राजतन्त्रको सम्वभ छैन – थापा

बुटवल, पुस २० गते । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा गुल्मी ईन्चार्ज सूर्य थापाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल नगरी वृद्धभत्ता खाएर बस्न आग्रह गरेका छन् ।
शुक्रबार नेकपा एमाले गुल्मी– रुपन्देही सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पूर्वराजालाई चलमल नगर्न चेतावनी दिएका हुन् ।

नेपालमा राजसंस्था फर्काउन सम्भव नभएको बताउंदै पूर्वराजाले नाती अघि सारेर राजतन्त्र फर्काउने दिवा सपना नदेख्दा हुन्छ भन्दै उनले भने राजतन्त्र फर्कने कुनै सम्भावना छैन । सपना नदेख्दा हुन्छ भने ।

उनले जनता लाटा छैनन जनताले राजतन्त्र अस्वीकार गरिसकेका छन् भन्दै शाहले भ्रमणका क्रममा नातिलाई पनि साथै लिएर गएको अवस्थामा राजावादीहरुले नातिलाई राजा बनाएर राजतन्त्र फर्काउने कुरा सम्भव नभएको बताए ।
एमालेले राष्ट्रिय सभामा सहभागिताका लागि सहकार्य गर्न तयार भएको तर अहिलेसम्म पार्टीमा अपौपचारिक निणर्य भने नभएको बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दिनेश पन्थी, एमालेका केन्द्रिय सदस्य राजेन्द्र अर्याल,केन्द्रीय सदस्य जंग नेपाली, प्रदेश कमिटि सदस्य फर्सु पाण्डे, एमाले गुल्मी अध्यक्ष बालसिङ काउछा, गोबिन्द गौतम, चक्रबन्दु भुसाल, गणेश खनाल लगायतले आआफ्ना भनाइ राखेका थिए ।

एमाले गुल्मी– रुपन्दही सम्पर्क मन्चका अध्यक्ष हेम थापाको अध्यक्षयता र सचिब चिरन अर्यालको सन्चालनमा कार्यक्रम भएको हो ।