नेपालीको पहिचान झल्काउने टोपी दिवस

बुटवल, पुस १७ गते । आज अन्तर्र्रािष्ट्रय नेपाली टोपी दिवस । हाम्रो शान, हाम्रो पहिचान भन्ने अभियानका साथ आज टोपी दिव मनाईदै छ । टोपीको महत्व दर्शाउन र प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम गरिदै छ ।
आज अन्तर्राष्ट्रिय टोपी दिवस र अंग्रेजी नयांवर्ष परेको छ । पछिल्ला वर्षहरुमा टोपी दिवस मनाउन थालिएपछि यस क्षेत्रमा ढाका टोपीको व्यापारसमेत बढ्ने गरेको व्यवसायीले बताएका छन् ।
पाल्पाली ढाकाटोपीको माग अझै बढी हुने गरेको व्यवासायी बताउछन् । नेपाली ढाका टोपीले नेपालको राष्ट्रियता झल्काउने भएकाले राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउन भन्दै युवायुवतीलेसमेत टोपी लगाएका तश्विरहरु सार्वजनिक गरेका छन् । आज सबैले आफ्ना सामाजिक सञ्जालहरुमा टोपी लगाएका तस्विरहरु राखेका छन् ।
पश्चिमा संस्कृती बढिरहेको समयमा नेपालीको आफ्नै मौलिकता हराउदै गएको समयमा टोपी दिवसले आफ्नो पहिचान सम्झाएको छ ।
नेपालमा अधिकासश ५० बर्ष नाघेका व्यक्तिहरुको लागी टोपी अनिवार्य जस्तै भएपनि युवा पुस्ताहरुले भने शिरमा टोपी लगाउने परम्परालाई भुल्दै गएको अवस्थामा मनाउन थालिएको टोपी दिवसले नेपाली टोपी सबै उमेर र समुहका व्यक्तिलाई मन पराउन थालेका छन् ।