न्यौपानेले सभापतिमा उम्मेदवारी दिने घोषणा

 

 

तिलोत्तमा/नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशन सकिएलगत्तै पालिकाको निर्वाचनको सरगर्मी बढेको छ । कांग्रेसको पालिकाको निर्वाचनको लागि रुपन्देहीको तिलोत्तमा नगर सभापतिको लागि एकपछि अर्को गर्दै उम्मेवारी घोषणा गर्ने क्रम चलेको छ । सभापति पदको लागि हालसम्म तीन जानले उम्मेदारी दिने घोषणा गरेका छन् । नगर सभापतिको लागि नारायण न्यौपाने, बर्तमान सभापति हरिलाल पाण्डेय र हरि प्रसाद तिवारीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना नारायण न्यौपानेले नगरसभापतिको उम्मेद्वारी सार्वजनिक गरेका छन् । उनले आफूले संगठनलाई चलायमान बनाउन उम्मेद्वारी घोषणा गरेको बताए । उनले पार्टी भित्रको गुटबन्दीलाई अन्त्य गरि संगठनलाई अनुशासित रुपमा चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै उपसभापतिमा अशोक कुमार क्षेत्री र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्यायले पनि उम्मेद्वारी घोषणा गरेका हुन् ।
यस्तै नेपाली कांग्रेसका नेता हरिप्रसाद तिवारीले तिलोत्तमा नगरपालिकाको सभापतिमा उम्मेदवारी दिने बताएका छन् । तिवारी २०४८ सालमा ट्रेड युनियन कांग्रेस रुपन्देहीको जिल्ला सदस्य हुंदै राजनीति यात्रा सुरु गरेका हुन् । उता बर्तमान सभापति हरिलाल पाण्डेयले पनि सभापति पदमा पुन दोहोराउने घोषाण गरेका छन् । गृहमन्त्री एवं नेपाली काँग्रेस केन्द्रय सदस्य बालकृष्ण खाँणको गृह नगर भएका कारण तिलालेत्तमा चर्चामा रहेको छ ।