नेपाल भ्रमणमा मोदीलाई रबिको निम्तो

बुटवल, जेठ २१ गते । भारत भ्रमण रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण निम्तो दिएका छन् ।

सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच भेटघाटको क्रममा रबिले मोदीलाई निम्तो दिएका भ्रमण दलका एक अधिकारीले बताएका छन् ।
प्रधानमन्त्री मोदीले पनि आफू पनि नेपाल भ्रमण गर्न उत्सुक रहेको र चाँडै नै नेपालको भ्रमण गर्ने बताएको बताईएको छ ।

भारतका प्रधानमन्त्री मोदी नेपाल भ्रमण गर्न इच्छुक भए नेपालबाट प्रधानमन्त्रीले आधिकारिक निमन्त्रण गर्नुपर्ने हुन्छ ।