राजमो कपिलवस्तु विजय नगरको सम्मेलन सम्पन्न, नेकपाका सदस्य प्रवेश

केयरसिंह अदै
कपिलवस्तु, साउन १२ गते । राष्ट्रिय जनमोर्चा विजय नगर गाउँ पालिका को प्रथम सम्मेलन शुक्रबार त्रिपाल नगरको सामुदायिक भवनमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा विजय नगरका अध्यक्ष गोविन्द परियारको अध्यक्षतामा सम्पन्न प्रथम सम्मेलन उद्घाटन राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य केयरसिंह पुनले ब्यानर पढेर गरेका थिए ।

उक्त कार्यक्रममा बोलदै उनले राष्ट्रिय जनमोर्चाले सधैं देश र जनताको पक्षमा संघर्ष गर्दै आएको बताउँदै, सही नीति हुँदाहुँदै पनि जनता भ्रममा रहेको बताए । अखिल नेपाल ट्रेड यूनियन महासंघ अन्टुक केन्द्रिय सदस्य तथा राजमो जिल्ला सल्लकार कयरसिंह अदैले देशको राष्ट्रिय परिस्थिति, एमसीसी, नागरिकता विधेयक, भष्टाचारको बिरुद्ध राष्ट्रिय जनमोर्चाको संघर्षबारेमा बोल्दै, राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा आजको प्रधान पक्ष रहेको बताए ।

तराई मधेश जनवादी मोर्चा विजय नगरका अध्यक्ष खदेरु पासीले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नागराज योगीले र स्वागत पटेश्वरी यादवले गरेका थिए ।
सम्मेलन पश्चातको बन्द सत्रले संगठनात्मक, आर्थिक, र नयाँ नेतृत्वको बारेमा छलफल गर्दै, गोविन्द परियारको अध्यक्षतामा सल्लाकरसहित १७ सदस्सीय राष्ट्रिय जनमोर्चा विजय नगर गाउँ पालिका समिति चयन गरिएको छ ।

जस अनुसार उपाध्यक्षमा पतेस्वरी यादव, सचिब त्रिवेणी कुर्मी, सहसचिब तारामती पासी, कोषाध्यक्ष राम भोरोसे यादव, सदस्यहरु सुर्यबहादुर जीसी, भोपाल चौधरी, रामसमरे धोबी, खडेरु पासी, मनिषा कोरी, पुनम नेपाली र वैकल्पिकमा हिरालाल तेली, वंशराज कोरी, सल्लाकार मा नागराज योगी, सुशीला चौधरी, राम सिम्रुन यादव, र कमल कोरी रहेका छन् । नव निर्वाचित समितिको प्रथम बैठकले वडाहरुको बैठक भेला गर्ने, सदस्यता अभियान चलाउने, कार्यालय राख्ने, राष्ट्रिय जनमोर्चाको जिल्ला सम्मेलन सफल पार्ने निर्णय गरेको छ ।
सम्मेलनमा विप्लव नेकपाका पालिका सदस्य, गानी यादव उक्त पार्टी त्यागी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् ।