रुपन्देही १ लाई कृषिमा आत्मनिर्भर बनाउने उम्मेद्वार खत्रीको प्रतिबद्दता

बुटवल, फागुन ५ गते । नेपाली कांग्रेस प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्रनम्बर–१ का मा उम्मेद्वार हिराबहादुर खत्रीले आफ्नो क्षेत्रलाई कृषिको पकेट क्षेत्र बनाउने भन्दै मतदातासंग मत मागेका छन् ।

घरदैलो अभियानमा हिडेका खत्रीले आफ्ना मतदातासंग कृषिको पकेट क्षेत्र बनाएर रुपन्देही १ लाई कृषिमा आत्मनिर्भर बनाउने बताए ।
उम्मेद्वार खत्रीले कृषिको प्रचुर सम्भावना रहेको क्षेत्रनम्बर एकलाई कृषिको पकेट क्षेत्रका रुपमा विकास गर्नु आफ्नो प्राथमिकता रहेका बताउंदै उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालन गर्ने मतदातालाई आश्वासन दिउका छन् ।

परम्परागत पशुपालन पेशा अंगालेका किसानहरुको प्रोत्साहनका लागि अनुदान कार्यक्रमलाई निरन्तरता दिने बताउंदै दुग्ध उत्पादन किसानलाई टिकाई राख्नका लागि नश्ल सुधार, बजारीकरण र घाँसमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।

उनले उत्पादन गरिएका डेरी प्रोडक्टलाई छिमेकी मुलुकमा निर्यात गर्ने र प्रतिस्प्रर्धा गर्ने वातावरणको सृजना गर्ने कार्यमा राज्यले गम्भिर भएर लाग्नु पर्ने र यसमा आफ्नो भुमिका महत्वपुर्ण हुने बताउंदै किसानलाई प्रोत्साहन गर्नकालागि घाँसमा आधारित पशुपालन र उन्नत नश्लका पशुका माध्यमले दुधको लागत मुल्य घटाउन सकिने बताए ।

पशुपालक किसानलाई न्याय गर्नका लागि राज्यले किसानलाई अनुदानका कार्यक्रमलाई बढाउन आवश्यक रहेको बताउंदै पछिल्लो समय भारतबाट आउने दुध र ध्युलाई रोक्दा किसानलाई फाइदा पुगेकाले किसानलाई प्रंोत्साहन गर्नकालागि आवश्यक नीति निर्माणकालागि आफुले किसानको तर्फबाट आवाज उठाउने प्रतिवद्धता जनाएका छन्

रुपन्देही क्षेत्रनम्बर–१ को देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका वडानम्बर–१५ र १६, रोहिणी गाँउपालिका वडानम्बर–१,३ र ५ र ओमसतिया गाँउपालिकाको वडानम्बर ७ र १२ का मतदाता तथा किसानको घरदैलोमा पुगेर कांगे्रसका स्थानीय नेतासमेत रहेका उम्मेदवार खत्रीले किसानका समस्यालाई एजेण्डा बनाउने प्रतिबद्दता जनाएका छन् ।