देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज नयाँ वर्षको पहिलो दिन कोशी प्रदेश, मधेस प्रदेश र देशका पहाडी भू भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भू भागमा आंशिक बदली रहनेछ।

कोशी प्रदेश, मधेस प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागका थोरै स्थानहरू र बाँकी भू भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।