कपिलवस्तुको शिवराजमा राष्ट्रिय जनमोर्चाको वडा भेला

विनोदकुमार परियार
कपिलवस्तु, फाुगन १५ गते । राष्ट्रिय जनमोर्चा कपिलवस्तु शिवराज नगर पालिका वडा नं द्ध को बनकटि मा राष्ट्रिय जनमोर्चाको दोस्रो वडा भेला सम्पन्न भएको छ । पदमबहादुर जीसीको अध्यक्षता र राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केयरसिंह अदै उपस्थितिमा भेला सम्पन्न भएको हो ।

उक्त भेलामा बोल्दै सचिब अदैले राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा, संघीयता खारेजीको विषयमा प्रकाश पारेका थिए । उनले संघीयताले नेपालको अवस्था कमजोर बनाइ सकेको बताउंदै स्थानीय तहहरुलाई अधिकार सम्पन्न गराएर संघीयता समयमा नै खारेज गर्न नसके नेपालको अवस्था कमजोर हुने बताए ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु ओझेलमा परेको बताउंदै आफुलाई ठूला दल भन्न रुचाउने सत्तासिन दलहरुका कारण देशमा भ्रष्टाचार बढेको र राष्ट्रियता कमजोर भएको सचिव अदैले बताए ।

उक्त भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य रामबहादुर चमार, जातीय समता समाजका जिल्ला सदस्य मोहन विक, अखिल नेपाल महिला संघ शिवराज नगर समिति अध्यक्ष बेलाउता विकले बोलेका थिए ।

भेलाबाट मोहन जीसीको अध्यक्षतामा ९ सदस्यीय राष्ट्रिय जनमोर्चा वडा नम्बर ४ को वडा समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा मानबहादुर बोहरा, सचिब शकुन्तला जीसी, कोषाध्यक्ष वेलौता विक, सदस्यहरुमा पदमबहादुर जीसी, सुरज कुँवर, राजकुमार सुनार, हुसेन मुल्ला, वसन्त सुनार चयन गरिएको छ,
त्यस्तै सल्लाकारमा शोभा जीसीलाई चयन गरिएको छ । भेला पछिको बैठकले सदस्यता वितरण गर्ने, दुई महिनामा बैठक बस्ने, सुकुम्बासीहरुको काममा सहयोग गर्ने लगायतका निर्णय गरेको छ । नवनिर्वाचित समितिलाई रक्तिम सांस्कृतिक अभियान कपिलवस्तुका अध्यक्ष बेगम बुढाले बधाई दिएका थिए ।
मोहन जीसीको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।