लुम्बिनीका बन मन्त्रीको राजीनामा, स्वीकृत हुन बांकी

बुटवल, भदौ २५ गते । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । मंगलबार मुख्यमन्त्री चेतनारायण समक्ष राजीनामा दिएका हुन् ।

उनको राजीनामा भने स्वीकृत हुन बाँकी रहेको मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरेले जानकारी गराएका छन् । कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको थियो । मन्त्री बादशाहलाइ निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ । मन्त्री बादशाहको ठगी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

बादशाहकै संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको पारिवारिक स्रोतको दाबी छ । एकल महिला रहेकी निर्मलाको सम्पत्ती हत्याउन बादशाहको संलग्नतामा उनलाई अपहरण गरी बेपत्ता पारेको आरोप छ ।