नेकपा एकीकृत समाजवादी निकट युवा संघको प्रदेश कमिटि गठन

बुटवल, भदौ २६ । नेकपा एकीकृत समाजवादी निकट युवा संघको लुम्बिनी प्रदेश भेला नेपालगञ्जमा सम्पन्न भएको छ । प्रदेशका १२ वटै जिल्लाका युवाहरुको सहभागितामा प्रदेशस्तरीय भेलाबाट नेतृत्व चयन गरिएको युवा संघ नेपालका सचिवालय सदस्य पे्रम बञ्जाडेले जानकारी गराएका छन् । किशोर थापा अध्यक्षता र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रमुख आतिथ्या र युवा संघ नेपालका अध्यक्ष नरेश शाहीको विशेष आतिथ्यामा भेला आयोजना गरिएको हो । भेलाले पे्रम बुढा अध्यक्ष रहेको २३ सदस्य प्रदशे कमिटि गठन गरेको छ । साथै जिल्ला संयोजकहरु चयन गरिएको छ । प्रदेश कमिटिको सचिवमा सार्दुल मयुर कसौधनलाइ चयन गरिएको छ । त्यस्तै जिल्ला संयोजकहरुमा बर्दिया रमेश रावल, बांके संयोजक राजु रुचाल, दाङ भिमबहादुर थापा, प्यूठान गिरबहादुर क्षेत्री, कपिलवस्तु विष्णु भट्टराईलाई र पश्चिम परासीमा मनिश आलेलाइ चयन गरिएको छ । बांकी रहेका अन्य जिल्लामा पछि संयोजक गठन गरी सबै जिल्लामा संगठन बिस्तार गर्ने बताइएको छ ।