मानवीय सेवामा माओवादी केन्द्र

बुटवल, भदौ ३१ गते । नेकपा माओवादी केन्द्रले तीज पर्वको अवसरमा आश्रममा आश्रितहरुलाई दरको रुपमा खाना खुवाएको छ । नेपाल माओवादी केन्द्र लुम्बिनी प्रदेश समितीको संयोजनमा आइतबार बुटवलको मानव सेवा आश्रममा रहेका आश्रितहरुलाई खाना खुवाएको हो ।

आश्रममा रहेका ४० भन्दा बढी महिला तथा बालबालिकालाई खाना खुवाईएको नेकपा माओवादी केन्द्र बुटवलका नगर अध्यक्ष महेन्द्र भुसालले जानकारी गराए ।
कार्यक्रममा बोलदे नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष ुदर्शन बरालले पार्टीले शुरु गरेको विशेष रुपान्तरण अभियानका क्रममा मानवीय सेवा गर्दै घरवारहिनिहरुलाई खाना खुवाइएको बताए । अध्यक्ष सुदर्शन बरालले तीज पर्वलाई खर्चिलो र भड्किलो बनाउन नहुने बताउंदै सांस्कृतिक रुपान्त्रण आवश्यक रहेको बताए ।

तीजलाई अधिकारको रुपमा मनाउंदै सांस्कृतिक रुपानत्रण गर्नुपर्ने र त्यसको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने उनको दावी छ ।
घरवारबिहिनहरुको अभिावकसमेत आफ्नो पार्टी बन्ने बताउंदै लुम्बिनी प्रदेशका पूर्व मन्त्रीसमेत रहेका अध्यक्ष बरालले भने – घरबार बिहिनहरुलाई संरक्षण गर्ने दायित्व सरकारको हो ।

उक्त कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश कोषाध्यक्ष निर्दोष वली, रुपन्देही अध्यक्ष नारायण जीसी, प्रदेश सचिवालय सदस्य रिज्जु श्रेष्ठ, बुटवल नगर समिति अध्यक्ष महेन्द्र भुसाल, वडा अध्यक्ष लालबहादुर थापा, स्वास्थ्य विभाग बुटवल नगर अध्यक्ष इन्द्र राइ, टिका थापा लगायतको उपस्थित रहेको थियो ।
रुपन्देहीको मणिग्राम पश्चिम पहुनीको आश्रममा १६० जना र बुटवल सुख्खानगर आश्रममा रहेका ४० जनालाई नेकपा माओवादी केन्द्रले तीजको अवसरमा दरको रुपमा खाना खुवाएको छ ।