सरकारले नयां काम गरेको छैन – पुरी


बुटवल, जेठ १६ गते । नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले बालेन्द्र सरकारले जनताको पक्षमा नयाँ काम केही नगरेको बताएका छन् । प्रवक्ता पुरीले आफुलाई नयां भनेपनि सरकारले नयां काम केहअी गर्न नसकेको दावी गरे ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा बोल्दै आफुलाई नयां भन्दै जनतामा भ्रम सिर्जना गरेपनि सरकारले पुरानाले भन्दा कमजोर काम गरेका केही अपेक्षा गर्न सकिदैन भने ।
प्रवक्ता पुरीले सत्तारूढ भएको राष्ट्रिय स्वतन्त्र पार्टी साम्राज्यवादको कठपुतली भएकोे आरोप लगाउंदै भने – ‘रास्वपा साम्राज्यवादी शक्तिले जन्माएको कठपुतली हो । कठपुतली सरकारबाट जनताको पक्षमा नयाँ काम केही हुन सक्दैन । विद्यार्थी संगठन, टे«ड युनियन खारेजी, प्रेसमाथिको अंकुश र सुकुम्वासी बस्ती हटाउ डोजर प्रयोग गरिएको उदाहरण दिँदै सरकारले सामान्य मानवीय संवेदनासमेत देखाउन नसकेको बताए ।

‘विश्वभरिका पुँजीवादीहरूले स्वीकार गरेका ट्रेड युनियन अधिकार नयाँ भन्नेहरुबाट खोसिएको बताउंदै सुकुम्वासीलाई पहिला व्यवस्थापन, गरेर मात्रै उनीहरूको बस्ती हटाउनु पर्नेमा सरकारले डोजर लगाउनै नहुने बताए । संविधान संशोधनको विषयमा बोल्दै नेता पुरीले भने – सरकारले प्रतिगामी बाटो छोपेको छ ।
प्रतिगामी उद्देश्यका लागि संविधान संशोधन गरेर ‘गणतन्त्र र धर्मनिरपेक्षता तथा राष्ट्रकै अस्तित्व समाप्त गर्ने खेल शुरु प्रवक्ता पुरीको दावी छ। ष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले संविधान संशोधन गर्ने बानामा सरकार गणतन्त्र सिध्याउने गरी लागेकाले यस विषयमा गाणतन्त्रबादी शक्ति फेरी एकजुट हुनुपर्ने अवस्था आउको बताए ।
कार्यक्रममा अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष अधिवक्ता पदम रोका, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव त्रिभुवन भट्टराई, कतार नेपाली एकता समाजका प्रथम उपाध्यक्ष कमल आचार्य, हङकङ नेपाली एकता समाजका महसचिव अमृता रानाथापा, जापान नेपाली एकता समाजका सचिव प्रदीप विक, साउदी अरब नेपाली एकता समाजका अध्यक्ष खुमिराम भण्डारी र मलेसिया नेपाली एकता समाजका अध्यक्ष केशव खनालले आआफ्ना भनाइ राखेका थिए ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाज शक्तमान बुढाथोकीले ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयक अवधारणापत्र प्रस्तुत गरेका थिए ।
पे्रम पौडेलको अध्यक्षता, महासचिव खुम रायमाझीले सञ्चालन र रामप्रसाद पराजुलीले स्वागत गरेका थिए ।























