गुल्मी– म्यालपोखरी रुपन्देही – सम्पर्क समाज गठन

प्रेमबहादुर थापा

बुटवल, चैत १७ गते । गुल्मीको मदाने पुर्कोट म्यालपोखरी रुपन्देही– सम्पर्क समाज गठन भएको छ । शनिबार बुटवलमा भेला आयोजना गरी सम्पर्क समाज गठन गरिएको हो । रुपन्देहीको बुटवल लगायतका विभिन्न ठाउंमा अस्थायी वा स्थायी रुपमा बसोवास गर्र्दै आएकाहरुले सम्पर्क समाज गठन गरेका हुन् ।

भेलाले गुल्मी पुर्कोट म्यालपोखरी रुपन्देही– सम्पर्क समाज समितिको अध्यक्षमा ताराप्रसाद भट्टराईलाई अध्यक्ष चयन गरेको छ । १५ सदस्य रहेको समिति गठन गरिएको छ ।
जसको उपाध्यक्षमा खिमा केसी, सचिब दामोदर पोखरेल, सहसचिब शूर्य सुनार र कोशाध्यक्ष बिष्णु प्रसाद भट्टराई रहेका छन् ।
त्यस्तै सदस्यहरुमा बैकुण्ठ भट्टराई, डिल्लीराज भट्टराई, सुस्मा पोखरेल, कमल पुरी गोमा पौडेल कुवर, मञ्जु केसी, माधव सेन, कमला खड्का, लक्ष्मी भट्टराई रहेका छन् ।
सम्पर्क समाजको सल्लाहकारमा, कमल थापा, राजेन्द्रप्रत्ताप सेन, हरि भट्टराई, रिता सेन, बसन्त भट्टराई, ऋषिराम भट्टराई रहेका छन् ।

ताराप्रसाद भट्टराईको अध्यक्षतामा र बसन्त भट्टराईको सन्चालनमा भएको भेलाले सम्पर्क समाज गठन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष ताराप्रसाद भट्टराईले भाइचाराको सम्बन्ध बढाउन र समाजमा एकताको सद्भाव कायम गर्ने गरी आपसी समझदारीमा गुल्मीको मदाने पुर्कोट म्यालपोखरी रुपन्देही– सम्पर्क समाज गठन गरिएको बताए ।