मानव कल्या मित्र मञ्चले बाड्यो बालवालिकालाई न्यानो कपडा

बुटवल, पुस २७ गते । मानव कल्या मित्र मञ्च नेपालले सिर्जनशी संस्था नेपालमा आश्रित बालवालिकालाई न्यानो कपडा वितरण गरेको छ । रुपन्देही तिलोत्तमा ९ मंगलापुरमा सञ्चालित बालआश्रममा आश्रित २१ जना बालवालिकालाई मित्र मञ्च नेपालले एक कार्यक्रमको आयोजना गरी न्यानो कपडा वितरण गरेको हो ।

महिला, बालवालिका उद्वार तथा कला, भाषा संसक्षणको क्षेत्रमा काम गर्दै आएको मानव कल्या मित्र मञ्च नेपाल सामाजिक क्षेत्रमा क्रियाशील छ । मित्र मञ्च नेपालले यस अघिपनि उक्त आश्रममा रहेका बालवालिकालाई आर्थिक, शैक्षिक समाग्री र कपडाहरु सहयोग गरेको थियो ।
मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बालवालिकालाई आवश्यक पर्ने शैक्षिक समाग्री, पोशाक र स्वास्थ्य उपचारका लागि सहयोग गर्ने बताए ।

मित्र मञ्च नेपालका संरक्षण पुरुषोत्तम भट्टराई, कोषाध्यक्ष शालिकराम गौत र सल्लाहाकार टेकबहादुर थापाले अभिभावक बिहिन बालवालिकालाई हरेक प्रकारले सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् ।

मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालको अध्यक्षता र सचिव तिर्थराज पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।
सिर्जनशील संस्था नेपाल सञ्चाचलक मिना कडेलले बालवालिकाहरुका लागि सबैको साथ सहयोग चाहिने भएकाले सहयोग गर्न आग्रह गरिन ।
बालवालिकाको क्षेत्रमा काम गर्दै आएको सिर्जनशील संस्था नेपालले २१ जना सडक बालवालिकालाई उद्वार गरी संरक्षण गरेको छ । रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मंगलबारपुरमा सञ्चालित संस्थाले बेवारिसे तथा सडक बालवालिकाहरुलाई अल्पकालिन आश्य दिंदै आएको छ ।

२०५४ सालदेखि सडक बालवालिकालाई आश्रय दिदैं आएको संस्थाले अहिलेसम्म २ सय २१ जना बालवालिकालाई अल्पकालिन आश्रय दिएको छ ।
बेवारिसे तथा सडकमा रहेका बालवालिकालाई संरक्षण गरी १८ वर्षसम्म पालन पोषण र शिक्षा दिने गरिएको संस्थाकी अध्यक्ष प्रतिमा शर्माले बताइन ।
आश्रम सञ्चालनका लागि कुनै फण्ट नभएको र सहयोगदाताको सहयोगले चलेको बताइन ।
सिर्जनशील संस्था नेपालले अहिले आठ जना बालवालिकालाई पढ्नका लागि विद्यालय पठाउने गरेको छ, भने १३ जना बालवालिकालाई संस्थामा नै शिक्षक राखेर पढाउने गरेको छ ।