मिलन कला केन्द्रमा तीज मिलन

बुटवल, भदौ १७ गते । मिलन कला केन्द्र बुटवलले तीज मिलन कार्यक्रम गरेको छ । तीज मिलन कार्यक्रमको आयोजना गरी मिलन कला केन्द्रले तीज प्रतियोगिता सम्पन्न गरेको छ । वार्षिक कार्यक्रमको रुपमा तीज मिलन कार्यक्रमका साथै प्रतियोगिता आयोजना गरिएको मिलन कला केन्द्रकी अध्यक्ष मिना बुढाथोकीले जानकारी गराइन ।

तीन तहमा वर्गिकरण गरेर तीज प्रतियोगिता आयोजना गरिएको थियो । बालवालिका तीज नृत्य प्रतियोगिता, युवा ग्रुप प्रतियोगिता र मम्मी गु्रपको प्रतियोगिता गरिएको हो ।
उक्त प्रतियोगितामा आयोजित बालवालिका तीज नृत्य प्रतियोगितामा गौरीका राना प्रथम, एलीजा जीसी दितिय र प्रसंसा पौडेल तृत्य भएकी छन् ।

युवा ग्रुपबाट सबरिना चौधरी प्रथम, सौजन्य कार्की दितिय र संस्कृतिक राना तृत्य स्थान हाहिल गर्न सफल भएकी छन् । त्यस्तै मम्मी ग्रुपमा भएको प्रतियोगितामा सारदा पाण्डेय प्रथम, रिना राना दितिय र डाक्टर तृष्णा श्रेष्ठ तृतीय हुन सफ भएकी छन् ।

कार्यक्रममा मिलन कला केन्दका कोषाध्यक्ष दाबा शेर्पालाई सम्मान गरिएको थियो । त्यस्तै अनुसासनको क्षेत्रबाट अब्बल कला केन्दकी बिद्यार्थी सबरिना चौधरिलाई पनि सम्मान गरिएको कार्यक्रम संयोजक सृष्टि पुनले जानकारी गराइन ।
उक्त कार्यक्रममा बोल्दै कार्यक्रम प्रमुख बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले तीज पर्वलाई भड्किलो बनाउन नहुने बताउंदै आफ्नो संस्कार अनुसार मनाउनु पर्ने बताइन ।
मिलन कला केन्द्रले हाम्रो संस्कार र संस्कृति संरक्षणका लागि कलाकारिताको क्षेत्रबाट महत्वपूर्ण योगदान पुराएको भन्दै मेला पर्वमा भित्रिएका विृकतिलाई कसैले पनि महत्व दिन नहुने बताइन ।
कार्यक्रममा डा. ज्योती भाट, डा. तृष्णा श्रेष्ठ, कादम्बरी थापा, सौगात सायर, सुन्दर गुरुगं, दाबा शर्मा, बिद्यार्थी शारदा पाण्डेय लगायतले आआफ्ना भनाइ राखेका थिए ।
मिलन कला केन्द्रकी अध्यक्ष मिना बुढाथोकीको अध्यक्षता, सृष्टि पुनको स्वागत र दिलकुमारी उपाध्यायको सञ्चालनमा कार्यक्रम भएको थियो ।
सामाजिक उत्तरदायित्व अन्तरगत काम गर्दै आएको मिलन कला केन्द्रले तीजपछि अगत्तै निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने निर्याण भएको अध्यक्ष मिना बुढाथोकीले जानकारी गराइन ।