सरकारी विज्ञापन कटौतीको बिरोध गर्दै रुपन्देहीका पत्रकार आन्दोलनमा

बुटवल, जेठ २७ गते । सरकारले नीजि क्षेत्रको लगानीबाट सञ्चालित मिडियाहरुमा दिंदै आएको विज्ञापन रोक्ने निर्णय गरेपछि नेपाली पत्रकारहरु आन्दोलनमा उत्रेका छन् । सरकारी मिडियालाई विज्ञापन दिने र नीजि, सामूदायिक मिडियाहरुलाई विज्ञापन नदिने निर्णय गरेपछि देशभरका पत्रकारहरु आन्दोलनमा उत्रेका हुन् ।

आज जेठ २७ गते सरकारले गरेको निर्णयबिरुद्द पत्रकारहरुले देशरभका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । विज्ञापनमा सरकारले गरेको विभेदपूर्ण निर्णय खारेज नगरेसम्म आन्दोलन फिर्ता नहुने र सरकारलाई झुकाउने खालका आन्दोलनहरु अगाडि बढाउने पत्रकारहरुको भनाइ छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहकिो आयोजनामा बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा धर्ना दिईएको छ । सरकारी विज्ञापन नदिने निर्णय तत्काल खारेज गरेर मिडियामैत्री बन्न सरकारलाई नेपाल पत्रकार महासंघ रुपन्देहीले माग गरेको महासंघका अध्यक्ष दिनेब पाण्डेले बताए ।

नेपाल पत्रकार महासंघ केन्द्रको निर्णय अनुसार आज देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि धनाई दिईएको हो ।
बिरोध गर्दै रुपन्देहीका पत्रकार आन्दोलनमा