रोजगारमूलक कार्यक्रमलाई प्राथमिकता दिन पौडेललाई सुझाव

बुटवल, फागुन १२ गते । चुनावी अभियानको घर दैलोमा पुगेका उएमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णुप्रसाद पौडेललाई मतदाताले विकाससंगै रोजागारमूक कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

जेनजी २.० समूहले यो क्षेत्रमा पौडेललाई साथ दिने घोषणा गरेसँगै उत्साहित बनेका पौडेललाई बुटवलमा रोजगारी सिर्जना गर्ने उद्योग कलकारखाना खोलनुपर्ने सुझाव दिए ।

निर्वाचनको समय नजिकिँदै गर्दा उनले घरदैलो र मतदाता भेटघाट तीब्र गतिमा बढाएका छन् । पूर्व उप तथा अर्थमन्त्री बनेर यस क्षेत्रको विकासमा धेरै काम गरेका पौडेलले बुटवललाई महानगरको रुपमा विकास गर्ने, कालीगण्डकी डाईभर्सन योजना अघि बढाउने, बुटवल–पोखरा जोड्ने बाटो स्तरोन्उति गरी २ घन्टा कटाउनेसहितका कनेक्टिभिटीले धेरैको ध्यान केन्द्रीत गराएको हो । पौडेलले घरदैलोमा पनि यस्ता विषयमालाई प्रष्ट पारेका छन् ।

मंगलबार तिलोत्तमा नगरपालिकाको वडा नं ५ मा घरदैलो कार्यक्रम गरेका छन् । बिहानै सबेरै उनी मतदाताको घरदैलोमा पुगेका थिए । सो क्षेत्रबाट निर्वाचित भएर देशकै अर्थमन्त्रीका रुपमा रुपन्देहीको विकासमा योगदान दिएका उम्मेदवार पौडेलले मतदाताको सुझाव लिएका छन् ।
अधिकांश पुरानै मतदाताहरु उनको विकास र योजना बारेमा बुझेका छन् ।

घरघरमा पुग्दा मतदाता खुशी देखिन्छन् । घरदैलोमात्र होइन मन्दिर, विद्यालय र संघसंस्थाहरुमा समेत उनी पुगे । नेता पौडेलले सरस्वती पन्चायतन मन्दिर वैदिकआश्रम दर्शन तथा बटुकहरुसंग टीका ग्रहण गरे । मणिग्राममा एक युवाले उनलाई फूल दिदै अग्रिम विजयको शुभकामना दिए । जेननी पुस्ताहरु देशको बारेमा चिन्तित छन् ।

युवाहरु पुनः एकपटक यस क्षेत्रबाट पौडेललाई विजयी गराउने गरी लागेको तिलोत्तमा वडा नं. ५ का संयोजक कृष्णप्रसाद भट्टराईले बताए । रुपन्देहीको निर्वाचन परिचालन कमिटीको आयोजनामा मंगलबार बिहानैबाट चुनावी प्रचारप्रसार भएको थियो । पहिलो चरणको घरदैलो सकेर यो दोस्रो चरण शुरु भएको उनले बताए ।

मंगलबार नै तिलोत्तमाको वडा नं ६ को घरदैलो गरे । रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैना नगरपालिका गरी ३ पालिका समेटिएको भूगोलमा हरेक मतदातालाई भेट्ने र आफ्ना प्रतिवद्धता सुनाउँदै पौडेल दैनिक हिंडेका छन् ।
कतिपय ठाउँमा सवारी साधनमार्फत र कतिपय स्थानमा पैदल नै हिंड्दै मतदाता भेट्ने काम जारी छ ।

मंगलबार नै उम्मेदार पौडेलले तिलोत्तमा ६ मा घरदैलो, बुटवल २ र १० मा सम्पर्क कार्यालयमा भेटघाट तथा तमु समुदायसँग अन्तरसंवाद गरेका छन् । जेनजी समूहले विभिन्न क्षेत्रको अध्ययन र सर्वेक्षणका आधारमा पौडेललाई समर्थन गर्ने घोषणा गरेको छ ।