प्रदेश सरकारले विनियोजन गरेको वजेटप्रति आपत्ती प्रकट

 

 

बुटवल, ८ कार्तिक/नेपाल पत्रकार महासंघ, रुपन्देहीले लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७८-७९ को सञ्चार क्षेत्रका लागि छुटाइएको परिमार्जित बजेटको बिषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष रामराज पोखरेल र सचिव विनोद परियारले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले लोककल्याणकारी रुपमा बजेट बिनियोजन गर्नुपर्नेमा विभेद गरिएको भन्दै आपत्ती प्रकट गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ–सरकार अभिभावकीय भूूमिकामा हुनुपर्छ । तर, बजेट बिनियोजनमा व्यक्तिगत पहुँच र प्रभाव झल्केकाले यसलाई तुरुन्त सच्याउन जोडदार माग गर्दछौं । सबै सञ्चारमाध्यमलाई समान रुपमा सम्बोधन हुने गरि बजेट बिनियोजन गर्नुपर्नेमा केही सञ्चारमाध्यमहरुलाई मात्रै तोकेरै बजेट विनियोजन गरिदा सरकारको अभिभावकीय भूूमिकामाथी प्रश्न उठेको छ । तसर्थ विधि पद्धती र आर्थिक अनुशासन विपरित छुट्याइएको सञ्चार सम्वन्धी बजेटलाई तुरुन्त सच्याई प्रदेशभरिका सञ्चारमाध्यमले लाभ लिने गरि समानुपातिक रुपमा वितरण हुने व्यवस्था मिलाउन अनुरोध गर्दछौं ।

पत्रकार महासंघ श्रमजीवी पत्रकारहरुको छाता संगठन हो । पूूर्ववर्ती सरकारले ल्याएको पत्रकार कल्याणकारी कोषको रकमलाई समेत घटाएकोप्रति आपत्ती जनाउदै उक्त कोषको रकमलाई थप बृद्धि गर्न माग गर्दछौं । सरकारले श्रमजिवी पत्रकार, सञ्चारमाध्यम र सञ्चार सम्बद्ध संस्थाको विकासका लागि न्यायचोति रुपमा बजेट बिनियोजन गरेर जिम्मेवार भूमिका वहन गर्न समेत ध्यानआकर्षण गराउदछौैं ।

साथै, महासंघले लुम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको ‘सञ्चार विधेयक’ तुरुन्त फिर्ता लिई संविधानको मर्म भावना र पूर्ण प्रेस स्वतन्त्रतालाई ग्यारेन्टी गर्न माग गरेको छ ।