फागुन १५ गते बुटवलमा मगर दिवस मनाईदै


बुटवल, फागुन १२ गते । नेपाल मगर संघ बुटवलले ४४ औं मगर दिवस मनाउने भएको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी नेपाल मगर संघ बुटवलले यही फागुन १५ गते विशेष कायृक्रमका साथ मगर विवस मनाउन लागिएको जानकारी गराईएको छ ।

संघले फागुन १३ बुधबार गते जबइ दृष्टीविहिन आश्रममा खाद्यान्न वितरण तथा सहयोग हस्तान्तरण कार्यक्रम, १४ गते बाजेबजै थान परिसरमा सरसफाइ कार्यक्रम गरिने नेपाल मगर संघ बुटवल नगर अध्यक्ष लुमबहादुर सारु मगरले जानकारी गराए ।
प्त्रकार सम्मेलनमा बोल्दै नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष थर्कबहादुर बारघरे मगरले फागुन १५ गते दीपनगरको बाजे बजै थानमै मगर दिवस मनाउने बताउंदै समुदायको भाषा, संस्कृति, इतिहास र पहिचान संरक्षणका विषयलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिने बताए ।

लुम्बिनी प्रदेशमा मगर समुदायको उल्लेखनीय उपस्थिति रहेकाले भाषा तथा सांस्कृतिक संरक्षणमा ध्यान दिन राज्यलाइ आग्रह गरे । उनले संघले दिवसका अवसरमा फागुन १५ गतेसार्वजनिक बिदा दिन सरकारसंग माग गरेका छन् ।
लुमबहादुर सारु मगरको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष हेमन्त बुढाथोकी र संचालन सचिव खिमा रानाको सञ्चालनमा पत्रकार सम्मेलन गरिएको २०३९ साल फागुन १५ गते सम्पन्न मगर समुदायको पहिलो राष्ट्रिय सम्मेलनपछि हरेक वर्षको फागुन १५ गते ‘मगर दिवस’ मनाउने गरिन्छ ।























