दुध उत्पादनका लागि पशुपालक समूहसंग सम्झौता

बुटवल, भदौ ३ ।नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, बिकेन्द्रित आयोजना सहयोग इकाइ बुटबल र रुपन्देहीको तिलोत्तमा नगरपालिका सञ्चालित तृता पशुपालक समूहसंग दुध उत्पादनका लागि सम्झैता भएको छ । कृषि अन्तर्गत पशुपालन क्षेत्रमा काम गर्दै आएको आयोजना सहयोग बुटवल र तृता पशुपालक समूसंग आपसी सम्झौता भएको हो ।

ब्यवसायिक भैसिपालन उपआयोजना सन्चसलन गर्नेगरि आयोजना समन्वय प्रमुख डा.पुरुषोत्तम त्रिपाठी र प्रस्तावक तर्फबाट सन्चालक दिपशिखा घिमिरेबीच आयोजनाका परतिनिधिहरु र उपआयोजना प्रस्तावक संस्थाका पदाधिकारिहरुको रोहवरमा कार्यान्वयन संबन्धि दुइपक्षबीच संझौता भयो ।

एक कार्यक्रमबीच रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ मधौलियामा सञ्चालित तृशा पशुपालक समूहसंग रु २ करोडको लागतमा सञ्चालनमा ल्याइने स्वच्छ स्वस्थ दूध उत्पादनका लागि सम्झौता भएको छ । उपआयोजनामा कुल लागत २ करोड मध्ये रु ४० लाख प्रस्ताबक संस्थाको लगानि रु ६० लाख सिद्वार्थ बैकको ऋणलगानि र रु १ करोड नेपाल सरकार कृषि तथा पशुपन्छि बिकास मन्त्रालय मातहतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाबाट अनुदान प्रबाह गरिने छ ।

उपआयोजनाका कार्यहरु २०७९–०७–३० गते भित्र सम्पन्न गरिने र उपआयोजना सञ्चालनमा आएपछि ६० वटा उन्नत मुर्रा भैंसी पालन गरि दैनिक ६ सय लिटर दूध बजारमा उपलब्ध गराउने लक्ष्य रहेको पूर्व अनुगमन मुल्याकंन लोकराज भुसालले जानकारी गराए ।

सम्झौता अनुसार लगानीलाई सही ढंडले उपयोग गरी प्रतिफल देखाउने गरी काम गर्न आयोजना समन्वय प्रमुख डा.पुरुषोत्तम त्रिपाठीले आग्रह गरेका छन् ।सहमति तथा सम्झौता अनुसार वजेटलाई सही ठाउंमा प्रयोग गरेर व्यवहारमा देखाउने तृशा पशुपालक समूहका सञ्चालक दिपशिखा घिमिरेले प्रतिवद्दता जनाइकी छन् ।