरेका खेलाडी र प्रशिक्षकलाई प्रोत्साहन गरिनेछ ।

खानेपानी तथा सरसफाई
१४१. नगर भित्रको फोहोरको संकलन र विसर्जनलाई व्यवस्थित बनाउन साझेदार संस्थाहरुसँग सहकार्य गरी प्रविधिको उपयोगलाई प्राथमिकता दिईनेछ ।
१४२. नगरको फोहोर व्यवस्थापन एवं सरसफाई कार्यमा सामुदायिक संघसंस्था, सहकारी, स्वयम्सेवी संस्थाहरु, टोल विकास संस्था, स्थानीय टोल समुदाय र निजी क्षेत्रलाई उत्प्रेरित गरिनेछ ।
१४३. सामुदायिक कम्पोष्ट प्लान्ट÷फोहोर प्रशोधन केन्द्र निर्माण एवं सञ्चालन गरिनेछ ।
१४४. सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्न साझेदार संस्था वा निजी क्षेत्रसँग सहकार्य गरिने छ ।
१४५. सरसफाई क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई प्रोत्साहन गरिनेछ ।
१४६. फोहोर उत्पादनमा कमी ल्याउन र उत्पादन तहमानै व्यवस्थापन गर्न सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिईनेछ ।
१४७. साझेदार संस्थाहरुको सहकार्यमा फोहोर प्रशोधनकेन्द्र निर्माणका लागि उपयुक्त जग्गाको पहिचान गरी निर्माण प्रक्रिया आरम्भ गरिने छ ।
१४८. बेवारिसे शव र मृत छाडा पशुचौपायाको उचित व्यवस्थापन गरिने छ ।
१४९. जथाभावी सार्वजनिक स्थलमा फोहोरमैला फाल्नेलाई दण्ड जरिवाना गर्दै फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने व्यक्ति वा संस्थालाई पुरस्कृत गरिनेछ ।
१५०. ‘मेरो टोल म सफा गर्छु’ भन्ने नाराका साथ ग्रीन एण्ड क्लिन सिटी बनाउन टोलको सरसफाइको पहिलो जिम्मेवारी वडाको समन्वयमा टोल विकास संस्थालाई दिदै प्रोत्साहन गरिनेछ । सडक वा सार्वजनिक क्षेत्रमा फोहोर फाल्नेलाई जरिवाना गर्दै जरिवानाको रकममध्येबाट ५० प्रतिशत रकम टोल विकास संस्थालाई दिने व्यवस्था मिलाइनेछ ।
१५१. हाटबजार क्षेत्र तथा अन्य क्षेत्रमा व्यापार व्यवसाय गर्ने व्यवसायीहरुले उत्पादन गरेको फोहोर आफै व्यवस्थापन गर्न अनिवार्य गरिनेछ ।
१५२. घरबाट उत्पादन हुने फोहोरको वर्गीकरण परिवारबाटै गर्न तथा फोहोरमैला व्यवस्थापनमा घरपरिवारलाई थप उत्तरदायी बनाउन सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
१५३. नगरको फोहोरमैला व्यवस्थापन सम्बन्धी कानूनको समयानुकुल परिमार्जन गरिनेछ ।
१५४. नगरभित्रका नदीनाला, खोला, कुलो, सडक, गल्ली, नालीलगायतको सरसफाई गर्न वडाहरुको समन्वयमा नियमित अभियान सञ्चालन गरिनेछ ।
१५५. नगर क्षेत्रभित्र रहेका पेट्रोल पम्पहरुमा सर्वसाधारणले प्रयोग गर्न पाउने गरी शौचालयको अनिवार्य व्यवस्था गर्न सम्बन्धित व्यवसायी तथा पेट्रोलियम व्यवसायीहरुसँग सहकार्य गरिनेछ ।

अनुगमन तथा मूल्याङ्कन
१५६. नियमित बजार अनुगमन र नियमन गर्ने कार्यलाई व्यवस्थित रुपमा सञ्चालन गरी उपभोक्ता हित प्रवद्र्धन गरिनेछ ।
१५७. अनुगमन कार्यका लागि मापनयोग्य सूचक तयार गरी स्वीकृत सबै योजना तथा कार्यक्रमहरुको अनुगमन तथा मूल्याङ्कन गर्ने नीति लिइनेछ ।
१५८. उपभोक्ता हित प्रवद्र्धन एवं सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
१५९. उपभोक्ता हित प्रवद्र्धन एवं खाद्य गुणस्तर मापनका लागि खाद्य प्रयोगशाला स्थापना गरिनेछ ।
१६०. उपभोक्ताको हितलाई ध्यानमा राख्दै बजार अनुगमनका क्रममा बजार क्षेत्रमा फेला पर्ने लापरबाहीजन्य व्यवहार तथा कमजोरीलाई न्यूनीकरण गर्न दण्ड जरिवानालाई कडाईका साथ लागू गरिनेछ ।

महिला बालबालिका तथा समावेशीकरण
१६१. बुटवलभरिका सबै गृहिणी महिलाहरुलाई रोजगारसँग जोड्दै स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम कार्यान्वयन गरी वस्तुको उत्पादन र बिक्री केन्द्र स्थापनामा जोड दिइने छ ।
१६२. शिल्पकला विकास केन्द्रलाई प्रतिस्थापन गर्ने गरी उपप्रमुख उद्यमशीलता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१६३. दीगो विकास लक्ष्य स्थानीयकरण कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।
१६४. एकल महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ र बुटवल–१२ मा एकल महिलाहरुको लागि भवन निर्माण गरिनेछ ।
१६५. नगरलाई लैंगिक हिंसामुक्त, बालमैत्री र विभेदमुक्त शहर बनाइनेछ । स्थानीय बालमैत्री शासन कायम राख्दै बालक्लब पुनःगठन गरी बालमैत्री वडा घोषणा गरिनेछ ।
१६६. लैंगिक हिंसा पीडित महिलाहरुको लागि अल्पकालीन आश्रयस्थलको व्यवस्थापन गर्दै उनीहरुलाई सीपमूलक कार्यक्रममा आवद्ध गरिने छ । लैंगिक समानता तथा सामाजिक समावेशीकरण न्भ्क्क्ष्बजेट विश्लेषण र तर्जुमा प्रणाली अवलम्बन र कार्यान्वयन गरिनेछ ।
१६७. किशोरी जागरण र जीवनउपयोगी सीप सम्बन्धी कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
१६८. जेष्ठ नागरिकका अनुभव आदानप्रदान गर्ने अवसरको सिर्जना गरी नगरको हितमा उपयोग गर्ने नीति लिइनेछ ।
१६९. महिलाहरुलाई राजनीति र सामाजिक क्षेत्रमा प्रोत्साहन गर्न मंगलादेवी, शैलजा आचार्य, साहना प्रधान, साधना प्रधान अधिकारीजस्ता महिला नेतृहरुका नाममा स्मृति प्रतिष्ठान स्थापना गरी महिलाहरुको नेतृत्व विकास तथा क्षमता विकासमा जोड दिइनेछ ।
१७०. महिलाहरुको मनोबल उच्च राख्दै सम्बन्धित क्षेत्रमा अगुवाई गर्नका लागि प्रोत्साहनस्वरुप सामाजिक, व्यवसायिक र राजनीतिक क्षेत्रका अगुवा महिलाहरुलाई सम्मान गर्ने नीति लिइनेछ ।

सामाजिक सुरक्षा तथा पञ्जीकरण
१७१. असहाय, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक सामग्री सहयोग कार्यक्रम तथा मनोसामाजिक परामर्श सेवा दिइनेछ ।
१७२. अपाङ्गता परिचयपत्र वितरण अभिलेख कार्यलाई विद्युतीय प्रणाली तथा अपाङ्गता भएका व्यक्तिहरुको तथ्यांक प्रविष्ट तथा प्रतिवेदन कार्यमा टेवा पु¥याइनेछ ।
१७३. अति अशक्त र पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै गएर स्वास्थ्य सामग्रीहरु वितरण गरिनेछ ।
१७४. अपाङ्गता भएका व्यक्ति र निजका परिवारलाई सीप विकास सम्बन्धी तालिम सञ्चालन गरी आयआर्जनको क्षेत्रमा टेवा पु¥याइनेछ ।
१७५. सामाजिक सुरक्षा तथा पञ्जीकरणका कार्यहरुलाई एम.आई.एस.प्रणालीमा अद्यावधिक गरी प्रभावकारी बनाउन आवश्यक समन्वय गरिनेछ ।
१७६. मध्यम वर्गका अपाङ्गता परिचयपत्र भएका व्यक्तिहरुको लागि आत्मनिर्भर बनाउन आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
१७७. सामाजिक सुरक्षा भत्ता नवीकरण, घटना दर्ता सप्ताह कार्यक्रम र अपाङ्गता परिचयपत्र वितरण लगायतका कार्यक्रमलाई प्रभावकारी बनाउन प्रचारप्रसार अभियान सञ्चालन गरिनेछ ।
१७८. सामाजिक सुरक्षा तथा पञ्जीकरण कार्यहरुलाई एम.आई.एस. प्रणालीमा अद्यावधिक गरी प्रभावकारी बनाउन एम.आई.एस. अपरेटर तथा फिल्ड सहायकहरुलाई पारिश्रमिक महंगी भत्ता उपलब्ध गराईने छ ।
१७९. दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको लागि उद्यमशिलता तालिम र सेतो छडी वितरण गरिने छ ।
१८०. सुस्तश्रवण, दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको लागि श्रोत कक्षा घरमा आधारित कक्षा सञ्चालन गराईनेछ । नगरमा दोभाषेको व्यवस्था गरिनेछ ।
१८१. बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जीवनयापन तथा शिक्षण प्रणालीलाई सुनिश्चित गरिनेछ ।
१८२. अपाङ्गताका क्षेत्रमा क्रियाशील संघ संस्थाहरुको नियमित अनुगमन गरिनेछ ।
१८३. अपाङ्गता भएका महिलाका अधिकार सवाल तथा नीतिगत कानूनी व्यवस्था विषयका क्षेत्रमा क्षमताविकास तथा क्रियाशील गराईनेछ ।
१८४. शिशु कक्षादेखि कक्षा ३ सम्म पठनपाठन गराउने शिक्षकहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी सबलीकरण गरिनेछ ।
१८५. अपाङ्गता भएका कम्तीमा एक सय जना व्यक्तिहरुलाई सीप विकास तालिम सञ्चालन गरी स्वरोजगार र आत्मनिर्भर गराइनेछ ।
१८६. सबै सरकारी कार्यालयहरुका भवनलाई अपांगमैत्री बनाउन सहकार्य र समन्वय गरिनेछ ।

सामाजिक परिचालन तथा गैरसरकारी संस्था समन्वय
१८७. टोल विकास संस्थालाई विकास निर्माण, समुदाय परिचालन, सामाजिक परिचालन, सामाजिक अभियान सञ्चालन, वातावरण संरक्षण र राजश्व संकलन समेतमा परिचालन गरी थप सुढृढ बनाइनेछ ।
१८८. टोल विकास संस्थाहरुलाई नगरको आधारभूत र समुदाय तहको सहयोगी संरचना र वडाको अङ्गको रुपमा स्थापित गरिनेछ ।
१८९. भाषा, कला र संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्नका लागि विशेष भाषा, जातीय भेषभुषा र संस्कृतिको जर्गेना गर्ने गरी कार्यक्रमहरु ल्याइनेछ ।
१९०. बुटवलभित्रका बैक तथा वित्तीय संस्था, सहकारी, लघुवित्त, बीमा कम्पनी र सामाजिक संघसंस्था, क्लबहरुले सामाजिक उत्तरदायित्वअन्तरगतका कार्यक्रम गर्दा बुटवलभित्र गर्न अनिवार्य गर्दै एकद्वार प्रणालीबाट व्यवस्थित गरिनेछ ।
१९१. गैरसरकारी संस्थाको दर्ता, सूचीकृत, नविकरण, विघटन, खारेजी नियमन कार्यलाई व्यवस्थित गरिने छ । कार्यक्रममा दोहोरोपना नहुने गरी उद्देश्य, गतिविधि र अनुभव समेतलाई दृष्टिगत गर्दै प्रस्तावको माध्यमबाट सहकार्य गरिनेछ ।
१९२. विभिन्न जातजाति, समूह, वर्गहरुको परम्परा, संस्कृतिको पहिचान गरी जातीय र भाषिक पहिचान दिने परम्परागत उत्पादनलाई प्राथमिकता दिदै संरक्षण र प्रर्वद्धन गर्दै लगिनेछ ।
१९३. राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरुसँग आवश्यकताअनुसार समन्वय र सहकार्य गरिने छ ।

वन, वातावरण तथा विपद व्यवस्थापन
१९४. तिनाउ जलाधार संरक्षणका लागि आवश्यकताअनुसार सहकार्य गरिनेछ ।
१९५. नदी प्रभावित क्षेत्रलाई सुरक्षित बनाउन तटबन्ध कार्यक्रम सञ्चालन गरिनेछ ।
१९६. एक सामुदायिक वन–एक पोखरी, एक पार्क निर्माणको अभियानलाई कार्यान्वयन गरिनेछ ।

१९७. राष्ट्रपति चुरे संरक्षण कार्यक्रमसँग सहकार्य गर्दै चुरे संरक्षण, बाढी, पहिरो र कटान समस्याको समाधान गर्न पहल गरिनेछ । जलवायु परिवर्तनका कारण देखा परेका समस्याहरु न्यूनीकरणका लागि जलवायु अनुकुलनका कार्यक्रम सञ्चालनमा जोड दिइनेछ ।
१९८. ज्योतिनगर, मिलनपथ, पाखापानी, लक्ष्मीनगरजस्ता स्थानको पहिरोको अल्पकालीन र दीर्घकालीन व्यवस्थापन गरी जोखिम न्यूनीकरण गर्न संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्य गरिनेछ ।
१९९. नवलपरासीको बर्दघाटदेखि दाङसम्मका सडकमा रहेका छाडा पशु चौपायाहरुको व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरी २००० बिगाह क्षेत्रमा गाई राष्ट्रिय निकुञ्ज निर्माण गर्न लुम्बिनी प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
२००. नगरलाई हरित शहरका रुपमा स्थापित गर्न एक घर तीन रुखको नीति लिई आवश्यक अनुदान उपलब्ध गराइनेछ । साथै, घरनक्शा बनाउँदा अनिवार्य रुपमा हरियाली प्रवद्र्धन गर्ने गरी आवश्यक स्थान छुट्याउनुपर्ने व्यवस्था मिलाइनेछ ।
२०१. तिनाउ नदीमा आरती केन्द्र स्थापना गरी तिनाउ सभ्यतालाई प्रवद्र्धन गरिनेछ ।
२०२. योगीकुटीदेखि चिडियाखोलासम्म, रामनगरदेखि तामनगरसम्म, बेलबास–बेथरी सडक, तामनगर–शुद्धोधन सडकलाई उज्यालो र हरियाली सडकका रुपमा सौन्दर्यीकरण गरिनेछ ।
२०३. पूर्वाधार विकास निर्माण तथा समुदायलक्षित कार्यक्रमका लागि सामुदायिक वनहरुसँग सहकार्य गरिने छ ।
२०४. वन, वातावरण तथा विपदसम्बन्धी कानून तथा कार्यविधिहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।
२०५. विपद न्यूनीकरण तथा प्रकोप व्यवस्थापनका लागि आवश्यकताअनुसार स्थानीय आपतकालीन सेवा केन्द्र(ीभ्इऋ) स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।
२०६. विपद उद्धार कार्यमा संलग्न हुने अग्नि नियन्त्रक तथा उद्धारकर्मीको क्षमता विकास गरिने छ ।

कृषि तथा पशुपंक्षी विकास
२०७. कृषिमा उत्पादकको मागः नगरको साथ, कृषि विकास, “के पाइन्छ होइन, के चाहिन्छ” भन्ने नीति अवलम्बन गरिनेछ ।
२०८. कृषि बाली उत्पादन गरिरहेका जग्गा, बाँझो जग्गा तथा कृषि योग्य जग्गाको अधिकतम सदुपयोग गरी नविनतम कृषि प्रविधिको हस्तान्तरण, व्यवसायीकरण सहित कृषि उत्पादन उत्पादकत्व वृद्धिका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
२०९. कृषि पेशालाई मर्यादित पेशाको रुपमा अगाडि बढाउँदै मागमा आधारित, उत्पादनमा आधारित प्रोत्साहन तथा अनुदान कार्यक्रम मार्फत् खाद्य सुरक्षा तथा हरियाली प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गरिने छ ।
२१०. सहरी क्षेत्रमा स्वस्थ बाली उत्पादन कार्यक्रमका लागि कौशी, करेसाबारी, पुष्प खेती तथा जैविक मल उत्पादन प्रशोधन बजारीकरणका कार्यक्रम सञ्चालनमा प्रोत्साहन गरिनेछ ।
२११. कृषक, कृषक समूह तथा अन्य सघसंस्थाको समन्वय तथा सम्भाव्यताको आधारमा एक वडा एक बाली उत्पादन, पकेट विकास कार्यक्रम सञ्चालन मार्फत कृषि क्षेत्रलाई स्वरोजगारको आकर्षण क्षेत्र बनाईने छ ।
२१२. कृषक, कृषक समूह, सहकारीहरुलाई कृषिमा आर्कषित गर्न प्राङ्गारिक खेतीका लागि जैविक मल, खाद्यान्न बालीको प्रजनन, मूल तथा उन्नत बीउको खरीद मूल्यमा अनुदान र जग्गा भाडामा लिई कृषि कार्य गर्नेलाई जग्गा भाडामा प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गरिनेछ ।
२१३. उत्पादित कृषि वस्तुको संकलन, प्रशोधन, सञ्चय र ढुवानी आदि कार्य गर्ने कार्यका लागि प्रदेश र संघ सरकारको सहकार्यमा कृषि थोक एवं हाट बजार स्थापना, व्यवस्थापन गर्न आवश्यक सहयोग तथा सहजीकरण गरिने छ ।
२१४. कृषि योग्य भूमि तथा सावर्जनिक जग्गालाई कृषि जन्य उत्पादन प्रयोगमा ल्याउन बोरिङ्ग, उचित सिंचाई व्यवस्थापन, माटो जाँच, बाली उपचार शिविर सञ्चालन तथा सुहाउँदो बाली क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गरिनेछ ।
२१५. बुटवल–१५ सेमलारमा आधुनिक कृषि उपज संकलन केन्द्र निर्माण गरिनेछ ।
२१६. विदेशबाट फर्किएर कृषि पेशालाई मूल पेशा बनाएका किसानहरुलाई प्रोत्साहन गर्न सम्मान गरिनेछ ।
२१७. रेबिज रोग नियन्त्रणका लागि कुकुरको बन्ध्याकरण तथा घरपालुवा कुकुरहरुको अभिलेखीकरण गरी आवश्यक व्यवस्था गरिनेछ ।
२१८. छाडा चौपाया व्यवस्थापनका लागि बुटवल–७ स्थित शिवनगरको गौशाला र भलुहीको गौशाला तथा अन्य क्षेत्रमा गौशाला व्यवस्थित गर्नका लागि आवश्यक सहकार्य गरिनेछ ।
२१९. पशुपंक्षी विकासमा पशु स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
२२०. माग तथा उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
२२१. पशुनश्ल सुधार कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाईनेछ ।
२२२. पशुपंक्षी पालन कृषक पहिचान तथा पशुपंक्षीजन्य तथ्यांक संकलन र निरन्तर अध्यावधिक गरिने छ ।
२२३. दुध उत्पादनमा वृद्धि गरी बुटवललाई दुग्ध उत्पादनमा अग्रणी बनाउन किसानहरुलाई ५० प्रतिशत लागत सहभागिताका आधारमा भैसीका पाडी वितरण गरिनेछ ।
२२४. नगरभित्र मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न बाँदर, बँदेल, नीलगाईलगायतको नियन्त्रण तथा व्यवस्थापनमा जोड दिइनेछ । घाइते भएका पशु तथा वन्यजन्तुको उपचारका लागि उपचार केन्द्र स्थापना गर्न पहल गरिनेछ ।
उद्योग, वाणिज्य तथा पर्यटन प्रवद्र्धन
२२५. बुटवलमा लगानीकर्तालाई आकर्षित गर्न बुटवल लगानी सम्मेलन आयोजना गरिनेछ ।
२२६. सीप विकास तालिम कार्यक्रम मार्फत उद्यमी उत्पादनमा जोड दिइनेछ ।
२२७. प्रविधि सहयोग कार्यक्रम मार्फत युवाहरुलाई स्वरोजगार एवं उद्यमी बनाईनेछ ।
२२८. लघु उद्यमको विकास र प्रवद्र्धनको माध्यमबाट गरिबी निवारणमा सहयोग गरिने छ ।
२२९. बुटवलको आर्थिक गतिविधि थप चलायमान एवं गुल्जार बनाउन कालिकापथ, अमरपथलगायत आवश्यक स्थानमा रात्रीकालीन बजार सञ्चालन गरिनेछ ।
२३०. आन्तरिक पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन मार्फत आर्थिक उपार्जनलाई जोड दिईनेछ ।
२३१. बुटवलका महत्वपूर्ण पर्यटकीय स्थलहरु जितगढी किल्ला, युद्ध संग्रहालय, पूरानो बुटवल क्षेत्र, मणिमुकुन्दसेन उद्यान, हिलपार्क, मिलनपार्क, पिस पार्क, सिद्धबाबाधाम, मुक्तिनाथधाम, निलकण्ठबाबाधाम, नरैनापुरधाम, बैठौलिया ताल, वाटरपार्क, थारु संग्रहालय, भैरव पार्क, पाणिनी पार्क, लक्ष्मी पार्कलगायत अन्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । नुवाकोट क्षेत्रमा कर्णेल उजिरसिंह पार्क तथा रामापिथेकस पार्क निर्माण तथा हिलपार्कमा बुद्ध मूर्ति स्थापनाका लागि पहल गरिनेछ । अन्य पर्यटकीय क्षेत्रको पहिचान गरी आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
२३२. बुटवलमा पर्यटकीय गतिविधि चलायमान गराउन बुटवल नगरको पर्यटकीय वृत्तचित्र निर्माण तथा प्रतियोगिता, नगर परिचय गीत, मायाको चिनो तयार गर्नेजस्ता पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । साथै, बुटवललाई उपयुक्त विश्रामस्थलको रुपमा विकास गर्दै पर्यटक आगमनलाई बढावा दिन टुर गाईड उत्पादन गरी पर्यटन व्यवसायी तथा सरोकारवालाहरुलाई प्रोत्साहन गरिनेछ ।
२३३. बुटवलको पहिचान र पर्यटन प्रवद्र्धन गर्न विभिन्न स्थानमा कर्णेल उजिरसिंह र मणिमुकुन्दसेनको शालिक स्थापना गरिनेछ । साथै मुख्य सडक क्षेत्रमा रहेका शालिकहरु उचित स्थानमा व्यवस्थित गर्न सम्बन्धित पक्षसँग समन्वय गरिनेछ ।

 

रोजगार प्रवद्र्धन तथा सहकारी
२३४. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन हुने आयोजनामा लाग्ने निर्माण सामग्री÷औजारहरु तथा आयोजनामा लाग्ने श्रमिकको ज्यालामा साझेदारी गरि कार्यक्रम लाइ थप सशक्त बनाइनेछ ।
२३५. रोजगार सेवा केन्द्रलाई थप सुदृढीकरण गरी श्रम शाखाको रुपमा स्थापित गरिनेछ ।
२३६. सुरक्षित वैदेशिक रोजगारमा जान इच्छुक व्यक्तिहरुका लागि सचेतना कार्यक्रम गरिनेछ ।
२३७. परम्परागत सीप प्रवद्र्धन मार्फत रोजगारी सिर्जना गर्दै उद्यमी बन्न चाहनेलाई उत्प्रेरित गरिनेछ ।
२३८. वैदेशिक रोजगारीमा गएका परिवारहरूका लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श साथै मनोरोगीहरुको लागि उपचार तथा कक्षामा सहभागीहरूलाई उद्यमी बनाइनेछ ।
२३९. मेयर युवा इलम कार्यक्रम मार्फत युवाहरूका लागि रोजगारी सिर्जना गर्न कार्यक्रम सञ्चालन गरिनेछ ।
२४०. वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको सीप पहिचान गरी स्वरोजगारमूलक कार्यमा संलग्न गराउन पहल गरिनेछ । विद्यार्थीहरुलक्षित कमाउँदै पढ्दै गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
२४१. रोजगारदाता र रोजगार चाहने व्यक्तिहरुका बीचमा पूलको भूमिका निर्वाह गर्ने गरी श्रम शाखालाई व्यवस्थित गरिनेछ ।
२४२. अति विपन्न परिवारको पहिचान गरी प्राथमिकताका साथ जीविकोपार्जनमा सहयोग पु¥याइनेछ ।
२४३. आवश्यकता अनुसार सहकारी संस्था नभएका वडाहरुमा बहुउद्देश्यीय सहकारी संस्था र बचत तथा ऋण सहकारी संस्था बाहेकका सहकारी संस्था दर्ता गरिने छ ।
२४४. सहकारी संस्थाका पदाधिकारी, शेयर सदस्य र कर्मचारीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम, गोष्ठी, अन्तरक्रियाहरु सञ्चालन गरी नेतृत्वदायी भूमिकालाई अगाडि बढाइनेछ ।
२४५. सहकारी संस्था सम्बन्धी आवश्यक पर्ने स्थानीय ऐन, कानुन, नियमावली, नीति, मापदण्ड निर्माण र संस्थाको कार्यान्वयन तथा नियमन गर्ने कार्यलाई प्रभावकारी बनाइनेछ ।
२४६. माध्यमिक स्तरका विद्यार्थीलाई सहकारी सम्बन्धी चेतना जगाउनका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ ।
२४७. उपमहानगरपालिकाभित्र कार्य क्षेत्र भएका एकै प्रकृतिका सहकारी संस्थाहरु बीच एकीकरण गर्ने नीति लिइनेछ ।
२४८. सर्वसाधारणको बचत जोखिम न्यूनीकरणका लागि सरोकारवालाहरुसँगको सहकार्यमा आवश्यक नीति तर्जुमा गरिनेछ ।
२४९. संघ र प्रदेशमा दर्ता भई बुटवलभित्र कार्यालय स्थापना गर्ने सहकारीहरुलाई व्यवस्थित गर्नका लागि अनिवार्य सूचीकृत हुने व्यवस्था गरिनेछ ।
२५०. सहकारीसम्बन्धी ऐन तथा मापदण्ड आवश्यकताअनुसार परिमार्जन गर्न सरोकारवालासँग छलफल तथा परामर्श गरिनेछ ।

भू–उपयोग तथा भूमि व्यवस्था
२५१. मालपोत कार्यालय र नापी कार्यालयको सहकार्यमा बुटवल उपमहानगरपालिका क्षेत्र भित्र नापी गर्न बाँकी रहेका जग्गाहरुकोे नापी कार्य सम्पन्न गरी डिजिटल नापी नक्शा तयार गरिनेछ ।
२५२. नगर क्षेत्रका सार्वजनिक जग्गाको पहिचान तथा लगत तयार गरी संरक्षण गर्न वडा र समुदायलाई थप जिम्मेवार र सक्रिय बनाइनेछ ।
२५३. नगर क्षेत्र भित्रका ब्लक जग्गाको जग्गाधनी पूर्जा वितरण तथा अव्यवस्थित बसोवास प्रमाणीकरणको व्यवस्था मिलाइने छ ।
२५४. तिनाउ दानव करिडोर निर्माण तथा दैवी प्रकोपबाट विस्थापित भएका घर धनीहरुलाई स्थानान्तरण गर्न जग्गा पहिचान गरी जनता आवास कार्यक्रम तथा एकीकृत बस्ती विकास कार्यक्रम मार्फत् बसोवासको व्यवस्था मिलाउन पहल गरिनेछ ।
२५५. नगर क्षेत्रभित्र रहेको अव्यवस्थित बसोबासमा आधारभूत सेवालाई थप व्यवस्थित गर्न पूर्वाधार विकास सेवा शुल्क राजश्व परामर्श समितिको सिफारिस बमोजिम लागू गर्ने व्यवस्था मिलाइने छ ।
२५६. नगर क्षेत्रभित्र रहेका भूमिहीन दलित÷सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको राष्ट्रिय भूमि आयोगले तोकेबमोजिम लगत संकलन, नाप नक्शांकनको प्रक्रिया अगाडि बढाई जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउन पहल गरिनेछ ।
२५७. सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकतामा राख्दै आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
२५८. बुटवलमा लामो समयदेखि समस्याको रुपमा रहेको सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोगसँग समन्वय गरी जग्गा नापजाँच गरी लालपूर्जा वितरणको कार्यलाई निरन्तरता दिइनेछ ।
२५९. तिनाउ दानव कोरिडोर निर्माण गर्दा विस्थापित हुने घरहरु, वडा नं. १ र ५ मा तिनाउ नदीमा निर्माण हुने सिग्नेचर ब्रीज, बुटवल १ मस्जिद अगाडिका विस्थापित १६ घरहरु, बुटवल ११ सिरानगाउँ मजुवामा पक्की पुल निर्माण गर्दा विस्थापित भएका ७ घर, ज्योतिनगर पहिरोबाट विस्थापित हुन सक्ने बुटवल वडा नं. ३ र ४ का घरहरुलगायत अन्य क्षेत्रबाट विस्थापित भएकाहरुको व्यवस्थापन गर्न प्रदेश सरकार तथा संघीय सरकारसँग समन्वय गरी बुटवलमै बसोबासको व्यवस्था मिलाउन पहल गरिनेछ ।
२६०. मोतीपुर औद्योगिक क्षेत्रमा देखिएको जग्गासम्बन्धि समस्या समाधान गरी स्मार्ट औद्योगिक क्षेत्र निर्माण गर्नका लागि पहल गरिनेछ ।
२६१. अव्यवस्थित क्षेत्रका बसोबासीहरुलाई सूचीकृत गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
२६२. कोदाले, बिटौरी, आँकडा र उखडाजस्ता जग्गाहरुको समस्या पहिचान गरी समाधानका लागि पहल गरिनेछ ।

 

पूर्वाधार विकास तथा नक्सा
२६३. नगरभित्रका सडकहरुको सौन्दर्यीकरण गर्दै सुरक्षित बनाउन रोड मार्किङ्ग गर्ने र ट्राफिक व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकतामा राखिनेछ ।
२६४. बहुवर्षीय योजनाहरु आवश्यकताका आधारमा कार्यान्वयन गरिनेछ । एक वडा एक पहिचान कार्यक्रमलाई प्राथमिकतामा राखी कार्यान्वयन गरिने छ ।
२६५. उज्यालो बुटवल कार्यक्रमअन्तरगत मुख्य मुख्य चोकहरुमा हाइमास्ट लाईट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाईटको व्यवस्था गरिनेछ ।
२६६. संघ तथा प्रदेश सरकारबाट नगर क्षेत्रभित्र सञ्चालित विकास आयोजनाहरुको कार्यान्वयनमा सहजीकरण गरिने छ ।
२६७. पूर्वाधार विकाससँग सम्बन्धित सडक, यातायात, कृषि, सिंचाई, खेल पूर्वाधार, खानेपानी, ढल निकास, पर्यटन पूर्वाधार, सरकारी विद्यालय, क्याम्पस शैक्षिक पूर्वाधार, स्वास्थ्य पूर्वाधार, फोहर व्यवस्थापन पूर्वाधार कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने नीति लिईनेछ ।
२६८. पार्किङ्ग स्थल÷पार्किङ्ग बिल्डिङ्ग, सपिङ्ग कम्प्लेक्स भवनजस्ता सम्भावित क्षेत्रहरुमा निजी क्षेत्र र साझेदार संस्थासँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी परियोजनाहरु सञ्चालन गर्ने नीति लिइनेछ ।
२६९. मुख्य बजार क्षेत्रमा फुटपाथ निर्माणलाई प्राथमिकतामा राखिनेछ र सडक क्षेत्राधिकार ३० फिटभन्दा माथिका फराकिला नमूना सडकहरुमा नाली सहितको फुटपाथ निर्माण गर्ने नीति लिइने छ ।
२७०. वडा नं. १४ देखि १९ मा कृषि, पशुपालन तथा हरियाली प्रवद्र्धनसँग सम्बन्धित पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरी ग्रीनसिटी अवधारणामा जोड दिइनेछ ।
२७१. वडा नं. १, ४, ६, ९, १६, १८ र १९ मा वडा कार्यालय भवन निर्माण गरी सेवाप्रवाहलाई थप व्यवस्थित गरिनेछ ।
२७२. नगरमा ठूला पूर्वाधार विकास दीगो, वातावरणमैत्री, अपाङ्गमैत्री, बालमैत्री, लैगिंक मैत्री बनाइनेछ ।
२७३. वडा नंं ११ स्थित देवीनगरमा वी.पी. कोईराला, पुष्पलाल श्रेष्ठ र सूर्य प्रसाद प्रधानको स्मृतिमा शालिक सहित पार्क निर्माणलाई निरन्तरता दिइनेछ ।
२७४. विभिन्न जातजाति, धर्म संस्कृतिको जगेर्नाका लागि धार्मिक आस्थाका धरोहरहरु मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्चको संंरक्षण तथा सम्बद्र्धन गरिने छ ।
२७५. वडा नं.३, ४, ६, ७ र ८ हुँदै बग्ने सुखौरा खोला व्यवस्थित गरि हरियाली सहित पैदल मार्ग निर्माणका लागि सम्बन्धित क्षेत्रका बासिन्दाहरुको समन्वय र संघीय तथा प्रदेश सरकारको सहकार्यमा कार्यान्वयन गर्न पहल गरिने छ ।
२७६. नगर क्षेत्र भित्रका अति व्यस्त सडकहरु (श्रवणपथ, मैत्रीपथ, अमरपथ, राम मन्दिर लाइन, संगमपथ) मा ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित क्षेत्रका नगरबासी, व्यवसायी संगठनहरु र ट्राफिक कार्यालयको समन्वयमा एकतर्फी सवारी सञ्चालन गर्न पहल गरिने छ ।
२७७. वडा नं. १२ स्थित चारपाला सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा स्थापना हुने मानिक विश्वविद्यालय भवन निर्माण स्थल सम्मको पहँुच सडक, खानेपानी, विद्युत जस्ता पूर्वाधार निर्माण कार्यमा आवश्यक सहयोग गरिने छ ।
२७८. सडक बत्ती व्यवस्थापनको कार्य वडा कार्यालयको समन्वय र निर्देशनमा टोल विकास संस्थाले गर्ने व्यवस्था मिलाइनेछ ।
२७९. बुटवलको खानेपानी आपूर्ति सम्बन्धी समस्यालाई दीर्घकालिन समाधान गर्न बुटवल (झुम्सा) खानेपानी आयोजना सञ्चालन गर्न पहल गर्ने र वडा नं. ६, ७ र ८ मा रहेका बोरिङ्गहरुलाई एकीकृत गरी हिलपार्कमा ओभरहेड टंकी निर्माण गर्ने र वितरण गर्ने व्यवस्था मिलाउन पहल गरिनेछ ।
२८०. ऐतिहासिक बटौली क्षेत्रमा रहेका परम्परागत धार्मिक एवं पूरातात्विक सम्पदाहरुको संरक्षणका लागि विकास साझेदारहरुसँगको सहकार्यमा गुरुयोजना तयार गरी संघीय तथा प्रदेश सरकारको सहकार्यमा कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ ।
२८१. वडा भेला तथा वडा कार्यालयहरुबाट सिफारिस भइ आएका सबै योजनाहरुको एचयवभअत द्यबलपबनाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न अधिकतम पहल गर्ने नीति लिइनेछ ।
२८२. जितगढी किल्लाको संरक्षण गर्दै जितगढी युद्ध संग्रहालय निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने छ । वडा नं. १५ मा जेष्ठ नागरिक मैत्री पार्क निर्माण गरिने छ ।
२८३. बुटवल उपमहानगरपालिका र आसपासका नगर तथा गाउँपालिकाहरुसँग समन्वय र सहकार्य गर्दै यस क्षेत्रलाई मेगा सिटीको रुपमा विकास गर्न आवश्यक आधार तयार गरिनेछ ।
२८४. नगरक्षेत्र भित्रका सडकहरुमा स–साना खाल्टाखुल्टी पुरी आवतजावतमा सहजता ल्याउन नगरप्रमुख पूर्वाधार एम्बुलेन्स कार्यक्रमलाई निरन्तरता दिइनेछ । बुटवल–२ मैनाबगरको रामघाट र बुटवल १५ र १६ को कर्साघाटलाई व्यवस्थित गरिनेछ ।
२८५. सहभागितामा आधारित कार्यक्रमहरुको लागत सहभागिता सम्बन्धी नीतिमा समयानुकुल परिवर्तन गरी जनसहभागितामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
(क) नयाँ नाली तथा पक्की सडक निर्माण कार्यका लागि तिनाउ नदी पूर्वका वडाहरुमा ३० प्रतिशत, वडा नम्वर १२ र १३ मा २५ प्रतिशत र वडा नं १, २ र ११ को तिनाउ पश्चिमको भाग तथा वडा नम्वर १४ देखि १९ सम्मका वडाहरुमा २० प्रतिशत
(ख) सडक ग्राभेल, मर्मत सम्भार तथा अन्य आयोजनाहरुमा १५ प्रतिशत
(ग) सार्वजनिक महत्वका क्षेत्रहरु धार्मिक, शैक्षिक, खेलकुद, कृषि, विद्युत, सामुदायिक भवन, तटबन्ध, जस्ता कार्यमा १० प्रतिशत
(घ) अति विपन्न, सीमान्तकृत बस्ती भएका क्षेत्र, फोहर व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन, हरियाली प्रवद्र्धन, प्रकोप नियन्त्रण जस्ता कार्यमा वडा कार्यालयको सिफारिसमा न्यूनतम ५ प्रतिशतमा नघट्ने गरी पूर्वाधार विकास समितिको निर्णय सिफारिस बमोजिम हुनेछ ।
२८६. सहभागितामा आधारित कार्यक्रमहरुलाई प्रोत्साहन प्रदान गर्र्न पहिलो आउनेलाई पहिलो प्राथमिकता दिई सडक निर्माण (नगरपालिकाबाट ३० र उपभोक्ताबाट ७० प्रतिशत लागत सहभागिताको योजनालाई) प्राथमिकता दिइनेछ ।
२८७. प्राथमिकताका आधारमा आयोजना, कार्यक्रम तथा क्रियाकलाप छनोट गर्ने र हरित उत्थानशील तथा समावेशी विकास अवधारणालाई समेत प्राथमिकताका आधारमा समावेश गरिनेछ ।
२८८. मध्यमकालीन खर्च संरचना तथा वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने कार्यलाई निरन्तरता दिइने छ । हालको आवधिक योजनाको मध्यकालीन समीक्षा गरिने छ ।
२८९. जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबारजस्ता महत्वपूर्ण स्थानलाई नगरको गौरव सम्पदाका रुपमा प्रवद्र्धन गरिने छ ।
२९०. नगरभित्रका मुख्य चोकहरु (राजमार्ग चौराहा, अस्पताल लाईन र ट्राफिक चोक)मा वर्षायाममा ओभरफ्लो भएको पानीलाई तिनाउ नदीमा निकास दिने गरी व्यवस्थापन गरिनेछ ।
२९१. सामुदायिक विद्यालयहरुका संरचनाहरुलाई परामर्शदाताबाट अध्ययन गराई भूकम्प प्रतिरोधात्मक बनाउनका लागि विपद् प्राधिकरणसँग सहकार्य गरी सबलीकरण गरिनेछ ।
२९२. नगरका सबै सडकहरुको आवश्यकताअनुसार स्तरोन्नति गरिनेछ ।
२९३. नगरविकास कोषसँग सहकार्य गरी लुम्बिनी बस टर्मिनल क्षेत्रभित्र व्यवस्थित पार्किङ भवन र व्यावसायिक कोशेली भवन निर्माण गरिनेछ ।
२९४. बुटवल उपमहानगरपालिकाको पूरानो भवनलाई प्रभावकारी प्रयोग गर्न बुटवल बजारमा रहेको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न र व्यावसायिक क्षेत्रलाई प्रवद्र्धन गर्न विस्तृत अध्ययन गरी साझेदार संस्था र दातृ निकायहरुसँगको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण गरिनेछ ।
२९५. बुटवल ५ को हाटबजारमा आधुनिक भूमिगत पार्किङ तथा व्यावसायिक भवन निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
२९६. घर नक्शा पास गर्नका लागि प्रयोगमा ल्याइएको विद्युतीय भवन अनुमति प्रणाली (भ्भिअतचयलष्अ द्यगष्मिष्लन एभचmष्त क्थकतझ० लाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि एबउभचभिकक,एभलभिकक, ःयदष्भि ब्उउक, म्ष्नष्तब िक्ष्नलबतगचभको उपयोग गरी डिजिटल भुक्तानीको सेवाप्रदान गरिने छ ।
२९७. भूमिगत पार्किङसहितको भवन निर्माण गर्न प्रोत्साहन गरी नक्सापासमा भूमिगत पार्किङको शतप्रतिशत राजश्व छुट दिइने छ । साथै, १६ तल्लासम्मका बहुतल्ले भवन निर्माणका लागि प्रोत्साहन गरिनेछ ।
२९८. नगरको भौगोलिक सूचना प्रणाली न्क्ष्क् दबकभम ज्यगकभ ल्गmदभचष्लनको इकाई गठन गरिनेछ । साथै, वडा नंं १४ देखि १९ मा अध्ययन प्रक्रिया बढाई घर नम्बर दिने प्रबन्ध मिलाईनेछ ।
२९९. भवन निर्माणमा संलग्न निर्माण व्यवसायीलाई अनिवार्य रुपमा सूचीकृत गरी भवन निर्माण प्रक्रियालाई जिम्मेवार र व्यवस्थित बनाउन आवश्यक व्यवस्था गरिनेछ ।
३००. बुटवल उपमहानगरपालिकाको भवन निर्माण सम्बन्धि मापदण्ड २०७७ लाई नेपाल सरकारको भू–उपयोग नीति अनुरुप वर्गीकरण गरिनेछ ।
३०१. बुटवल उपमहानगरपालिका भित्र रहेका पूराना भवनहरुको नक्शा अभिलेखीकरण गर्न निश्चित समय अवधि तय गरी घरनक्शालाई व्यवस्थित गरिनेछ ।
३०२. बुटवल उपमहानगरपालिका भित्र अव्यवस्थित बसोबासीमा रहेका लालपूर्जाविहिन घरहरुको सूचीकृत गरी व्यवस्थित गरिनेछ ।

अन्त्यमा,
सभाका उपाध्यक्षज्यू,
सचिवज्यू,
नगर सभाका सदस्यज्यूहरु,
र उपस्थित कर्मचारी एवम् सञ्चारकर्मी महानुभावहरु,

हामीले अबलम्बन गरेको नीतिलाई आर्थिक वर्ष २०८०।०८१ मा लागू गर्न सबैले आआफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गरी बुटवललाई समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर भन्ने नारालाई घनीभूत रुपमा अगाडि बढाउन सहयोग हुने अपेक्षा गरेको छु ।
हामीले बुटवल उपमहानगरपालिकालाई सबैको सहयोग र सद्भावबाट साझा संस्थाको रुपमा स्थापित गर्न चाहन्छौं । बुटवल हामी सबैको हो र हामी जनप्रतिनिधि बुटवलबासीका सेवक हौं भन्ने कुरालाई आत्मसाथ गरी यहाँहरुकै सेवामा खटिएका छौं ।
म यस सम्मानित सभामार्फत् बुटवलबासी आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुले माया, प्रेम र सद्भावका साथ अत्यन्त विश्वास गरेर हामीलाई निर्वाचित गर्नुभएको हो भन्ने कुरालाई सधै मनमष्तिष्कमा राखेको पुनः स्मरण गराउन चाहन्छु ।
हरेक पल, हरेक क्षण हाम्रो ध्यान बुटवलको विकास र समृद्धिकै लागि हुनेछ र त्यसका लागि दिलोज्यानले प्रयास गरिरहने प्रतिबद्धता जनाउन चाहन्छु ।
बुटवलको उन्नति र प्रगतिका निम्तिसहकार्य गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई पुनः हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सकारात्मक र रचनात्मक सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछु ।

धन्यवाद
जय नेपाल ।
२०८० असार ७ गते बिहीबार ।

खेलराज पाण्डेय
प्रमुख, बुटवल उपमहानगरपालिका
बुटवल, रुपन्देही ।