कृष्ण अधिकारी जिताउन जैमिनीमा संयुक्त चुनावी सभा

बाग्लुङ जैमिनी, फागुन १२ गते । फागुन १२ गते मंगलबार जैमिनी नगरपालिका वडा नं ५ बिनामारेमा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टीको संयुक्त चुनावी सभा सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन परिचालन समिति सदस्य विष्णु शर्माको संचालन र संयुक्त चुनावी प्रसार प्रचार समितिका संयोजक गोपाल प्रशाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधि सभा बाग्लुङ क्षेत्र नं १ का राष्ट्रिय जनमोर्चाका साझा वाम उमेदवार कृष्ण अधिकारी, नेपाली कम्युनिस्ट पार्टीका समानुपातिक उमेदवार वलावति शर्मा , राष्ट्रिय जनमोर्चा का राष्ट्रिय सभा सभासद राजेश वि.क.,राजमो केन्द्रिय सदस्य तथा समानुपातिक उमेदवार राजेन्द्र ढुङ्गाना,जनजाती सम्मेलनका केन्द्रीय उपाध्यक्ष तथा राजमो समानुपातिक उमेदवार कुलबहादुर थापा, मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, वडा नं ५ महिला सदस्य लक्ष्मीदेवी चापागाईं शर्माले बोल्दै संयुक्त प्यानलमा मतदान गर्न मतदातालाईहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा उपस्थित जनमानसलाई नेपाली कम्युनिस्ट पार्टी बाग्लुङ जिल्ला सदस्य राम पौडेलले स्वागत गरेका थिए । उक्त कार्यक्रममा राजमोका प्रत्क्ष उमेदवार कृष्ण अधिकारीले जैमिनी नगरपालिका कम्युनिस्टको लाल किल्ला भएको हुंदा आउदा दिनमा पनि तपाईहरुले पूर्ण बहुमतका साथ साझावाम उमेदवारलाई जिताउन आग्रह गर्दै यो चुनावलाई गम्भीर रुपमा लिन सुझाव दिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट समानुपातिक उमेदवार वलावती शर्माले हामी हिजो प्रतिनिधि नभएको बेलामा पनि सोशित पिडीत हरुको वारेमा लड्दै आएका थियौ र भोलीका दिनमा पनि तपाईहरुको पक्षमा आवाज उठाँउने छौ भन्ने प्रतिवद्वता व्यक्त गरिन राजमो समानुपातिक उमेदवार राजेन्द्र ढुंगनाले े हामी नयांलाई एक पटक चान्स दिनुहोस भन्दै नयां नामका जोगिहरु तपाईहरु समक्ष मतमाग्न आएपनि उनीहरुले विभिन्न पार्टीमा बसी अकुत सम्पति जम्मा गरेर पुन पार्टीको टिकट नपाएको अबसथा र कार्वाहीमा परेपछि नयां भन्दै भ्रम सिर्जना गरेको बताए ।