रुपन्देही २ मा चार दलको प्रतिष्पर्दा, साना भन्नेको आआफ्नै दावी

बुटवल, फागुन ६ गते । निर्वाचनमा होमिएका राजनीतिक दलहरुले रुपन्देहीमा सक्रियता बढाएका छन् । पांच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा दलहरु घरदैलो अभियानमा जुटेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन जित्नका लागि सबै दलले चुनावी कार्यक्रमहरुलाई तीव्रता साथ अगाडि बढाउंदै घरदैलोमा पुगेर मतदातालाई फकाउन व्यस्त छन् ।

नेपाली कांगे्रस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, रास्वपा, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमुक्तिसहित विभिन्न पार्टी र स्वतन्त्र समूहरुले चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

निर्वाचन आयोगको निर्वाचन तालिका अनुसार पनि दलहरु घरदैलोमा केन्द्रित भएका छन् । प्रचार प्रसारका विभिन्न माध्यमबाट दलहरुले मतदातासंग मत माग्नका लागि प्रतिष्पर्दामा उत्रेका छन् ।

रुपन्देहीको हकमा अन्य क्षेत्रमा भन्दा क्षेत्र नम्बर २ लाई विशेष गरी दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निरन्तर रुपमा जित्दै आएको क्षेत्र हो रुपन्देही २ नम्बर क्षेत्र । यो क्षेत्रको निर्वाचन जित्नका लागि चुनाव जित्दै आएको एमाले, कांगे्रस, नेपाली कम्युनिष्ट पार्टी र रास्वपाले विशेष प्रतिष्ठाको विषय बनाएर प्रतिष्पर्दामा लागेका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडल, नेपाली कांगे्रसका चुन्नुप्रसाद पौडेल शर्मा, नेपाली कम्युनिष्ट पार्टीका सुवास पाण्डे विश्वदीप र रास्वपाका शुलभ खरेल चुनावी मैदानमा छन् ।

आर्थिक र सांस्कृतिक केन्द्रको रुपमा विकास हुंदै गएको विकसति क्षेत्र भएको र लामो समयसम्म एमालेले चुनाव जित्दै आएकाले यो क्षेत्रमा एमाले फेरी पनि चुनाव जसरी पनि जितेर आफ्नो प्रतिष्ठा कायम राख्नुपर्छ भन्ने अठोटका साथ चुनावी अभियानमा लागेको छ ।

कांगे्रसले संगठन मजबुत हुंदा पनि कहिले चुनाव हार्ने र कहिले गठबन्ध हुंदा छोड्नु परेकाले अहिले जसरी पनि जित्नुपर्छ भन्ने अठोटका साथ घरदैलो अभियानलाइृ तीव्रता दिएको छ । यो चुनावमा आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्नुपरेकोमा कांगे्रसका केही स्थानीय नेता तथा कार्यक्राताले आफुहरु खुशी भएको बताएका छन् ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टी पनि आफुहरु नयां बनेर आएकाले जसरी पनि चुनाव जित्नु पर्छ भन्ने अभियानका साथ चुनावी अभियानलाई घरदैलामा केन्द्रिद छ । नेपाली कम्युनिष्ट पार्टीले आफ्नो पुरानै आधार भएको र अहिले केयौ पार्टीहरु मिलेकाले निर्वाचन जितेन दावी गरेको छ ।

यता रास्वपा सबै भन्दा आफुलाइ नयां पार्टीको रुपमा चित्रण गर्दै रुपन्देहीलाइृ प्रतिष्ठाको विषय बनाएर चुनावी अभियानलाई सशक्त बनाएको छ । रास्वपाका नेता तथा कार्यकर्ता निर्वाचन जतिन्छि भन्ने विषयमा आफुहरु ढुक्क रहेको कार्यकर्ता यमला भट्राईले बताए ।

अन्य दलहरुले पनि आआफ्नो ढंगले मतदाताको भरदैलोमा पुगेर आफ्ना घोणापत्र दिने र मतलातासंग मत माग्ने कामलाई तीव्रता दिएको देखिन्छ ।
लुम्बिनी प्रदेशमै रुपन्देहीको २ नम्बर क्षेत्र प्रतिष्ठाको विषय बनेकाले कडा प्रतिष्पर्दा हुने र यसैले जित्छ भन्न नसकिने अवस्था देखिएपनि संगठनको आधार एमालेको बलियो भएकाले विष्णु पौडेलको जित्ने सम्भावना अली बढी रहेको रुपन्देहीका पुराना वामपन्थी नेता विनबहादुर कुवंरले बताए ।

निरन्तर चुनाव जित्दै आएका पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा क्षेत्र नम्बर २ मा जान थालेको बेला यस क्षेत्रका नेता र कार्यकर्ताले पार्टीमा दवाव दिएपछि अन्तिममा रुपन्देहीको पुरानै ठाउंमा फर्केका पौडलका लागि नयां अनुहारसंग प्रतिष्पर्दा गरेर जित निकाल्न त्यति सजिलो नभएको स्थानीयको कतिपय स्थानीयको भनाइ छ ।

रुपन्देही क्षेत्र नम्बर २ मा २०६४ सालदेखि एमाले चुनाव जित्दै आएको क्षेत्र हो । अलिेको निर्वाचनमा एमालेको कसैसंग प्रतिष्पर्दा नहुने र सहज रुपमा जितिने बताउंदै फागुन २१ लाई कुरिएको एमाले रुपन्देहीका नेता बाबुराम पन्थीले बताए ।

कांंग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेल ठूलै उद्योगी तथा व्यवसायी भएकाले अहिले व्यावसायीले विष्णु पौडेललाई भोट नदिने र अहिले कांगे्रसको कसैसंग तालमेल नभएकाले यो चुनावमा कांगे्रसले जित्न सक्ने पनि कतिपयको अनुमान छ । यो निर्वाचनमा सहज रुपमा कांगे्रसको जित हुने स्थानीय नेता प्रजापाल गिरीले बताए ।

त्यस्तै प्रचण्ड नेतृत्व माओवादी र माधव नेपाल नेतृत्व समाजवादी लगायतका दर्जन बढी पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आफुले सहज रुपमा चुनाव जित्ने नेपाली कम्युनिष्ट पार्टीका नेताहरुको दावी छ।  नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेता महेन्द्र भुसालले सहजै निर्वाचन जित्न सकिने माहोल बनेको र अधिकांस मतदातालाई हामीप्रति सहानुभूति प्रकट गरेको बताए ।

यता रास्वपा नयां रुपमा उदाएको र देशभर घण्टीको माहोल भएकाले रुपन्देही क्षेत्र नम्बर २ मा रास्वपाको जित सुनिश्चित भएको कतिपय मतदाता बताउने गरेका छन् ।
चार दलबाहेक अन्य साना दल तथा समूहरुले अन्तिममा जसलाई साथ दिन्छन् उसैले बाजी मानृ सक्नेपनि राजीनितक वृतमा अनुमान गरिएको छ ।
चार दलबाहेक अन्य दलहरुले पनि आफुहरुको पक्षमा माहोल बनेको बताएका छन् । रुपन्देही २ प्रलोपाका उम्मेदवार नारायण नागिलाले पुराना धेरै पुराना भैसकेका र नयांमा जनताको कुनै विश्वास नभएकाले खास नयां हामी भउकाले हाम्रो पक्षमा जित हुने दावी गरेका छन् ।