आचारसहिंता पालना र सुद्विकरणका लागि महासंघलाई सुझाव

श्यामलाल पोखरेल बुटवल, साउन १९ । आचारसहिंताको पालना गराउन र सदस्य सुद्विकरणका लागि रुपन्देहीका पत्रकारहरुले पत्रकार महासंघलाई सुझाव दिएका छन् । पत्रकार महासंघको गरिमा कायम राख्न आचारसंिहता पालना गर्नुपर्ने र सदस्यता सुद्विकरण गर्नुको विकल्प नभएको पत्रकारहरुको भनाइ छ । नेपाल पत्रकार महासंघ रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको आगमी कार्यदिशा विषयक छलफल कार्यक्रममा बोल्ने पत्रकारहरुले महासंघको भूमिका र कार्यशैली स्वतन्त्र हनुपर्ने बताए ।

पत्रकारहरुको पेशागत सुरक्षाप्रति महासंघका गतिविधिलाई प्रभावकारी बनाउन र मिडिया हाउसहरुमा आपतकालिन कोषा स्थापनाका लागि पहल गर्न महासंघलाई सुझाव दिए । श्रमजीवि पत्रकारहरका लागि न्यूनतम पारिश्रमिक निर्धारण समिमतिले तोकेको तलब पत्रकारहरुले पाए नपाएको अवस्था बुझ्न र कोरोना संक्रमणको अवस्थामा पत्रकारहरुको अवस्था के कस्तो छ भन्नेबारे बुझ्न मिडिया हाउसहरुमा अनुगमन गर्नसमेत पत्रकारहरुले महासंघलाई सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल प्रयोगमा भएको बेथिति रोक्नुपर्ने र त्यसका लागि महासंघलाई प्रभावकारी भूमिका खेलनसमेत सुझाव दिइएको छ । पत्रकार महासंघ रुपन्देहीमा रहेका विभिन्न पुरस्कारहरुलाई व्यववस्थित बनाउन आग्रह पत्रकारहरुको आग्रह छ । सो कार्यक्रममा बोल्दै पत्रकार महासंघ रुपनदेहीका पूर्व अध्यक्ष डाक्टर बालकृष्ण चापागाईले रुपन्देहीको पत्रकारिताको ईतिहांसलाइ पुनःलेखन गर्नुपर्ने बताउनुभयो ।

पूर्व अध्यक्ष तथा संविधान सभा सदस्य विनोद पहाडीले पत्रकारिता पेशालाई मर्यादित बनाउनु पर्ने र त्यसका लागि महासंघको भूमिका महत्वपूर्ण रहने बताए । पे्रस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले महासंलाई साझा बनाउन र पत्रकारितामा देखिएको कमजोरी पक्षलाई सुधारन महासंघलाई आग्रह गरे ।

महासंघ पूर्व अध्यक्ष हरि लम्सालले महासंघको मर्यादालाई कायम राख्नु पर्ने दायित्व महासंघ र सबै पत्रकारहरुको भएको बताउंदै कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावना रहेकाले त्यसप्रति सचेत हुंदै महासंघले पत्रकारहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए । अर्का पूर्वअध्यक्ष मोहन चापागाईले महासंघमा प्रतिनिधित्व गरेका पदाधिकारी र सदस्यहरुलाई आफ्नो काम गर्ने भूमिका र व्यवहारलाइृ स्वतन्त्र बनाउन सुझाव दिए ।

साना मिडियाहरुलाई जोगाउने विषयमा महासंघको भूमिका प्रभावकारी हुनुपर्ने बताउंदै पूर्वअध्यष चापगाईले भने साना मिडिया नचले प्रजातन्त्रको आत्म मर्छ, त्यसैले साना मिडियाहरु बचाउनुपर्छ । महासंघका पूर्व अध्यक्ष शेरबहादुर केसीले सामाजिक सञ्जाल प्रयोगमा पत्रकारहरुको बेथिति देखिएको बताउंदै सामाजिक सञ्जाललाई मर्यादित बनाउन आवश्यक रहेको बताए ।

महासंघका निःवर्तमान अध्यक्ष यानेन्द्र जीसीलेले पत्रकारितालाई मर्यादित र सम्मानित पेशा हो भन्ने गराउने विषयमा महासंघलाई गम्भीर बन्न सुझाव दिए ।कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष दिनेश पाण्डे, खिमानन्द भट्टराई, सल्लाहाकार नारायण सापकोटा, माधव नेपालले महासंघको मर्यादालाई कायम राख्नका लागि सुद्विकरण अभियान चलाउन र मुल्याकंनको आधारमा मात्र सदस्यता वितरण गर्न सुझाव दिए ।

त्यस्तै पत्रकार अमृत गिरी, रेखा भुसाल, श्यामलाल पोखरेल, टोपराज शर्मा, नरशे केसी, सोनु थापा, कमल रायमाझी, निरु गौतम, कल्पना तिवारी लगायतले बोलदै पेशागत मर्यादा र पत्रकारहरको हितमा महासंघको गतिविधिलाई अगाडी बढाउने गरी आगमी कार्यदिशा अगाडी बढाउन सुझाव दिएका छन् । महासंघका अध्यक्ष रामराज पोखरेलको अध्यक्षता, उपाध्यक्ष विश्वास ढकालको स्वागत,उपाध्यक्ष अमृता अनमोलको धन्यवबाद ज्ञापन र सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।