संघीयताका कारण गणतन्त्र र राष्ट्रियता धरापमा

बुटवल, राष्ट्रिय जनमोर्चाले राष्ट्रियता, गणतन्त्रको रक्षा गरौं संघीयता खारेज गरौ भन्ने नाराका साथ देशब्यापी कार्यक्रम सञ्चालन गरेको छ ।
पछिल्लो समयमा नेपालमा खरो रुपमा एमसीसी परियोजनाको बिरोधमा उत्रिएको राष्ट्रिय जनमोर्चाले देशका प्रमुख शहरमा सभाहरु र गाउंकेन्द्रिय सांगठनिक कार्यक्रमहरु सञ्चालन गरेको छ ।
सोही देशब्यापी सञ्चालन गरिएको कार्यक्रम अनुसार राष्ट्रिय जनमोर्चा दाङ लमही नगर समितिको आयोजनामा लमहीमा सभाको आयोजना गरेको छ ।
सोही सभामा बोल्दे राष्ट्रिय जनमोर्चाका दाङका अध्यक्ष तथा केन्द्रिय सदस्य गणेश आचार्यले संघीयताका कारण राष्ट्रियता र गणतन्त्र धरामपमा परेको बताएका छन् ।
नेपालमा संघीयता नेपाली जनताको माग र चाहान नभएको बताउंदै संघीयता नेपालको हकमा फेल भैसकेको अध्यक्ष आचार्यको दावी छ ।
उनले नेपालमा गणतन्त्र स्थापना भएपछि त्यसलाइ समाप्त पार्न र अस्थिरता कायम गरि नेपालको राष्ट्रियता, स्वाधिनता र अखण्डता समाप्त पार्न नेपालमा संघीयता भित्रीएको बताए ।
अहिले गणतन्त्रको रक्षाको जिम्मेवारी पाएकाहरु नै त्यसको बदनाम गर्न तल्लीन भएको उल्लेख गर्दै उनीहरुकै कार्यसैलिका कारण जनतामा गणतन्त्रप्रति वितृष्णा पैदा भएको बताउंदै उनले भने – त्यसैले त्यो कार्यसैलीको बिरोध र भन्डाफोर गर्दै गणतन्त्रको रक्षा गर्नुको विकल्प छैन ।
एमसीसी सम्झौता नेपालीको लागि होइन नेपालको अस्मिता समाप्त पार्न आएको बताउदै त्यसको एमसीसी खारेजी गर्नुको अर्को कुनै विकल्प नभएको बताए ।
राष्ट्रिय जनमोर्चा लमही नगर समिती अध्यक्ष हरि थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य पदम गोराथोकी, अखिल नेपाल महिला संघ लमही नगर अध्यक्ष बसन्ता खनालले बोल्दै संघीयता र एमसीसीले नेपालको राष्ट्रियता र गण्णतन्त्र झनै खतरामा पर्ने बताए ।
नगर सचिब लेखराज आचार्यको सहजीकरणका कार्यक्रम भएको थियो ।