सरकारको चौतर्फी बिरोधपछि पेट्रोलियम पदार्थको मुल्यवृद्दि फिर्ता

बुटवल, असोज १४ गते । सरकारको चौतर्फी बिरोध भएपछि पेट्रोलियम पदार्थको मुल्यवृद्दि फिर्ता भएको छ । नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुने बताएको छ ।

देश, विदेशबाट सरकारको बिरोध हुनुका साथै सडक र सदनबाट पनि मुल्यवृद्दिको बिरोध हुने भएपछि सरकार बाध्यतामा परेर मुल्यवृद्दि फिर्ता भएको हो ।

पेट्रोलियम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुल्यवृद्दि फिर्ता लिन निर्देशन दिएपछि आइतबार राति १२ बजेदेखि लागु हुनेगरी मुल्यवृद्धि घटाइएको निगमले जनाएको छ । प्रधानमन्त्री प्रचण्डबाट निर्देशन भए बमोजिम स्वचालित मूल्य प्रणाली यथावत हुनेगरी हाल भएको मुल्य मुल्यवृद्दि स्थिरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मुल्यवृद्दि आइतबार राति १२ बजेदेखि लागु हुने गरी फिर्ता गरिएको नेपाल आयल निगमले निगमले जारी गरेको सूचनामा उल्लेख छ ।

शनिबार राति १२ बजेबाट लागु हुनेगरी आयल निगमले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । आइतबार बिहान आफूसँग सल्लाह नगरी इन्धनको मूल्यवृद्धि गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले आयल निगमसंग असन्तुष्टि जनाएका थिए ।