कृष्णनगरका होटलमा योनजन्य गतिविधि हुने स्थानीयको दावी

बुटवल, जेठ १७ गते । कपिलवस्तुको कृष्णनगरमा सञ्चालित केही होटलमा अनैतिक गतिविधि हुने गरेको स्थानीयले बताएका छन् । स्कुलको पोशाक लगाएका बालिका ल्याएर होटलमा होटल सञ्चालकले भारतीयसंग अनैतिक सम्बन्ध गराउने गरेकोसमेत स्थानीयले आरोप लगाएका छन् ।

होटलमा हुने योनजन्य धन्दाले कृष्णनगरको व्यपारिक र सामाविक वातावरणमाथि प्रश्न चिन्ह खडा भएको भन्दै उद्योग वाणिज्य संघ कृष्णनगरले बिरोध गलत काम सदाका लागि बन्द गर्न आग्रह गरेको छ ।

उद्योग वाणिज्य संघ कृष्णनगरले आइतबार संघमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष रितेश शर्माले पर्यटन, व्यापार र होटवल वयवसाय जस्तो मयार्नदित क्षेत्रलाई केही व्क्ति तथा होटलहरुले गलत काम गर्दा सबैको मानप्रतिष्ठामाथि आंच आएको बताए ।

पैसा कमाउने नाममा अनैतिक गतिविधिले सामाजिक वातावरणमा नकारात्मक प्रभाव परेको र कृष्णनगर बजारको प्रतिष्ठामा असर परेकाले गल तगर्नेलाई कडा कानुनी कारवाही गर्न अध्यक्ष शर्माले माग गरेका छन् । अध्यक्ष शर्माले कृष्णनगर क्षेत्रमा अनैतिक यौनजन्य गतिविधि बढ्दै गएको तथा नाबालिग स्कुले बालबालिकालाइ पनि अनैतिक काममा प्रयोग गरिनु राम्रो नभएको बताए ।

पर्यटन, व्यापार तथा होटल व्यवसायजस्ता मर्यादित क्षेत्रलाई गैरकानुनी र सामाजिक रूपमा अस्वीकार्य गतिविधिको माध्यम बनाइनु निन्दनीय कार्यले समाज दुषित भएको भन्दै अध्यक्ष शर्माले चिन्ता गरे ।

अध्यक्ष शमाृका अनुसार कृष्णनगर नगरपालिको पुरानो बसपार्क नजिकै रहेको न्यू सेन्चुरी होटल रेस्टुरेन्ट एण्ड लजमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा अनुगमन तथा निरीक्षण गरिएको थियो । अनुगमन तथा निरिक्षण गर्दा उक्त होटलमा सामाजिक मर्यादाविपरीत गतिविधि हुने गरेको पुष्टि भएको हो ।

हामीसंग अनैतिक गतिविधिमा संलग्न भएकाहरुको सप्रमाण फोटा र भिज्वलसमेत रहेको र आवश्यक परेमा प्रशासन, र मिडियालाइ दिन सकिने अध्यक्ष शर्माले पत्रकार सम्मेलनमा बताए ।

यस्तो अनैतिक काममा संलग्न व्यक्ति तथा होटल सञ्चालकमाथि कानुन बमोजिम कारबाही हुनुपर्छ । साथै होटल तथा लजहरूको नियमित अनुगमन बढाई व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।

अध्यक्ष शर्माले प्रहरीलाई पटक पटक जानकारी गराउँदा पनि प्रभावकारी अनुगमन तथा नियन्त्रणमा चासो नदिएको गुनासो पोखे ।
यस्ता अनैतिक गतिविधि नियन्त्रणका लागि प्रहरी प्रशासनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त जनाउंदै अनैतिक काम रोकौ भन्दा प्रहरी प्रशासन मौन हुनुको कारण रहस्मय छ भने ।

होटल तथा व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिव घिमिरेले केही होटलमा भउको गलत कामका कारण समग्र व्यवसाय माथि प्रश्न चिन्ह खडा भएको बताउंदै व्यवसायलाई मर्यादित बनाउन आग्रह गरे ।

अनैतिक काम गराउने व्यवसायीलाई पटक पटक सचेत गराईएको र यस्ता कामहरु दोहोरिएकाले अब कानुनी कारबाहीका सिफारिस गर्ने अध्यष घिमिरेले बताए ।

शान्ति पुनःस्थापना गृहका जिल्ला सुपरभाइजर दिनेश तिमिल्सेनाले सीमा क्षेत्रबाट भारततर्फ जाने महिला तथा बालबालिकाको नियमित निगरानी गरेर प्रभावकारी काम गरिएपनि केही होटल सञ्चालकहरुले गरेका अनैतिक कामले जटिल समस्या थपिएको बताए । सुपरभाइजर तिमिल्सेनाका अनुसार मासिक ३० देखि ४० जनासम्म महिला तथा बालबालिकाको उद्धार हुने गरेको छ ।

साना हात नेपालकी सीमा निगरानीकर्ता भीमा परियारले यसअघि पनि उक्त होटलबाट केही बालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको बताइन् । फेरी पनि उही होटल उस्तै धन्दा चलाएको पुष्टिी भएपछि हामिले सम्बन्धित निकायलाई कारबाहीका लागि माग गर्ने बताइन ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले कृष्णनगर क्षेत्रका होटलहरूमा अवैध गतिविधि भइरहेको गुनासो आएपछि निगरानी बढाइएको र यस्ता गलत प्रकार गतिविधिहरु रोक्ने प्रतिबद्दता जनाए ।

कपिलवस्तु प्रहरीका अनुसार शनिबार साँझ छापा मारेर होटल सञ्चालकसहित दुई महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
स्थानीय अगुवा सुदीप त्रिपाठीले कृष्णनगर बजारलाई नै दुषित गराउने गरी केही होटलमा अबैध प्रकारका योनजन्य धन्दा हुने गरेको प्रमाण भेटिएको र यस्ता अबैध धन्दा चलाएर पैसा कमाउनेहरुलाई होटल सञ्चालन गर्न नदिने गरी कारबाही गरिनु पर्ने बताए ।

यस अघि सेन्टर पयन्ट होटलमा योनजन्य धन्दा गराएको पुष्टि भएपछि उक्त होटलको नाम परिवर्त गरेर अहिले न्यू सेन्चुरी होटल सञ्चालन गरिएकोसमेत स्थानीय बताएका छन् । यसबारे होटल सञ्चालकसंग बुझ्न खोज्दा होटल सञ्चालकसंग सम्पर्क हुन सकेन ।