प्रलोपाका नेता पंकज राइलाई कारबाही

बुटवल, फागुन ७ गते । प्रगतिशील लोकतान्त्रिक पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष परिषद्का सदस्य र रुपन्देही जिल्ला इन्चार्ज पंकज राइलाई पार्टीले कारवाही गरेको छ ।
पार्टीको अनुसाशनबिरुद्द विज्ञप्ती निकाल्ने र मिडियावाजी गरेर नेतृत्वको बदनाम गर्ने राइमाथि पार्टीको आरोप छ । शुक्रबार लुम्बिनी प्रदेश इन्चार्ज नारायण ज्ञवाली प्रतिज्ञा र सह इन्चार्ज छन्द पन्थीले विज्ञप्ती निकाली कारबाही गरेको जानकारी गराएका छन् ।


प्रगतिशील लोकतान्त्रिक पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष परिषद्का सदस्य र रुपन्देही जिल्ला इन्चार्ज पंकज राइले पार्टीका केही साथिहरुले पार्टीमा निर्णय नभइकन रुपन्देहीमा एमालेका उम्मेदवारलाई सघाउने निर्णय गलत भएको बताए ।

व्यक्तिबादी रुपमा गरिएका निर्णयहरु पार्टीका लागि स्वीकार नहुने पंकज राइले नयां दिशालाइ बताए ।