सिद्देश्वर महादेव तथा राधाकृष्ण मन्दिरमा महा आरती मेला

बुटवल, मंसिर ६ गते । रुपन्देहीको तिलोत्तमा २ मा रहेको सिद्देश्वर महादेव तथा राधाकृष्ण मन्दिरमा एक दिने महा आरती धार्मिक मेला लाग्ने भएको छ । अखण्ड दीप प्रज्ज्वलनसहित बिहीबार हरिबोधनी एकादशीका दिन महा आरती कार्यक्रम आयोजना गरिएको हो ।

गत असार १४ गते हरिशयनी एकादशीको अवसरमा शुरु गरिएको अखण्ड दीप प्रज्ज्वलन हरिबोधनी एकादशीमा वैदिक विधि अनुसार महा आरती विर्सजन गरिने कार्यक्रम रहेको छ ।
शन्त शिरोमणी लोकानन्द स्वामीको प्रमुख आतिथ्यतामा धार्मिक प्रवचन र अन्य विभिन्न धार्मिक कार्यक्रम गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खिलबहादुर पौडेलले जानकारी गराएका छन् ।
बिहीबार बिहान नित्य पुजाबाट शुरु हुने र शुक्रबार बिहान धार्मिक कार्यक्रमहरु समापन गरिने छ । सिद्देश्वर महादेव तथा राधाकृष्ण मन्दिरमा प्रायजसो वैदिक विधि अनुसार धार्मिक कार्यक्रम तथा प्रवचनहरु चलिरहेका हुन्छन् ।