उद्योग संघमा फर्निचर वस्तुगत समिति गठन
थापाको संयोजकत्वमा ७ सदस्यीय समिति



बुटवल, पौष ८ l
रुपन्देही उद्योग संघमा आवद्ध फर्निचर उद्योगीहरुको भेलाले बिहीबार फर्निचर वस्तुगत समिति गठन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष माधव प्रसाद पौडेलले उद्योगीहरुको समस्याको पहिचान गर्ने र त्यसको समाधानका लागि पहल गर्ने थलोका रुपमा बस्तुगत समिति भएको हुँदा त्यसलाई क्रियाशिल बनाउन आग्रह गर्नु भयो । उहाँले संघको संस्थागत विकासमा बस्तुगत समितिहरुको सक्रियता र सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने हुँदा नियमित छलफल गरी कार्यक्रमहरु बनाउन सुझाव दिनुभयो ।
भेलाको अध्यक्षता गर्दै संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले व्यवसायिक समस्याहरुको पहिचानका लागि सदस्य उद्योगीहरु आफै सक्रिय भएर लाग्नु जरुरी भएको बताउँदै बस्तुगत समिति संघको पिलरका रुपमा खडा हुनु पर्ने धारणा राख्नु भयो ।
संघका द्वितिय उपाध्य्रक्ष जिवकान्त काफ्लेले फर्निचर क्षेत्रमा नियमपूर्वक काम गरेका व्यवसायीहरु नै मर्कामा परेको उल्लेख गर्दै भारतीय झोले मिस्त्री र मजदुरहरु सधै हाम्रा लागि टाउँको दुखाई भएको हुँदा त्यसको समाधानका लागि सबै व्यवसायीहरु एकजुट हुनु पर्ने बताउनु भयो ।

संघका महासचिव हरि बहादुर खत्रीले क्षेत्रगत समस्याहरुको पहिचान गरी त्यसको समाधानका लागि सामुहिक पहल गरी संघमा लिएर आउन आह्वान गर्दै त्यसको समाधानका लागि आफुहरु सधै लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
वस्तुगत समिति गठन कार्यक्रमका संयोजक एवं संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षता, महासचिव हरि बहादुर खत्रीको सञ्चालन तथा द्वितिय उपाध्यक्ष जिवकान्त काफ्लेको धन्यवाद ज्ञापनमा सम्पन्न उद्योगीहरुको भेलाले कुमार फर्निचर उ्रद्योगका राज कुमार थापाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।
गठित समितिको सहसंयोजकमा पौडेल स्टिल फर्निचर उद्योगका केशव पौडेल, घिमिरे फर्निचर उद्योगका निरज तिवारी सचिवमा र सदस्यहरुमा रक्षा फर्निचर उद्योगका राजाराम बि.क., जेशन स्टिल तथा काष्ठ फर्निचर उद्योगका बिनोद बि.क., बालकृष्ण फर्निचर उद्योगका भोजराज पाण्डे, श्रीगणेश फर्निचर उद्योगका अग्नी कुमार अग्रहरी चयन हुनु भएको छ ।
भेलाले समितिको सल्लाहकारहरुमा संघका अध्यक्ष माधब प्रसाद पौडेल, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, द्वितीय उपाध्यक्ष जिवकान्त काफ्ले, महासचिव हरि बहादुर खत्री, सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली, कार्यसमिति सदस्य अशोक कुँवर, बलबहादुर गोदार र नेत्र रुचाललाई चयन गरेको छ ।
कार्यक्रममा संघका महिला सचिव मञ्जु भुसाल, सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली, संघका कार्यसमिति सदस्य बलबहादुर गोदार, संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी र विभिन्न फर्निचर उद्योगीहरुको उपस्थिति रहेको थियो ।










![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










