ट्राफिक प्रहरी र सडकप्रति अटो चालकहरु आक्रोशित

बुटवल, असोज ११ । गुल्मी तम्घासकी कुमारी थापाले बुटवलमा अटो रिक्सा चलाउन थालेको चार वर्षभयो । ३५ वर्षिय कुमारी थापाले रिक्सा चलाएर चारजना परिवारको जीविका चलाउंदै आएकी छन् । रहरले नभएर बाध्यताले अटो रिक्सा किनेर उनले चलाउन थालेकी हुन् । बिहानदेखि सांझ अबेरसम्म रिक्सा चलाउने उनको दैनिकी बनेको छ ।
लकडाउनका कारण रिक्सा चलाएर जीविका चलाउन धौधौ हुंदा पनि कुमारी थापाले आफ्नो पेशाप्रति प्रतिवद्व छन् । किनकी उनको जीविका चलाउने अर्को पेशा व्यवसाय केही छैन । अर्को सवारी नपाएको दिन रितो हात घर फर्केको बताउने उनमा निराश छैन ।
ट्राफिक प्रहरीले सडकमा चलाउन नदिने र चर्को जरिवाना तिर्दा कमाइ भन्दा खर्च बढी हुने गरेको गुनासो गर्छन शिव पौडेल । दर्ता नगरेका रिक्साहरुसंग प्रतिष्पर्दा गर्नुपर्दा र ट्राफिक प्रहरीले जथाभावी गर्ने जरिवानाबाट समस्या झेल्नु परेको गुनासो छ, रिक्सा चालकहरुको । हुंदा खादाको भारतको जागरि छाडेर ६ महिना अघिदेखि बुटवलमा रिक्सा चलाउंदै आएको तिलोत्तमा २ का शिव पौडेलले दुख्ख गरेर दैनिक हजार बाह् सय कमाउने गरेका छन् ।
टो रिक्साबाट हुने सानो कमाइबाट सन्तुष्ट छन् शिव पौडेल । त्यस्तै पाल्पा छहराका विष्णु कुवंरले बुटवलमा अटो रिक्सा चलाउन थालेको ३ वर्षभयो । अटो रिक्साको भरमा ६ जनाको परिवार पाल्दै आएका विष्णु कुंवर अस्वस्थ्य प्रतिष्पर्दा, मुख्य सडकमा चलाउन नपाइनु, भत्किएका सडक र त्यसैमाथि ट्राफिक प्रहरीको व्यवहारले समस्या पारेको बताउछन् । स्वरोजगार बन्नका लागि आफै रिक्सा किनेर चलाउन लागेका बुटवल क्षेत्रका अधिकांस अटो रिक्सा व्यवसायी तथा चालकहरुले सडक र ट्राफिक प्रहरीलाई दोष दिने गरेका छन् ।
स्वरोजगार पेशामा लागेका रिक्सा व्यवसायी तथा चालकहरु ट्राफिक प्रहरीहरुको व्यवहार र बुटवलका सडकदेखि दिक्कछन् । चोकचोकमा रहेका ट्राफिक प्रहरीको आंखा ट्राफिक व्यवस्थापनमा भन्दा अटो रिक्सामा लाग्ने गरेको रिक्सा चालकहरुको गुनासो छ ।