संवैधानिक र कानुनी प्रक्रियाबाट सरकार गठन गर्नुपर्छ – अमिक शेरचन

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष भयो – निवार्चन आयुक्त

बुटवल, पुस २ गते । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संवैधानिक र कानुनी प्रक्रिया भित्र रहेर सरकार गठन गर्न दलहरुलाई सुझाव दिएका छन् । संवैधानिक र कानुनी प्रक्रियाबाट नै सरकार गठन हुने उने बताए ।
लुम्बिनी प्रदेशको निर्वाचन परिणामको प्रतिवेदन बुझाउनका लागि निर्वाचन आयोगले शनिबार प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरेकोे कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले भने – सहज तरिकाले निर्वाचनमा मतदान भयो   । नेपालको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था संसारकै उत्कृष्ट व्यवस्था भएको बताए ।
उनले निर्वाचनबाट जनताले आफ्नो मतप्रकट गरेर मुलुकको व्यवस्थाको पुष्टि गरेर देखाएको उनको तर्क छ ।
निर्वाचन आयोगले मतपरिणामको प्रतिवेदन बुझाउने कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्रीहरु नआएकोप्रति खल्लो लागेको बताए ।
विशेष कामले गर्दा मुख्यमन्त्रीले आउन नसक्ने आफुलाई जानकारी गराएको बताउंदै कार्यक्रममा मन्त्रीहरु नआएकोप्रति आपत्ती जनाए ।
लुम्बिनी प्रदेशको निर्वाचन परिणामको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउंदै निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको दावी गरेका छन् ।
निर्वाचन सम्पन्न गर्न सबैको साथ सहयोग मिलेको उल्लेख गर्दै मिडिया र सुरक्षाकर्मीबाट ठुलो साथ सहयोग मिलेको निर्वाचन आयुक्त भण्डारीले बताए ।छिटफुट घटनाबाहेक निर्वाचन सहज रुपमा सम्पन्न भएको उनले बताए ।
उनले निर्वाचन स्वच्छ, शान्तिपूर्ण, निष्पक्ष र भयरहित रुपमा सम्पन्न भएको दोहोराउदै भने –सबै क्षेत्रको साथ सहयोगले निर्वाचन हसज सम्पन्न भएको हो ।
विगतका निर्वाचन भन्दा अहिलेको निर्वाचन तुलनात्मक रुपमा शान्तिपूर्ण र निष्पक्ष भयो ।