प्यूठानमा जन्ती बस दुर्घटना हुंदा आठ जनाको मृत्यु
सिङो गाउं शोकमा

बुटवल,माघ२२गते। प्यूठानको गौमुखि गाउंपालिकामा बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घटना हुंदा ८ जनाको मृत्यु भएको छ। नौबहिनी गाउंपालिकाको लुङ बाहानेबाट बेहुली लिएर गौमुखी गाउंपालिकाको लिवाङ जांदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा शनिबार बिहान ३ वजेको समयमा दुर्घटनामा परेको स्थानीयले बताएका छन्।

जीप सडकदेखि अनुमानित ३ सय मिटर तल खोल्सामा खसेको थियो।दुर्घटनामा परि एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा गौमुखी गाउंपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उहांकी श्रीमती ३९ वर्षिय वसन्ती खड्का र बसन्त र बसन्ती खड्काकी ११ वर्षीया छोरी एलिसा खड्का रहेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले जानकारी गराए।त्यस्तै जीप चालक ५० वर्षीय बलबहादुर बुढा मगर,२९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खिम खत्री, ५० वर्षीया नन्दी खड्का र नौबहिनी गाउंपालिका ६ लुङकी १८ वर्षीया विपना जीसीको मृत्यु भएको छ। स्थानीय बरुणध्वज मल्लाका अनुसार दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जीसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया सावित्रा जीसी घाइते भएका छन्।बेहुलीको एउटा हात चुडिएको र गम्भीर घाइते बेहुलीसहित तीन जनालाई बुटवल रेफर गरिएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । बेहुला दानबहादुर खड्का र सावित्रा जीसीको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्रहरीले बताएको छ।प्यूठान प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार घटनास्थल विकट भएको र रातीको समय भएकाले मानवीय क्षति बढी भएको बताए।। गौमुखि गाउंपालिकाका अध्यक्ष विष्णु गिरीले पानी परेको अवस्था र रातीको समयमा दुर्घटना भएकाले उद्वारमा ढिलाई हुंदा धेरै जनाले ज्यान गुमाउनु परेको बताए।। जन्ती गएकाहरू दुर्घटनामा परेपछि प्यूठानको गौमुखि गाउंपालिकाको लिवाङ गाउं शोकमा परेको छ । दिउंसोदेखि रातभर परिरहेको पानीका कारण बाटो चिप्लो भएकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।उक्त दुख्द घटनाप्रति प्यूठानमा क्रियाशील राजनीतिक दल,प्यूठानबाट प्रतिनिधिसभामा निर्वाचित सांसद दुर्गा पौडेल,प्यूठान रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष श्यामलाल पोखरेल लगायत विभिन्न सामाजिक संघसंस्थाहरुले विज्ञप्ती निकाली शोक व्यक्त गरेका छन् ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










