मोदीका मिठा कुरामा मख्ख नहुन रबिलाई सुझाब


बुटवल, जेठ २० गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु¥याउने दावी गरेका छन् ।
भारत भ्रमणमा रहेका सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु¥याउने दावी गरेका हुन् ।

मोदीले आफ्नो स्टाटसमा लामिछानेसँग भेट गर्न पाएकोमा खुशी व्यक्त गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उनको चाहनालाई आफूले स्वागत गरेको उल्लेख गरेका छन् ।
उनले नेपाललाई भारतको छिमेकी पहिलो नीतिअन्तर्गत प्राथमिक साझेदारका रूपमा रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले नेपालसँगको विशेष र बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको उल्लेख गर्दै नयाँ सरकारसँग सहकार्य गरेर दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने बताएका छन् ।

मोदीसंग भेटघाटको फोटा सामाजिक सञ्चाजल फेसबुकमा मार्फत सार्वजिन भएसंगै यस अघिका सबै सभापति, प्रधानमन्त्रीहरुलाई भारतले मिठो आश्वासन दिने र व्यवहार पुरानै गर्दै आएकाले सचेत हुन रबिलामिछानेलाई सामाजिक सञ्चाजलहरुबाट आग्रह गरिएको छ ।
देश विदेमा रहेका नेपालीले भारतीय साशकका मिठा कुरामा मख्ख नपर्न रास्वपाका सभापति रबि लामिछानेलाई सुझाब दिएका छन् ।























