राजमोको सदस्यता अभियान तीव्रता

शंकरप्रसाद पोखरेल

बुटवल, असोज १० गते । राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा सदस्यता अभियानलाई तीव्र रुपमा अगाडी बढाएको छ । पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने भन्दै सदस्यता अभियानलाई रुपन्देही जिल्लामा राष्ट्रिय जनमोर्चाले सदस्यता अभियान सञ्चालन गरेको हो ।

रुपन्देहीको कञ्चन गाउंपालिकामा बुधबार सदस्यता अभियानको सुरुवात गरिएको र अन्य गाउंपालिका र नगरपालिकामा सुरु भौसकेको राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसीले नयां दिशा अन्लाईनलाई बताए ।

 

लिलाराम खनालको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अथिती राजमो जिल्ला अध्यक्ष टानबहादुर केसी रहेका थिए। भने कार्यक्रममो विशिष्ट अथिती बामपंथी नेता तथा कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य थिए ।

राजमो जिल्ला नेता लालबहदुर क्षेत्री, हरि राहादी, मुल प्रवाह हैदरबादका चन्द्रबहादुर थापा, राजमो जिल्ला सदस्य तुलसिराम सर्मा लगायतले बोल्दै सदस्यता वितरण अभियानलाई निरनतरा दिनमा जोड दिए ।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष टानबहादुर केसीले ६८ वार्षिय कणदेबी थापालाइ राजमोको सदस्य दिएर कार्यक्रमको उद्घाटन गरेका थिए ।
राजमोले नरबहादुर थापाको अध्यक्षतामा सात सदस्यीय तीनकुने टोल समिति गठन गरेको बताएको छ ।