रुपन्देहीका तीन पत्रकार बुटवलमा पुरस्कृत


बुटवल, असार १५ गते । रुपन्देहीका तीन जना पत्रकार बुटवलमा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ, रुपन्देहीले स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार र सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कारबाट पत्रकार छवि पाण्डे, अमृत गिरी र मायां केसी पुरस्कृत भएका हुन् ।

बुटवल उपमहानगरपालिकाको सहकार्यमा स्थापना गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार अमृत गिरी पुरस्कृत भएका छन् । पुरस्कृत गरिीले नगद एक लाख पाएका छन् ।
सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार छवि पाण्डेय र माया केसी पुरस्कृत भएका छन् । उनीहरु दुबैले जनही नगद ५०÷५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । दुवै बुटवल उपमहानगरपालिकाको सहयोगमा स्थापना गरिएका हुन् । पुरस्कृत पत्रकार गिरी मेचिकाली दैनिकमा, पाण्डेय गोरखापत्र दैनीकमा र केसी बुटवल टुडेमा कार्यरत छन् ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताए । पत्रकारितामा हुदै नभएको लेख्न नहुने बताउंदै पत्रकारिता मर्यादित र विश्वासिलो बनाउन आग्रह गरे ।
नगर प्रमुख पाण्डेले मिडियाको दीगो विकासका लागि बुटवलमा सिटी स्थापना गरेर सबै मिडिया हाउसहरुलाई एउटै छानामुनी राखेर सञ्चालनका लागि आर्थिक रुपले सहज बनाउनु पर्ने र त्यसका लागि बुटवल उपमहानगरपालिका सहयोग गर्न तयार रहेको बताए ।
नेपाल पत्रकार महासंघी उपाध्यक्ष नितु पण्डितले आर्थिक रुपले मिडियाहरु कमजोर हुंदै जांदा श्रमजीवि पत्रकारहरु समस्यामा परेको बताइन । उनले पत्रकारिता कमजोर भए लोकतन्त्र कमजोर हुने नागरिकका अधिकार खोसिन सक्ने भएकाले नेपाली पत्रकारिता आर्थिक रुपले बलियो हुनुपर्नेमा जोड दिइन ।
बुटवल उपमहानगरपालिकाकी उपमेयर सावित्रादेवी अर्याल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, पत्रकार महासंघका पूर्व अध्यक्ष बालकृष्ण चापागाई लगायतले पुरस्कृत पत्रकारहरुलाई बधाइ ज्ञापन गर्दै सरकारले विभेदकारी मिडिया नीति ल्याउंदा मिडियाहरु कमजोर भएको बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेको अध्यक्षता र सचिव सिपी खनालको सञ्चालनमा भएको कार्यक्रममा पुरस्कृत पत्रकारहरु छवि पाण्डेय, अमृत गिरी र मायां पाण्डेले आआफ्ना भनाइ राखेका थिए ।
बधाई तथा शुभकामना दिएका थिए ।























