राससको स्थापना दिवसमा आचारसंहिता र सञ्चार विषयक अन्तरक्रिया


बुटवल, फागुन ६ गते । ६५ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय समाचार समितिले बुटवलमा आचारसंहिता र सञ्चार विषयक अन्तरक्रिया गरेको छ । निर्वाचनको मुखमा रासस लुम्बिनी प्रदेश कार्यालय बुटवलले निर्वाचनमा केन्द्रित रहेर मंगलबार अन्तरक्रिया आयोजना गरेको हो । निर्वाचनका आयोगका अधिकृत, राससकर्मी, पत्रकार र कानुनका विद्यार्थीको सहभागितामा अन्तरक्रिया गरिएको हो ।

सोही कार्यक्रममा बोल्ने सहभागीहरुले निर्वाचनलाई निष्पक्ष, धादलिरहित बनाउन मिडियाको भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् । उनीहरुले निर्वाचन आचारसहिंता उलंघन गर्नेलाई मिडिया कारवाही गर्ने निकाय नभएपनि खवरदारी गर्ने सर्वोच्च निकाय भएकाले मिडियाको भूमिका अहम रहने बताए ।
कार्यक्रममा प्रतिनिधि सभा निर्वाचन रुपन्देही निर्वाचन क्षेत्र न. २, का निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले निर्वाचन आचारसहिंताको विषयमा कार्यपत्र प्रस्तुत गर्दै निर्वाचनलाई भएरहित रुपमा सम्पन्न गर्ने जिम्मेवारी र कर्तव्य सबैको रहेको बताए । निर्वाचनको बेला मिडिया र मिडियाकर्मीलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्दै राजनीतिक दल र उम्मेदवारबीच समान प्रतिस्पर्धाको वातावरण बनाउन आचारसंहिताको पूर्णपालना गर्नुको विकल्प नभएको बताए ।

निर्वाचन आयोग ऐन २०७३ अनुसार निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणका लागि आचारसंहिता बनाइएको बताउंदै निर्वाचन अधिकृत न्यौपानेले भने आचारसहिंता ख्याल गरेर निर्वाचनका गतिविधि सञ्चालन गर्न राजनीतिक दलहरुलाई आग्रह गरे ।
निर्वाचनको बेला कसैको चरित्र हत्या गरी प्रचारप्रसार गर्न नहुने, प्रचार प्रसारमा बालबालिकाको प्रयोग गर्न नहुने, निर्वाचन अघि मत सर्वेक्षण गर्न नहुने, सार्वजनिक आवागमनमा अवरोध गर्न नहुने, निर्वाचनको निष्पक्षतामा प्रतिकुल प्रभाव पार्न नहुने र सामाजिक सञ्जाल मार्फत भ्रामक सूचना प्रकाशन गर्न नपाइने बताए ।
उनले राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम राख्नुपर्ने बताउंदै रेडियो, टेलिसभजन, पत्रपत्रिका, अनलाइन सञ्चारमाध्यमको प्रयोग गरी प्रचारप्रसार गर्दा आचारसंहिताले तोकेको मापदण्ड पुर्णरुपले पालना गर्न गर्न आग्रह गरेका छन् । आचारसहिंता पालना नगरे कानुन बमोजिम कारवाही हुने भएकाले बताउंदै प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार प्रसारका लागि उम्मेदवारले अनिवार्य बैंक खाता खोल्नुपर्ने बताए ।
राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले राससको गौरवपूर्ण ईतिहांसलाई कायम राख्नु पर्ने बताउंदै यसको निष्पक्षता र बिश्वसनीयताले नेपाली पत्रकारितालाई उचो बनाएको बताए । आगमी फागुन २१ मा हुने निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सबै पक्षको भएकाको बताउंदै मिडिया जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
राष्ट्रिय समाचार समिति लुम्बिनी प्रदेश कार्यालय प्रमुख भरत केसीले राससलेले पनि निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघको आचारसंहिता पालना गरेको र निर्वाचनको बेला प्रभावकारी भूमिका खेल्ने बताए ।
नेपाल पत्रकार महासंङ्घका केन्द्रीय सदस्य रामराज पोखरेलले सामाजिक सञ्जालका सूचनालाई आधिकारिक मान्न नहुने बताउंदै सामाजिक सञ्जालको भर नर्पन आममतदातालाई आग्रह गरे । निर्वाचन आचारसिंहता उलंघन गर्न कसैलाई छुन नभएको बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले निर्वाचनलाई मर्यादित र निष्पक्ष बनाउन आचारसहिंता पालना गर्नुपर्ने र आचारसहिंता पालाना गराउने विषयमा मिडियाले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
अन्तरक्रियामा सहभागी लुम्बिनी बौद्ध विश्वबिद्यालय बिएएलएलबी अध्ययनरत बिद्यार्थी प्रमिशा घिंमिरेले निर्वाचन आयोगले आचारसंहिता बनाउने तर आचारसंिहता उलंघन गर्नेलाई कारवाही गर्न नसक्नु के कारण हो भन्दे प्रश्न निर्वाचन आयोगप्रति प्रश्न गरेकी थिइन ।
रासस लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख भरत केसीको अध्यषता र राससकर्मी छायां पन्तको सञ्चालनमा भएको अन्तरक्रियामा कानून बिषयमा अध्ययनरत सदिक्षा थापा, निश्चल भट्राइ लगायतले निर्वाचन आचारसहिंताबारे आआफ्ना धारण राखेका थिए ।























