कोशीको भोट क्रसले गठबन्धन अन्यौलमा – डिला संग्रौला

बुटवल, माघ १५ गते । कांग्रेस नेतृ डा. डिला संग्रौलाले राष्ट्रियसभा निर्वाचनको समयमा कोशी प्रदेशमा भएको भोट क्रसिङले देशको राजनीति तरंगित भएको बताएकी छन् । कोशीमा भएको त्रुती सच्चाएर गठबन्धनलाई बलियो बनाउनु पर्ने उनको भनाइ छ ।

रिपोर्टर्स क्लव नेपाल, लुम्बिनी प्रदेशले सोमबार बुटवलमा गरेको साक्षात्कारमा बोल्दै कांगे्रस केन्द्रीयसमेत रहेकी डा. संग्रौलाले गठबन्धन ईमान्दारीपूर्वक अगाडि नबढे मूलुकमा ठूलो संकट आउन सक्ने बताइन ।

गठबन्धन जुन उद्देश्य र भावनाले अगाडी बढेको छ, सोही अनुसार अनुरुप व्यवहारमा कार्यान्वयन गर्न दलहरुलाई आग्रह गरिन् ।
‘यतिबेला गठबन्धनको सरकार रहेको छ भन्दै उनले भनिन् – गठबन्धनमा ईमान्दारीतापूर्ण काम नगरे संकटको अवस्था आउन सक्नेछ । कोशी प्रदेशमा भएको क्रस भोटले गठबन्धनमा केही अन्यौलता सिर्जना गरेको छ ।यसलाई दोहोरिन नदिने गरि काम गर्न जरुरी छ ।

सबै वडामा एकैपटक कांग्रेस, समुदायमा जाऔं जनताका कुरा सुनौ अभियानको शिलशिलामा जिल्ला अभियानमा रहेकी डा. संग्रौलाले देशको राजनीतिक अवस्थालाई सही मार्गमा ल्याउन कांग्रेसको बिकल्प नभएको दाबी गरिन् । उनले गठबनधनको सरकारले सोचे अनुसारको काम गर्न नसकेको बताउँदै यो अवस्थामा पनि काम गर्न नसके जनताले छुट नदिने चेतावनी दिइन . गठबन्धन सरकारको नेतृत्वले काम गर्न नसकी आलोचित बनिरहेको अवस्थामा कांग्रेस सरकारमा झुण्डीरहन आवश्यक नरहेको उनको तर्क छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालले कांग्रेसले अहिले सञ्चालन गरेको अभियान समयसापेक्ष रहेको दावी गर्दै घरघरमा कांग्रेस अभियान लिएर जाने बताए ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।