सताब्दी आमा पार्वता खनालप्रति श्रदाञ्जली

बुटवल, पुस ७ गते । स्वतन्त्र नागरिक समूह नेपालले अर्घाखांची मालारानी गाउंपासिलका वडा नम्बर ४ लामिडांडा निवासी स्व. पार्वता खनालप्रति श्रदाञ्जली अर्पण गरेको छ ।
स्वतन्त्र नागरिक समूह नेपालका केन्द्रिय सदस्य माधव खनाल (मामा) को हजुरआमा पार्वता खनालको गत मंसिर २५ गते निधन भएको थियो । पार्वता खनालको निधन आफ्नै निवासमा भएको हो । सताब्दी आमा स्व. पार्वता खनालको उमेर १ सय वर्ष क्रस भएको थियो ।

स्वतन्त्र नागरिक समूह नेपालले स्व. सताब्दी आमा पार्वता खनालप्रति अर्घाखांचीको मालारानी लामिडांडा घरमै पुगेर शोकसभा आयोजना गरी श्रदाञ्जली अर्पण गरेको हो । समूहले स्वं आमाको एघारौं पूण्यतिथिमा श्रद्धाञ्जली सभा गरेको हो ।
श्रदाञ्जली सभामा स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैरे, महासचिव टोपबहादुर केसी र अधिवक्ता तथा नागरिक अगुवा पदमबहादुर कार्कीले श्रदाञ्जली व्यक्त गरेका थिए ।