बजेट कार्यान्वयन नहुने पूर्व अर्थमन्त्री पाण्डेको दावी


बुटवल, जेठ २० गते । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिलेको बजेट कार्यान्वयन नहुने दावी गरेका छन् । एमालेका नेतासमेत रहेका पाण्डेले लक्ष्य अनुसार राजश्व नउठ्ने निश्चित भएकाले बजेट कार्यान्वयन बजेट कार्यान्वयन हुने सम्भावना नभएको बताए ।

रुपन्देही व्यापार संघले बुधबार बुटवलमा आयोजना गरेको बजेट २०८३।०८४को कर तथा राजश्व, नीति विषयक आर्थिक बहस कार्यक्रममा बोल्दै बजेटलाई नयां भनेर केही सुधार गरेपनि पुरानैले निरन्तरता दिएको बताए । एकआध नयां भएपनि धेरैजसो पुरानैले निरन्तरता पाएकाले बजेटलाई नयां भन्न नमिल्ने दावी गरे ।
सरकारले उधारो बजेट ऐन ल्याउनु बजेटको सबै भन्दा राम्रो पक्ष रहेको बताउंदै पूर्व अर्थमन्त्री पाण्डेले भने – यसलाई व्यबहारमा लान सकेमा अब उधारो बारवार गरेर व्यवसायी टाट पल्टन प्रर्दैन । उधारो व्यापार गरेर फसेका व्यवसायीलाइ न्याय मिल्छ ।

उनले कर नउठाई देश चल्न नसक्ने बताउंदै देश चलाउने आम्दानकिो मुख्य स्रोत राजश्य, वैदेशिक सहायता र आन्तरिक आम्दानी भएकाले यि विषयमा सरकार गम्भीर बन्नु पर्छ भने । अहिलेको बजेट व्यवसायी तथा नीजि क्षेत्रमैत्री भनिएपनि त्यस्तो नभएको दावी गर्दै बजेटको सम्बोधन गर्न नसकेको तर्क गरे । घाटाको बजेटले देशलाई अगाडि बढाउन समस्या पर्ने र व्यापार घाटापनि उस्तै भएकाले बजेटलाई नयां भनेर भाष्य तयार गर्न हुदैन भने ।
व्यापार व्यवसाय नचुल्नु र बैंकमा पैसा थुप्रिनुदेशको लागि राम्रो सन्देश नभएको बताउंदै उनले भने – शरिरमा थुप्रिएको बोसो र बैंकमा थुप्रिएको धन हानिकार हो । शरिरमा थुप्रिएको बोसो स्वास्थ्यका लागि हानिकारक हो, भने बैंकमा थुप्रिएको धन देशको आथिक सम्वृद्दिका बाधक हो ।
नेता पाण्डेले बजेटले समाजबाद नआउने उल्लेख गर्दै समाजबाद आउन पूजीको विकास गर्नुपर्छ तब मात्र समाजबाद आउंछ । पूजीको विकास नहुंदासम्म समाजबाद नआउने तर्क गर्दै देशमा विकास भए समाजबाद आफै आउंछ ।
उनले देशमा व्यवसाय र उद्यमशीलता फस्टाए मात्रै देश बन्ने बताउंदै ऋण काडेरघियु खाने होइन ऋण काडेर व्यापार व्यवसाय र उद्यमशिलता गर्नुपर्छ ।
रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढाकालको अध्यक्षता, महासचिव प्रकाश पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा सगुन खनाल, संघका वरिष्ठ उपाध्यक्ष दया भण्डारीले अहिलेको बजेट र आर्थिक नीतिबारे आआफ्ना भनाइ राखेका थिए ।
उक्त कार्यक्रममा सहभागी व्यवसायीले आआफ्ना जिज्ञासा राखेका थिए ।

रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढाकालको अध्यक्षता, महासचिव प्रकाश पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा सगुन खनाल, संघका वरिष्ठ उपाध्यक्ष दया भण्डारीले अहिलेको बजेट र आर्थिक नीतिबारे आआफ्ना भनाइ राखेका थिए ।
उक्त कार्यक्रममा सहभागी व्यवसायीले आआफ्ना जिज्ञासा राखेका थिए ।























