अर्घाखांची जिल्ला अदालतका न्यायाधीशले दिए राजीनामा

अर्घाखांची, असार १२ गते । अर्घाखांची जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् ।
आफैले कानुनी र नैतिक रूपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै भट्टराईले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै राजीनामा दिएका हुन् ।

जिल्ला न्यायाधीश भट्टराईले न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक पार्टीका मान्छेहरू न्याय परिषद्मा नियुक्ति हुने गरेको आरोप लगाएका छन् ।