बुटवल उपमहानगरलाई राजमोले बुझायो २३ बुंदे ज्ञापन पत्र

बुटवल, भदौ १४ गते । राष्ट्रिय जनमोर्चा बुटवलले बुटवल उपमहनगरापालिकालाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनमा राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता, जनजीविका, सुशासन, स्वास्थ्य, शिक्षा, यातायात, कृषि, सहकारीलगायतका विषयमा स्थानीय विकासका मुद्वाहरुका विषयमा ज्ञापन पत्र बुझाईएको राष्ट्रिय जनमोर्चा बुटवल नगर अध्यक्ष पदमप्रसाद श्रेष्ठले बताए ।

समयको माग अनुसार जनताले उठाएका मागहरु सम्बोधन गर्न आग्रह गर्दै २३ बुंदे माग पत्र बुटवल उपमहानगरपालिकालाई बुझाईएको नगर अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

ज्ञापन पत्र बुझ्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले राष्ट्रिय जनमोर्चाले उठाएका मागहरु जायज भएको बताउंदै स्थानीय सरकारले गर्न सक्ने माग पुरा गर्ने प्रतिवद्वता जनाए । बुटवलको विकासमा सबै पक्षसंग सहकार्य गर्दै आएको बताउंदै राजनीतिक दलहरुले उठाएका विषयमा आफु गम्भीर रहेको प्रमुख पाण्डेयको भनाइ छ ।

राष्ट्रिय जनामोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसीको नेतृत्वमा गएको टोलीले शुक्रबार ज्ञापन पत्र बुझाएको हो । राष्ट्रिय जनमोर्चाले राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता, सुशासन, विकासको पक्षमा र संघीयता, भ्रष्टाचार, महंगीविरुद्व केन्द्रिय र देशभरका स्थानीय सरकारहरुलाई ज्ञापन पत्र बुझाउंदै आएको छ ।

उक्त ज्ञापनत्र बुझाउनका लागि कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव केपी पोखरेल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष ढुण्डीराज शर्मा लगायतका स्थानीय नेताहरुको सहभागिता रहेको थियो ।