प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ – गगन थापा

बुटवल, जेठ १८ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेका छन् । संसदमा प्रधानमन्त्रीले बोलेको अभिव्यक्तिप्रति आपत्ती जनाउंदै सभापति थापाले संसदमा उभिएर जनतासंग माफी मागेर राजीनामा दिनुपर्ने बताए ।

कांगे्रसले रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा आयोजित जरा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देश र कानुन भन्दा माथि नभएको बताए ।
सरकार र प्रधानमन्त्रीको आलोचना गर्दै सभापति थापाले भने सरकार र प्रधानमन्त्रीको प्रवृत्ति देश द्रोही छ । यस्तो प्रवृत्ति बिरुद्द कांगे्रसले संसदमा सशक्त रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्छ भने ।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिले कांगे्रसको शीर झुकेको बताउंदै सीमा विवाद कुटनीतिक रुपमा सामधान गर्नुपर्ने बताए ।
सभापति थापाले नेपाल र भारतको सीमा सम्बन्धमा प्रधानमन्त्रीलाई सामान्य सुझबुझ पनि रहेन्छ भन्ने प्रष्ट भएको बताउंदै सरकारले गर्ने काम नगरेको र नगर्ने काम गर्दा समस्या भएको बताए ।
एउटा व्यक्तिको सनकमा अव्यवस्थित तथा सुकुम्वासीलाई खेदेर सरकारले गलत गरेको बताउंदै कांगे्रस आमजनता र सुकुम्वासीको पषमा छ, भने ।
संसदबाट सत्ता पक्षले विपक्षलाई पेलेरै संसद सञ्चालन गर्ने कानुन बनाएको भन्दै सरकारको कडा आलोचााना गरे ।
सभापति थापाले कांगे्रसले निर्वाचनसंग सरोकार नराख्ने बताउंदै भने कांगे्रसले १० लाख मतदाताको भरोसा गर्छ र जनतामा जाने बताए ।
नेपाली कांगे्रसका उपसभापति जरा अभियान कार्यक्रमबाट पार्टीलाई बलियो र एकताबद्द बनाउनका लागि नीति तथा कार्यक्रम बनाईने बताए ।
उनले वर्षको ३६४ दिन कांगे्रस भन्ने र चुनावको एक दिन अरुलाई भोट दिनेहरुलाई कांगे्रसको क्रियाशील सदस्य नविकरण नगरिने बताउंदै हामीलाई चाहिएको बलियो र भरपर्दो कांगे्रस हो, अरुलाई भोट दिनेलाई जोगाउने कांगे्रस होइन भने । उपसभापति शर्माले कांगे्रस भएकै कारण लोकतन्त्र आएको र संविधान बनेको दावी गरे ।

कांगे्रसका महामन्त्री गुरु घिमिरेले मुलुकको हितमा कांगे्रसलाई एकताबद्द बनाउनु पर्ने बताउंदै अब पार्टीमा कसैलाई काखा, पाखा नहुने र विभेद पनि नहुने बताए । कांगे्रसका ३३२ स्थानीय सरकार र प्रदेश सरकारहरुलाई जनताको पक्षमा काम गर्न आग्रह गरे ।

सह महामन्त्री गोविन्द चौधरीले विगतमा पार्टीलाई गुटमा विभाजन गरेर कमजोर बनाईएको बताउंदै पार्टीमा समस्या भएपनि आन्तरिक रुपमा मिलाएर पार्टीलाई एकताबद्द बनाउने बताए ।

दुई दिनसम्म चल्ने जरा अभियानमा लुम्बिनी प्रदेशबाट सहभागिता रहेको कांगे्रसले बताएको छ ।