व्यवसायको जन्मदाता हाटबजार – प्रदेश प्रमुख संघको अध्यक्षमा पोखरेल निर्वाचित

बुटवल, पुस २२ गते । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले व्यवसायको जन्मदाता हाटबजार भएको बताएका छन् । प्राचिनकालदेखि शुरु भएका नेपालका हाटबजारहरु अझै व्यवस्थित हुन नसक्नु दुख्द पक्ष भएको बताए ।

हाटबजार व्यवसायी संघ, रुपन्देहीको आइतबार बुटवलमा सम्पन्न १८ औं साधारण सभा तथा १० औं अधिवेशनको अवसरमा बोल्दै हाटबजार व्यवासाय मर्यादित र व्यवस्थित हुनुपर्नेमा जोड दिए ।
प्राचिनकालदेखि सञ्चालन हुंदै आएका हाटबजार व्यवस्थित गरी हाटबजरलाई कृषि र स्थानीय उत्पादनसंग जोड्नु पर्ने बताउंदै उनले भने – सानो लगानीबाट सञ्चालन भएका हाटबजारले जनतलाई प्रत्यक्ष सेवा दिएको बताउंदै हाटबजार व्यवस्थित गर्ने दायित्व स्थानीय सरकारको हो ।

उनले हाटबजार सञ्चालनका लागि कुनैपनि लेनदेन र सम्झौता नगरी अनुमती दिन स्थानीय सरकारका प्रहुखहरुलाई आग्रह गरेका छन् । गरिब जनताको भोटले चुनाब जितेका जनप्रतिनिधिले गरिब जनताको पक्षमा काम गर्नुपर्छ भन्दै स्थानीय सरकारले हाटबजारलाई व्यवस्थित बनाउनु पर्ने उनले बताए ।

जनतालाई दैनिक उपभोग्य वस्तु सस्तोमा उपलब्ध गराउन हाटबजारहरुलाई व्यवस्थित गरी सञ्चालनमा ध्यान दिन स्थानीय सरकारलाई प्रदेश प्रमुख शेरचनको आग्रह छ ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुटवलका हाटबजारहरुलाई व्यवस्थित बनाउन कार्यविधि बनाउने बताए । उनले हाटबजारमा खानेपानी, शौचालय र सरसफाईको उचित व्यवस्था हुनुपर्ने र त्यसका लागि उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्दता जनाए ।

बुटवल उपमहानगरपालिकाकी उपमेयर शावित्रादेवी अर्यालले हाटबजारलाई व्यवस्थित गरिने बताउंद हाटबजारमा मकै पोल्नदेखि जुत्ता सफा गर्ने र सडकमा गिट्टी कुट्नेका लागि वजेट विनियोजन गरिएको बताईन ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा संविधान सभा सदस्य बामदेव क्षेत्री, तत्कालिन बुटवल नगरपालिकाका मेयर पुनराम पोखरेल, एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जीसी, हाटबजार व्यवसायी संघ बुटवलकी उपाध्यक्ष शोभा पोखरेल लगायतले बोल्दै हाटबजारहरु व्यवस्थित गर्नुपर्ने र तयसका लागि खानेपानी, शौचालय, फोहोर व्यवस्थापनको उचित व्यवस्थापन हुनुपर्नेमा जोड दिएका छन् ।

उक्त कार्यक्रममा बोल्ने हाटबजार व्यवसायीले स्वरोजगारमूलक व्यवासय सञ्चालन गरेर राज्यलाई कर बुझाउंदै आएका व्यवसायीका माग सम्बोधन गर्न सरकारसंग माग गरेका छन् ।
त्यस अवसरमा पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी कृष्ण रणपाललाई सम्मान गरिएको छ । संघका अध्यक्ष टेकबहादुर जीसीको अध्यक्षता र महासचिव हुमाराम पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।
संघको अध्यक्षमा वर्तमान महासचिव हुमाराम पोखरेल सर्वसम्बत निर्वाचित भएका छन् ।