गिलासमा मतदान गर्न राष्ट्रिय जनमोर्चा नेताहरुको अपिल

बुटवल, फागुन ७ गते । राष्ट्रिय जनमोर्चा चुनावी अभियान अन्तरगत घरदैलो अभियानमा केन्द्रित भएको छ । केही दिन अघिदेखि चुनावी अभियान चलाएको राष्टिय जनमोर्चाले आफ्नो चुनावी घोषणा पत्र लगेर मतदाताको घरदैलोमा पुगेर गिलासम मत दिन आग्रह गरेको छ।
गणतन्त्र र राष्टियताको रक्षा संघीयताको खारेजको मुख्य नारासहित घोषण पत्र बोकेर राष्टिय जनमोर्चाका नेता तथा कार्यकर्ता रुपन्देही क्षेत्र नम्बर १, २, ३ र ५ नम्बर क्षेत्रमा टोल टोलमा गएका छन् ।

राष्टिय जनमोर्चा क्षेत्र नम्बर ५ रुपन्देहीले घरदैलो अभियानलाई प्राथमिकता दिएर मतदातालाई राष्टिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा मत मागेका छन् । घरदैलो अभियानमा रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्यका उम्मेदवार जायश्वर रेग्मीले घर घरमा पुगेर मतदातासंग भेट गरेर आफ्नो नीति तथा कार्यक्रम बताएर भोट मागिएको बताए । घरदैलो अभियानसंगै राष्टिय जनमोर्चाले क्षेत्र नम्बर ५ का विभिन्न ठाउंहरुमा कोणसभा गरेको छ ।

क्षेत्र नम्बर ५ को सूर्यपुरा, लम्बिनी, प्रर्साचोक, गैडहवा, हरैया बजार, गरगरेचोक, सैनामैनाको रामापुर, बुद्दचोक, कञ्चनको बेलबरिया चोक, लगायतका ठाउंमा चुनावी कोणसभाहरु ग्रिएको छ ।

मंगलबार दिउंसो रुपन्देहीको कञ्चन गाउंपालिकाको हरैया बजारमा आयोजित चुनावी सभामा बोल्दै राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यो चुनाव राष्टवादी र राष्टघाती बीचको भएकाले राष्टवादी शक्ति राष्टिय जनमोर्चालाइ मत दिन आग्रह गरेका छन् ।

राजनीतिमा लोकप्रीयबाद नचल्ने बताउंदै आफुलाई नयां भन्नेहरु विदेशीको इसारामा चलेको बताउंदै चोर भएपनि चण्डाल भएपनि आफुलाई नयां भन्नेहरु भन्दा कांगे्रस, एमाले केही हदसम्म ठिक भएको बताए । सरकारमा बसेर कांगे्रस, एमालेले कुसाशन र भ्रष्टाचार गरेपनि गणतन्त्र ल्याउन लडेका शक्ति भएको अध्यक्ष केसीको भनाइ छ ।

राष्ट्रघाती गतिविधि र भ्रष्टाचारमा संलग्नहरुलाई राष्ट्रिय जनमोर्चाले मात्रै कारवाही गर्न सक्ने भएकाले फागुन २१ को चुनावमा गिलासमा मतदान गर्नुपर्ने र अन्त मतदान भए राष्ट्रघात र भ्रष्टाचार मौलाउने अध्यक्ष केसीको दावी छ ।

कर्यक्रममा क्षेत्र नमबर ५ का प्रत्यक्ष तर्फका उम्मेदवार जायश्वर रेग्मीले गणतन्त्र, राष्टियताको रक्षा र संघीइताकोा खारेजीका लागि गिलासमा मत दिन आममतदातालाई आग्रह गरेका छन् ।

कार्यक्रममा समानुपातिक उम्मेदवार लिलाबहादुर केसीले देशको वर्तमान राजनीतिक अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता र आत्मनिर्भर अर्थतन्त्र निर्माण आजको आवश्यकता भएको बताए । उनले गणतन्त्रको रक्षा गर्दै देशलाई सही दिशामा लैजानु अहिलेको आवश्यक रहेकाले गिलासमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।

चुनावी कोणसभाहरुमा समानुपातिक उम्मेदवार गणेश गौतम, कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, नेकपा मसाल रुपन्देहीका प्रवक्ता लालचन पन्थ, राजमो रुपन्देही कार्यबहाक अध्यक्ष इन्द्रिरा ज्ञवाली, वामपन्थी नेता दुर्गानाथ खरेल, राजमो बुटवल नगर अध्यक्ष पदम श्रेष्ठ, ढुडिराज शर्मा लगायतले बोल्दै गिलास चिन्हमा मतदान गर्न मतदातालाइ आग्रह गरेका छन् ।