संघीयता असफल – चित्रबहादुर केसी


राजमो बुटवलमा पदम श्रेष्ठ बुटवल । राष्ट्रिय जनमोर्चा बुटवलको दोस्रो सम्मेलनपछिको प्रथम भेला सम्पन्न भएको छ । अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा बुटवलको चादवारीमा भेला सम्पन्न भएको हो । उक्त भेलामा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यष चित्रबहादुर केसीले देशमा प्रतिगमनको खतरा कायमै रहेको बताए ।

सरकारको नेतृत्वबाट ओली हड्दैमा प्रतिगमन सकिएको भन्नै नमिल्ने बताउंदै राजनीतक रुपले प्रतिगमनप्रति सचेत हुनुको विकल्प नभएको अध्यक्ष केसीको भनाइ छ । प्रतिगमन तत्काल पराजित भए पनि राजनीतिक पार्टी र नेपाली जनताको उच्च सतर्कताले मात्र लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षता संस्थागन हुन सक्ने बताए ।
व्यवहारिक रुपमा संघीयता असफल सिद्व भैसकेको दावी गर्दै संघीयताबादी दलहरु नै संघीयताको बिपक्षमा रहेको अध्यक्ष केसीको तर्क छ । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता केसीले पार्टीको नीति निर्देशन र अनुशासन पालना गरेर पार्टीका कार्यक्रमहरुलाई अगाडी बढाउन निर्देशन गरे ।

पार्टीका बिरुद्व कम्युनिष्ट बिरोधी शक्तिहरुको चलखेल बढेको बताउंदै चित्रबहादुर केसीले भने पार्टीलाई जोगाएर जनताकोबीचमा जानका लागि पार्टीको नीति निर्देशन पालना गर्नु नेता तथा कार्यकर्ताको नैतिक दायित्व हो । भेलाले ११ पूर्ण चार वैकल्पिक र पाँच सल्लाहकारसहितको बुटवल उपमहानगरपालिका नगर समिति चयन गरेको छ ।
राष्ट्रिय जनमोर्चा बुटवलको दोस्रो सम्मेलनपछिको प्रथम भेलाले पदम श्रेष्ठ अध्यक्ष रहेको बुटवल नगर समिति गठन गरेको हो । नगर समितिको उपाध्यक्ष केपी पोखरेल, सचिव गंगालाल सापकोटा, सहसचिव गोपाल बन्जाडे र कोषाध्यक्ष मायां खनाल चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरूमा अमृता पुन, दिलप्रसाद नेपाली, दीपक थापा, गनिराम बिसी, गुनकुमारी रेश्मी र रेणुसिंह तथा वैकल्पिक सदस्यमा दीपक थापा, दिनेश पोखरेल, थानबहादुर पुन र शेरबहादुर थापा रहनुभएको छ ।
भेलाले तुल्सीराम शर्मा, टानबहादुर केसी,मुक्तिराम सापकोटा, कृष्ण केसी र रामप्रसाद पाण्डेलाई सल्लाहाकारमा चयन गरेको छ । कार्यक्रममा राजमो रुपन्देहीका अध्यक्ष बद्रे आलम, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष ढुण्डीराज शर्मा लगायतले बोलेका थिए । केपी पोृखरेलको अध्यक्षता र टानबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










