प्रधानमन्त्री अभिव्यक्तिप्रति मसालको विरोध

 

बुटवल, जेठ १७ गते । नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको नेकपा मसालले विरोध गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहले आइतबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो अभिव्यक्तिको विरोध गरेको हो ।

वक्तव्यमा मसालले भनेको छ– “प्रधानमन्त्री बालेन्द्र शाहले आज संसद्मा कतिपय स्थानमा नेपालले पनि भारतको भूमि मिचेको भन्ने जुन अभिव्यक्ति दिएका छन्, त्यो पूरै गलत छ । हामीले उनको त्यस प्रकारको अभिव्यक्तिको कडा विरोध गर्दछौँ ।”

आज सांसदका प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री शाहले उपर्युक्तm अभिव्यक्ति दिएपछि देशभित्र र देशबाहिर पनि विरोध भइरहेको छ ।