सिद्वेश्वर महादेव तथा राधाकृष्ण मन्दिरको दशौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न -अध्यक्षमा खिलबहादुर पौडेल

बुटवल, पुस २७ गते । तिलोत्तमा २ तपाहमा रहेको सिद्वेश्वर महादेव तथा राधाकृष्ण मन्दिरको दशौं साधारण सभा तथा चौथो अधिवेशन भएको छ । शनिबार सम्पन्न भएको अधिवेशनबाट पुनः खिलबहादुर पौडेल अध्यक्ष रहेको नयां कार्यसमिति निर्वाचित भएको छ ।

जसको उपाध्यक्षमा कमला पन्थी, सचिव प्रेमप्रसाद भुसाल, सहसचिव हेमा थापा, कोषाध्यक्ष इश्वरी पोखरेल रहनु भएको छ । त्यस्तै सदस्यहरुमा दलबहादुर खड्का, चत्रुभुज गौतम, बिदुर केसी, नारायणप्रसाद पन्थी, यमुना न्यौपाने निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक लोकनाथ ज्ञवालीले जानकारी गराए ।

यस अघि भएको कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले परम्परादेखि धर्म, संस्कृति र संस्कारसंग जोडिएका मठमन्दिर संरक्षण गर्नुपर्ने बताए । उनले समाजलाई एकतावद्व बनाउन एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नुपर्ने बताउंदै मन्दिरको विकासका लागि सहयोग पुराउने प्रतिवद्वता जनाए ।

तिलोत्तमा वडा नम्बर २ का वडाध्यक्ष दिलबहादुर भट्टराईले धार्मिक परम्परा, संस्कार, संस्कृतिसंग जोडिएका नगरभित्रका मठमन्दिरहरु संरक्षण गर्नुपर्ने र त्यसका लागि सहयोग पुराउने प्रतिवद्वता जनाए ।

कार्यक्रममा तिलोत्तमा वडा नम्बर २ का पूर्व वडाध्यक्ष टंक तिवारी, नरबहादुर कार्की, कालिका अधिकारी, श्यामलाल खत्री, यदुनाथ पाण्डेय, इन्द्रमणी अर्याल, कमला घिमिरे, बसन्धरा पाण्डेय लगायतले बोल्नुभएको थियो ।

खिलबहादुर पौडेलको अध्यक्षता र सचिव प्रेमप्रसाद भुसालको सञ्चालनमा भएको कार्यक्रममा अध्यक्ष पौडेलले मन्दिरको वार्षिक कार्यप्रगतिको विवरण प्रस्तुत गरेका थिए । त्यस्तै इश्वरी पोखरेलले कोषाध्यक्षको प्रतिवेदन र लेखा प्रतिवेदन गोविन्द भुसालले प्रस्तुत गरेका थिए ।