विद्यार्थी कम भएपछि तिलोत्तममा विद्यालय समायोजन


बुटवल, बैशाख ४ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ६ वटा विद्यालय समायोजन र ७ वटा विद्यालय तह मिलान गरेको छ । १५ जना भन्दा कम विद्यार्थी भएका विद्यालयहरु समायोजन र तह मिलान गरिएको हो ।

तिलोत्तमालाइ शैक्षिक हवको रुपमा विकास गर्ने गरी विद्यालयहरु समायोजन र तह मिलान गरिएको नगर प्रमुख रामकृष्ण खांणले जानकारी गराएका छन् । गुणस्तरीय शिक्षाका लागि गठित तिलोत्तमा शिक्षा सुधार कार्यदलको प्रतिवेदन अनुसार विद्यालय समायोजन र तह मिलान गरिएको शुक्रबार पत्रकार सम्मेलन गरी नगर प्रमुख खांणले बताए ।
बेलहिया आधारभूत विद्यालय, कोटहिमाई मिसुज आधारभूत विद्यालय, मेदिनी आधारभूत विद्यालय, नमुना महिला आधारभूत विदालय, नवज्याती शंकरनगर आधारभूत विद्यालय तिलोत्तमा र सेमरी आधारभूत विद्यालयलाई कोटहिमाई आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, शान्ति नमुना माध्यमिक विद्यालय, टिकुलीगढ माध्यमिक विद्यालय, भुल्के माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा समायोजन गरिएको हो ।

विद्यालयमा विद्यार्थीको संख्या न्यून र शिक्षक दरवन्दी अपुग भएको हुंदा सही ढंगले विद्यालयहरुले गतिलिन नसेको तिलोत्तमा शिक्षा सुधार कार्यदलको निष्कर्ष अनुसार समायोजन र तह मिलान गरिएको तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।
विद्यालय समायोजन तथा तह मिलान गर्दा प्रत्यक्ष २७ लाख आर्थिक बचत हुने भएको नगरपालिकाले बताएको छ ।
त्यस्तै संस्थागत विद्यालयहरुले कानुनी रुपमा विद्यार्थीलाई उपलब्ध गराउनु पर्ने छात्रावृत्तिको अधिकारलाई सुनिश्चित गरी १० प्रतिशत छात्रावृत्तीलाई लक्षित वर्गसम्म पुराउने तिलोत्तमा नगरपालिकाले प्रतिबद्दता जनाएकोछ । तिलोत्तममा रहेका ४२ वटा सामूदायिक विद्यालयमा १९ हजार र ४२ वटा संस्थागत विद्यालयमा २३ हजार बढी विद्यार्थी रहेका छन् । शिक्षक दरवन्दी अपुग विद्यालयहरुमा दरवन्दी मिलान गरेर यसै शैक्षिक सत्रदेखि सहज रुपमा पठन पाठन सुचारु गर्ने शिक्षा शाखा प्रमुख उपसचिव गंगाराम आचार्यले बताए ।
गुणस्तरीय शिक्षा उपलब्ध गराउने गरी २०८२ साल माघ २८ गते कार्यपालिकाको बैठकबाट शिक्षा शाखा प्रमुख गंगाराम आचार्यको संयोजकत्वमा वडाध्यक्ष गणेश पाठक, सुरेन्द्र श्री, रवि सेन्चुरी, राधा शाही, नारायण ढकाल, सावित्रा पन्थी र कृष्णप्रसाद पन्थी सदस्य रहेको तिलोत्तमा शिक्षा सुधार कार्यदल गठन गरिएको थियो ।
सोही कार्यदलको प्रतिवेदन अनुसार तिलोत्तमा शिक्षामा सुधार गर्ने गरी अभियानका अभियान चलाईएको छ । कक्षा १ देखि १२ कक्षासम्मका विदार्थीलाई छात्रावृत्ति उपलब्ध गराउनका लागि नगरपालिकाले विद्यार्थीको परीक्षा लिने भएकोछ ।
कार्यदलको प्रतिवेदन
१। द्दण्डद्दरज्ञण्रद्दड गते नगर कार्यपालिकाको बैठकको निर्णयबाट सस्थागत विद्यालय र सामुदायिक विद्यालय समायोजन लगायत नगरपालिकाको शैक्षिक क्षेत्रको सुधारका लागि अध्ययन गरी आवश्यक पर्ने कार्यविधि सहितको प्रतिवेदन पेस गर्न शिक्षा शाखा प्रमुखको संयोजकत्वमा ९ सदस्यीय कार्यदलको गठन भएको।
२। कार्यदलले निरन्तर रुपमा विद्यालयको अवस्था, विद्यार्थी संख्या, शिक्षक दरबन्दी विवरण, विद्यालयमा नगरपालिकाको तर्फबाट निकासा हुने अनुदान, संस्थागत विद्यालयको छात्रवृत्ति वितरणको अवस्था लगायत विभिन्न पक्षमा आधारित रही छलफल गरेको।
३। द्दण्डद्दरज्ञद्दरण्ढ गते कार्यदल र सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग शैक्षिक अवस्थाका विषयमा छलफल गरिएको।
४। द्दण्डद्दरज्ञद्दरज्ञण् गते कार्यदल र संस्थागत विद्यालयका सञ्चालक तथा प्यावसन, एनप्यावसन लगायतका प्रतिनिधिसँग संस्थागत विद्यालय छात्रवृत्ति वितरण सम्बन्धमा प्रारम्भिक छलफल गरिएको।
५। द्दण्डद्दरज्ञद्दरज्ञ१ गते कार्यदल र नगरपालिका भित्रका शिक्षा क्षेत्रका सरोकारवाला पक्षसँग व्यापक छलफल गरिएको।
६। विभिन्न पक्षकसँगको छलफल पश्चात कार्यदले प्रतिवेदनको मस्यौदा तयार गरेको जसमा
क। नगरको जनसाङंख्यिक अवस्था, विद्यालय र विद्यार्थी विवरण, शिक्षक दरबन्दीको अवस्थालाई विश्लेषण गरिएको
ख। सामुदायिक विद्यालय समायोजन तथा दरबन्दी मिलान कार्यविधि तयार गरिएको
ग। संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि तयार गरिएको
घ। नगरपालिकाले शैक्षिक सुधारका लागि तत्काल गर्नु पर्ने कार्यलाई समेटी सुझावहरु राखिएको।
७। विद्यालय समायोजन गर्नु पर्ने कारण
क। विद्यालयमा विगत ३ शैक्षिक सत्रको विश्लेषण गर्दा निरन्तर रुपमा विद्यार्थी संख्यामा कमी आउदै जानु,
ख। विद्यालयको विद्यार्थी सिकाइ उपलब्धी सन्तोषजनक नहुनु,
ग। शिक्षक विद्यार्थी अनुपात निकै कम हुनु,
घ। धैरै विद्यार्थी भएका विद्यालयमा शिक्षक दरबन्दी अभावका कारण शिक्षक विद्यार्थी अनुपात वढी हुनु,
ङ। विद्यालयमा विद्यार्थी संख्या वृद्धि हुने आधार नदेखिनु,
च। विद्यालयप्रति अभिभावकको चासो कमी हुनु।
छ। प्रति विद्यार्थी लागत उच्च हुनु
ज। प्रतिश्पर्धात्मक वातावरणमा विद्यार्थी पढ्न पाउने अवसरको सुनिश्चितता गर्नु
८। विद्यालय समायोजन गर्दाका आधारहरु
क। विद्यार्थी सङ्ख्याको आधार
ख। विद्यालय बिचको दूरी
ग। एउटै वडाबाट एकै पटकमा २ वटा विद्यालय समायोजन नगरी न्यूनतम विद्यार्थी संख्या भएको एक विद्यालयलाई समायोजन गर्ने, तर तह मिलान गर्न सकिने।
घ। एक वडामा न्यूनतम एक विद्यालयको सुनिश्चित गर्ने।
९। समायोजन भएका विद्यालय संख्या(ट र तह मिलान भएका विद्यालय संख्या– ७ वटा
१०। समायोजन भएका विद्यालयको शिक्षक दरबन्दी संख्या( १६ जना र बालविकास शिक्षक (७ जना विद्यालय सहयोगी(६ जना र तह मिलान भएका विद्यालयका शिक्षक संख्या( ७ जना
११। विद्यालय समायोजन तथा तह मिलान गर्दा प्रत्यक्ष छण् लाख आर्थिक बचत भइ बढी विद्यार्थी भएका विद्यालयमा लगानी गर्न सकिने
१२। संस्थागत विद्यालयको छात्रवृत्ति वितरण कार्यविधि तयार गरी कार्यान्वयन गर्नुका कारण
क। संस्थागत विद्यालयले कानुनी रुपमा विद्यार्थीलाई उपलब्ध गराउनु पर्ने छात्रवृत्तिको अधिकारलाई सुनिश्चित गर्नु
ख। छात्रवृत्ति वितरण प्रकृयालाई पारदर्शी र निश्पक्ष बनाउनु
ग। छात्रवृत्तिमा लक्षित वर्गको पहुँच सुनिश्चित गर्नु
१३। शैक्षिक सत्र द्दण्डद्द का आधारमा संस्थागत विद्यालयमा कक्षा ज्ञ(ज्ञद्द सम्म अध्ययनरत विद्यार्थी संख्या(द्दघ,घघद्द जसमध्ये द्द,घण्ण् बढी विद्यार्थीले छात्रावृत्ति प्राप्त गर्ने
छात्रवृत्तिका लागि आरक्षणका लागि प्रतिशत निर्धारण
९क० जेहेन्दार (बिस प्रतिशत
९ख० विपन्न (बिस प्रतिशत
९ग० आदिबासी जनजातिरथारू (बिस प्रतिशत
९घ० दलित (पन्ध्र प्रतिशत
९ङ० मधेशीरमुस्लिमरअल्पसङ्ख्यकरअपाङ्ग (दश प्रतिशत
९च० अन्य (पन्ध्र प्रतिशत
१६। परीक्षाको किसिमः छात्रवृत्ति छनोटको लागि हुने कक्षा ज्ञ(द्ध को लिखित परीक्षाको हकमा छात्रवृत्ति छनोट हुने कक्षा भन्दा एक कक्षा मुनिको पाठ्यक्रममा आधारित रही अनिवार्य विषयबाट समानुपातिक रूपमा द्धण् अङ्क र सामान्य ज्ञानवाट १० अङ्क गरी कूल ५० पूर्णाङ्कको वस्तुगत प्रश्नपत्र निर्माण गरी सञ्चालन हुनेछ ।























