उत्कृष्ट लोक पत्रकारिता पुरस्कारबाट पत्रकार भुसाल पुरस्कृत

बुटवल, असोज २३ ।लामो समयदेखि रुपन्देहीमा क्रियाशील पत्रकार यमलाल भुसाल उत्कृष्ट लोक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीले पत्रकार भुसाललाई आफ्नो १३ औं वार्षिक साधारण सभामा पुरस्कृत गरेको हो । शनिबार बुटवलमा आयोजित प्रतिष्ठानको वार्षिक साधारण सभाको अवसरमा पत्रकार भुसाललाई पुरस्कृत गरिएको हो ।
प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश विजीले पत्रकार भुसाललाई नगदसहित दोसल्लाले पुरस्कृतसहित सम्मान गर्नुभएको हो ।
गुल्मीको मदाने गाउंपालिका ६ पुर्कोट दह डौडा निवासी पत्रकार यमलाल भुसाल रुपन्देहीको बुटवलमा रहेर २५ वर्ष यतादेखि पत्रकारिता गर्दै आएका छन् । बुटवलबाट सञ्चालित राज्य टेलिभिजनका समाचार प्रमुख तथा सम्पादक भुसाल नेपाल समाचार पत्र, युवबोध लगायतका मिडियामा आवद्व छन् ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीले लोक तथा दोहोरी गीत क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गर्दै आएको छ । साथै प्रतिष्ठानले बुटवलका पर्यटन व्यवसायी सर्जक चुत्रबहादुर पौडेललाई सम्मान गरेको छ । त्यसतै बाद्य्यबादक विष्णु कंडेल र कलाकार मञ्जु भट्टराई,जेष्ठ नागरिक शेरबहादुर गौतमलाईसमेत प्रतिष्ठानले सम्मान गरेको छ ।